युद्धकालको मनोविज्ञानमा फँसेका हामी
युद्धकालको मनोविज्ञानमा फँसेका हामी"
Play all audios:
काठमाडौँ — २०१९ को डिसेम्बरको अन्त्यतिरबाट चीनमा देखापरेको र २०२० को सुरुतिरबाटै फैलन थालेको कोरोना भाइरस अहिले काठमाडौंमा गडगडाएर प्रवेश गरिसकेको छ । दिनहुँ काठमाडौंमा झन्डै दुई सयको
हाराहारीमा संक्रमित भेटिन थालेका छन् । <?xml encoding="UTF-8"??> संसारभर करिब ७ लाख मान्छेको मृत्युको कारण बनेको यस भाइरसले संसार नै उथलपुथल बनाएको अवस्था छ । झन्डै चार
महिना लामो लकडाउनपछि सामान्यतर्फ अग्रसर भएको काठमाडौंको जनजीवन फेरि निषेधाज्ञाले गर्दा घरभित्रै बन्द हुन पुगेको थियो । तर पनि संक्रमितको संख्या नघट्दा त्रासको ग्राफ पनि उकालोलाग्दो छ ।
शुक्रबारमात्रै काठमाडौं उपत्यकामा एकै दिन ६ सय ९६ जनामा संक्रमण देखापर्यो, देशभरी १४ सय ५४ जनामा संक्रमण देखापर्यो । यस्तोमा सरकारले उपत्यकामा निषेधाज्ञालाई फेरि खुकुलो बनाइदिएको छ ।
स्वास्थ्य सेवाका विज्ञहरु, स्वास्थ्य मन्त्रालयका अधिकारीहरु र संचार माध्यमले एकै स्वरमा भिडमा नजाउँ, मास्क लगाउँ, हात धोऔं, सामाजिक दूरी कायम गरौं भनेर भनिरहेका छन् । तर, पनि हामीबीच भाइरस
आइपुग्न सफल भइरहेको छ । धेरैले माथिका सुझाव माने पनि केही मानिसहरु अझै संवेदनशील नभएको देखिन्छ । यस मनोविज्ञानका पछाडि दोस्रो विश्वयुद्धका बेला बेलायत र जर्मनीका सहरमा देखिएको मानिसहरुको
मनोविज्ञानसँग तुलना गर्न सकिन्छ । दोस्रो विश्वयुद्धमा बेलायती सहर लन्डन जर्मन वायुसेनाको निशानामा थियो । लण्डन बेलायतको सबभन्दा ठूलो सहरमात्र थिएन, आर्थिक र प्रशासनिक गतिविधिको केन्द्र पनि
थियो । यसले गर्दा सहरको जनघनत्व पनि ठूलो थियो । त्यसबेलाको जर्मन वायुसेना बेलायती वायुसेनाभन्दा निकै बलियो थियो । जर्मन वायुसेनाले बेलायतको लण्डनमा आक्रमण गर्ने निश्चित नै थियो । यसैले
बेलयाती सरकारले जर्मन हमलाबाट कसरी धेरै मानिसको ज्यान जोगाउने र आर्थिक तथा प्रशासनिक गतिविधिलाई कसरी अविछिन्न राख्ने भन्ने रणनीति तय गर्दै थियो । जर्मन वायुसेवाको आक्रमणमा दुई लाख पचास हजार
मानिसको ज्यान जानसक्ने र करिब ३० देखि ४० लाख मान्छे विस्थापित हुने अनुमान बेलायत सरकारको थियो । मानिसहरु डरले गर्दा काममा नजाने र औद्योगिक उत्पादन पनि घट्ने अनुमान सरकारले गरेको थियो ।
आखिरीमा ७ सेप्टेम्बर १९४० का दिन करिब ३ सय ४८ वटा जर्मन विमान बेलायतको आकाशमा देखा परे । यी विमानले ठूलो मात्रामा गोला बारुद लिएर आएका थिए । त्यस दिनबाट करिब ९ महिनामा लन्डन सहरमा झन्डै ८०
