कञ्चनपुरमा मर्निङ वाकमा गएकी किशोरी बेपत्ता, अपहरणको आशंका
कञ्चनपुरमा मर्निङ वाकमा गएकी किशोरी बेपत्ता, अपहरणको आशंका"
Play all audios:
कञ्चनपुर — कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरकी एक किशोरी दुई दिनदेखि बेपत्ता भएकी छिन् । मंगलबार बिहान मर्निङ वाक गएकी १५ वर्षिया सपना पाल बेपत्ता भएकी हुन् । परिवारले उनको अपहरण भएको
आशंका गरेको छ । <?xml encoding="UTF-8"??> प्रहरीका अनुसार बिहान वाकमा गएकी सपना नफर्केपछि आफन्तले खोजीका लागि निवेदन दिएका छन् । उनीहरुले मंगलबार दिउँसै अस्थायी प्रहरी बिट
चम्फापुरमा निवेदन दिएका हुन् । सोमबार साँझ सपनाले नै आमा ममताको मोबाइलमा आफूलाई अपहरण गरी बाँधेर राखेको र छिट्टै छुटाउन भन्दै म्यासेज गरेकी थिइन् । सोही म्यासेजका आधारमा उनको अपहराण भएको
आशंका गरिएको छ । ‘घरको दोस्रो तलामा बाँधेको छ, कहाँ हो भन्ने थाहा छैन,’ सपनाले गरेको म्यासेजको ब्योहोरा बताउँदै ममताले भनिन्, ‘कहिले पुरुष आउँछ, कहिले महिला आउँछिन्, मलाइ छिट्टै छुटाएर
लैजानुस ।’ उनका अनुसार मंगलबार बिहान सपना हरेक दिन झैं साढे ५ बजे घरबाट निस्केकी थिइन् । प्रहरीले म्यासेज आएको मोबाइलको अन्तिम लाकेसन कैलालीको अत्तरिमा देखिएको जनाएको छ । सोही अनुसार मंगलबार
रातभरी अत्तरियमा खोजी गरिएपनि कुनै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक कृष्णदेव भट्टले बताए । उनले किशोरीको अपहरण वा बेपत्ता के हो भन्न सकिने अवस्था नरहेको बताए
। उनको खोजी कार्य चलिरहेको भट्टले बताए । उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले खोजी कार्य गरिरहेको बताए । प्रकाशित : कार्तिक २०, २०७६ १३:४९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो
वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र
विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य
प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
स्थानीय तह - कोही पैदल, कोही गाडीमातेह्रथुम — मेन्छ्यायाम गाउँपालिकाका अध्यक्ष यादव खापुङ पैदलै गाउँबस्ती पुग्छन् । गाउँपालिकासँग रहेका दुइटा मोटरसाइकलले स...
खुट्टाले लेखेरै कक्षा ८ मापाल्पा — हात कमजोर भएकाले लेख्न सक्दैनन् । मुखबाट आवाज निकाल्न नसक्ने भएकाले बोल्नसमेत गाह्रो छ । तर, खुट्टाको सहायतामा ...
एउटा मण्डपमा 'सेमियोटिक्स’सेमियोटिक्सको अर्थ नयाँ उब्जेका प्रतीकहरूलाई शास्त्रीय रूप दिने, त्यसको मूल्यलाई स्थापित एवं व्याख्या गर्ने कार्य हो सेम...
वनमा दिनहुँ डढेलोधादिङ — धादिङ सदरमुकामदेखि त्रिशूली नदीसम्मको क्षेत्र यतिखेर कुइरीमण्डल छ । वनबाट फैलिएको धुवाँले करिब २२ किमी क्षेत्रका...
राष्ट्रसंघीय टोलीले दाहाललाई सोध्यो-अनमिन गएपछि के हुन्छ?पालुङटार (गोरखा) — राष्ट्रसंघीय सुरक्षा परिषद्को उच्चस्तरीय टोलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पुस मसान्तमा अनमिनक...
Latests News
कञ्चनपुरमा मर्निङ वाकमा गएकी किशोरी बेपत्ता, अपहरणको आशंकाकञ्चनपुर — कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरकी एक किशोरी दुई दिनदेखि बेपत्ता भएकी छिन् । मंगलबार बिहान मर्निङ वाक ग...
राष्ट्रसंघीय टोलीले दाहाललाई सोध्यो-अनमिन गएपछि के हुन्छ?पालुङटार (गोरखा) — राष्ट्रसंघीय सुरक्षा परिषद्को उच्चस्तरीय टोलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पुस मसान्तमा अनमिनक...
समाचारसबै प्रदेशहरुमा सञ्चालित यातायात प्रालिहरुको छाता संगठन सार्वजनिक यातायात केन्द्रीय महासंघको पहिलो अधिवेशन काठमाडौंमा भए...
Twitter 2020 recap: विराट कोहली-अनुष्का शर्मा के प्रेग्नेंसी और अमिताभ बच्चन के कोविड-19 ट्वीट ने बनाये ये रिकॉर्ड - twitter 2020 recap: virat kholi,Most Famous Tweets in 2020 कोरोना वायरस पैनडेमिक से लेकर सुशांत सिंह राजपूत की डेथ और उनकी आख़िरी फ़िल्म दिल बेचारा ने क...
सबैको सहयोग लिएर अगाडि बढ्ने छु : श्रेष्ठकाठमाडौं — सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का एआईजी सिंहबहादुर श्रेष्ठलाई महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ । मन्त...