स्थानीय तह - कोही पैदल, कोही गाडीमा

Ekantipur

स्थानीय तह - कोही पैदल, कोही गाडीमा"

Play all audios:

Loading...

तेह्रथुम — मेन्छ्यायाम गाउँपालिकाका अध्यक्ष यादव खापुङ पैदलै गाउँबस्ती पुग्छन् । गाउँपालिकासँग रहेका दुइटा मोटरसाइकलले सबैलाई भाग पुग्दैन । तैपनि थप गाडी किन्ने प्रक्रिया अघि बढाइएको छैन । 


<?xml encoding="UTF-8"??> गाउँमा विकासका धेरै आवश्यकता रहेकाले तिनलाई पूरा गरेपछि मात्र आफूहरू गाडी चढ्ने मुडमा रहेको खापुङ बताउँछन् । ‘खानेपानी, बिजुली, सडकजस्ता आवश्यकता


पूरा गर्नु छ,’ उनले भने, ‘विकास बजेट कटौती गरेर सवारीसाधनमा खर्चनु ठीक नहोला ।’ सँगै जोडिएको फेदाप गाउँपालिकाका अध्यक्ष हरि चोङवाङ पनि हिँडेरै आउजाउ गर्छन् । ‘पहिले बाटो बनाऔं अनि गाडी


चढौंला,’ उनले भने । फेदापको कार्यालयमा एउटा मोटरसाइकल मात्र छ । गाउँपालिकाभित्रका सबै सडक बाह्रै महिना चल्ने गरी स्तरोन्नतिपछि मात्र सवारीसाधन किन्ने चोङवाङले बताए । जिल्लाकै ठूलो आठराई


गाउँपालिकाका जनप्रतिनिधि मोटरसाइकल चढ्छन् । यहाँ गाउँपालिका कार्यालयसहित वडैपिच्छे मोटरसाइकल छन् । छथर गाउँपालिका प्रमुख सन्तोष तिगेलाले भने जनप्रतिनिधिका लागि भाडाको सवारी खोजेर जोहो गरेका


छन् । गाउँपालिकाभित्रका सबै वडा सडक सञ्जालले जोडिसकिएकाले गाडीको आवश्यकता परेको उनले बताए । ‘सडक भएपछि सवारीसाधनको पनि आवश्यकता हुँदो रहेछ,’ तिगेलाले भने, ‘त्यसैले मासिक ८० हजार रुपैयाँ भाडा


तिरेर गाडी लिएका छौं ।’ गाउँपालिकाभित्र यात्रा गर्नुपर्दा निर्वाचित पदाधिकारी र कर्मचारी यही गाडी प्रयोग गर्छन् । म्याङलुङ र लालीगुराँस नगरपालिकाका प्रमुख भने कार्यालयका गाडीमा सयर गर्छन् ।


लालीगुराँस नगरपालिकासँग गाडी र केही मोटरसाइकल हुँदाहुँदै केही समयअघि सम्पन्न परिषद् भेलाबाट सबै वडाध्यक्षलाई मोटरसाइकल किन्न बजेट छुट्याइएको छ । नगरपालिकामा बहुमत रहेका कांग्रेसनिकट


जनप्रतिनिधिले विकास बजेट कटौती गरेर मोटरसाइकल खरिद गर्न बजेट छुट्याएको भन्दै एमालेनिकट जनप्रतिनिधिले विरोध जनाएका छन् । मोटरसाइकल किन्न नगरपरिषद्बाट २२ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ ।


‘विकास बजेट कटौती गरेर मोटरसाइकल चढिँदैन,’ १ नम्बरका वडाध्यक्ष रामबहादुर गुरुङले भने, ‘त्यो बजेटबाट गाउँमा सानै भए पनि खानेपानी योजना सञ्चालन गरिनेछ ।’ म्याङलुङ नगरपालिकासँग पनि


मोटरसाइकलसहित गाडी सुविधा छ । सवारीसाधन नहुँदा योजना अनुगमन र जनतासँग प्रत्यक्ष सरोकार राख्ने कामका लागि घरदैलो पुग्न समस्या पर्ने जनप्रतिनिधिको भनाइ छ । कतिपयले भने पर्याप्त बजेट नहुँदा


चाहेर पनि गाडी किन्न नसकेको गुनासो गरेका छन् । मेन्छ्यायाम गाउँपालिका र म्याङलुङ नगरपालिकाले अहिलेसम्म परिषद् नै गर्न सकेका छैनन् । प्रकाशित : पुस २३, २०७४ ०७:४१ कान्तिपुरका स्तम्भहरु हाम्रो


बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका


समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा


अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

उसको पेस्तोल यात्रा

उसको मनमा अपमानको रोष धेरै अघिदेखि बसेको हो । ‘साला, जहाँ पनि हेपिनु छ ।’ हरेक घटनापछि ऊ गम्छ र अब नहेपिने साहस बटुल्छ ।...

युद्धकालको मनोविज्ञानमा फँसेका हामी

काठमाडौँ — २०१९ को डिसेम्बरको अन्त्यतिरबाट चीनमा देखापरेको र २०२० को सुरुतिरबाटै फैलन थालेको कोरोना भाइरस अहिले काठमाडौं...

अतुल स्मृतिमा संगीत सुधा

काठमाडौ — गुरुकुलीय परम्पराअनुरूप शास्त्रीय संगीतलाई सबैको पहँुचमा पुर्‍याउने उद्देश्यले स्थापित अतुल स्मृति संगीत विद्य...

खर्च नहुँदा शव ल्याउन ढिलाइ

दैलेख —  भारतको ग्वालियरमा सडक दुर्घटनामा मृत्यु भएका नेपालीको शव तीन दिन बित्दासमेत स्वदेश ल्याउन सकिएको छैन । <?xml...

उरै नाकाबाट खुलेआम तस्करी

बझाङ — चैतयता लकडाउन अवधिभर मानिसको चहलपहल ठप्पप्रायः भयो । लकडाउन हटाइएपछि पनि व्यापार, पर्यटनलगायत धेरै क्षेत्र तङ्ग्र...

Latests News

स्थानीय तह - कोही पैदल, कोही गाडीमा

तेह्रथुम — मेन्छ्यायाम गाउँपालिकाका अध्यक्ष यादव खापुङ पैदलै गाउँबस्ती पुग्छन् । गाउँपालिकासँग रहेका दुइटा मोटरसाइकलले स...

अवैध क्लिनिक उद्घाटनमा सांसद

पर्वत — जिल्लाको डिमुवामा दर्ताबिनै क्लिनिक सञ्चालनमा ल्याइएको छ । उक्त क्लिनिक बुधबार सुरक्षा निकायका उच्च अधिकारीदेखि ...

उरै नाकाबाट खुलेआम तस्करी

बझाङ — चैतयता लकडाउन अवधिभर मानिसको चहलपहल ठप्पप्रायः भयो । लकडाउन हटाइएपछि पनि व्यापार, पर्यटनलगायत धेरै क्षेत्र तङ्ग्र...

युद्धकालको मनोविज्ञानमा फँसेका हामी

काठमाडौँ — २०१९ को डिसेम्बरको अन्त्यतिरबाट चीनमा देखापरेको र २०२० को सुरुतिरबाटै फैलन थालेको कोरोना भाइरस अहिले काठमाडौं...

विरोधपछि काठको टेन्डर रद्द

नवलपरासी — सामुदायिक वनको काठ समितिका पदाधिकारीको मिलोमतोमा सस्तो दरमा बिक्री गर्न लागेको भन्दै स्थानीयले मध्यबिन्दु हरि...

Top