हजारवटा जर्मन बम खसे । चालीस हजार मान्छेले ज्यान गुमाए । हज्जारौं घर भत्किए । तर, यति हुँदा पनि बेलायती समाजमा डर र त्रासले त्यसरी कब्जा जमाएन, जसरी सोचिएको थियो । सरकारी अनुमानभन्दा विपरित
स्थिति लन्डनको थियो । जनताको सोच अर्कै थियो । सरकारले ग्रामिण इलाकामा बनाएका मनोवैज्ञानिक अस्पताहरु काममा आएनन् । ती सबै अस्पताल सैनिक काममा लगाइयो । युद्धको त्रासले ठूलो संख्यामा मानिसहरु
सहर छोडेर बाहिर जाने र यसले औद्योगिक र आर्थिक उत्पादन रोकिने अनुमान पनि गलत ठहरियो । सहरमा कुनै ठूलो त्रास देखिएन । स्थिति कस्तोसम्म भयो भने जर्मन सेनाको हमलामा बजेको चेतावनी साइरनको समेत
मानिसहरुले मतलब गर्न छोडे । यो साइरनले न काम गरिरहेका मानिसहरुलाई रोक्यो न त खेलिरहेका बच्चाहरुलाई । बटुवाहरु आफ्नो बाटो हिँडिरहन थाले, गाडी गुडिरहन थाले र ट्राफिकले गाडी व्यवस्थापन गरिरहे ।
युद्धका बीच मानिसहरुको यो निस्फिक्री व्यवहार वैज्ञानिकहरुका लागि अध्ययनको विषय बन्यो । यसको अनुसन्धान गर्न क्यानडेली मनोचिकित्सक जे. टी. म्याक्कर्डी १९४० मै लन्डन पुगे । माथि उल्लेखित
लण्डनको विवरण यिनै म्याक्कर्डीको वर्णन हो । युद्ध सकिएपछि उनले प्रकाशित गरेको पुस्तक ‘दि स्ट्रक्चर अफ मोराल’मा वर्णन गरेका छन् । पुस्तकमा उनले त्यहाँ देखेका घटना र मानिसहरुको मनोविज्ञानबारे
व्याख्या गरेका छन् । उनका अनुसार त्यसबेला मानिसहरु तीन समूहमा विभाजित भएका रहेछन् । पहिलो समूहमा ती मान्छे थिए जसले युद्धमा ज्यान गुमाए । युद्धको सबभन्दा ठूलो क्षति भएको समूह यो थियो । तर,
समाजको मनोविज्ञानमा यस समूहले कुनै असर पारेन । दोस्रो समूह मृत्युबाट मुश्किलले बचेकाहरुको समूह थियो । यस समूहलाई युद्धले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गर्यो । युद्धका गोला बारुदले घाइते
भएका वा घर भत्किएका तथा धनको क्षति ब्यहोरेकाहरु यो समूहमा पर्छन् । र, अन्त्यमा थियो तेस्रो समूह, जो युद्धमा सहभागी पनि थिएन र जसले युद्धलाई अलि टाढैबाट हेरे । अर्थात्, युद्धले प्रत्यक्ष वा
खास असर नगरेका व्यक्तिहरु यो समूहमा पर्छन् । यस समूहका व्यक्तिहरुको न त घर वा धनको क्षति भएको थियो न उनीहरुका नजिकका नातेदारले कुनै क्षति ब्यहोरेका थिए । _युद्धले ध्वस्त लण्डन सहरमा भत्किएको
पुस्तकालयमा पुस्तक खोज्दै मानिसहरु ।_ युद्धलाई नजिकबाट देखेका र बल्लबल्ल बचेकाहरुको तुलनामा टाढाबाट युद्धलाई हेरेर र प्रत्यक्ष असर नपरेकाहरुको संख्या ठूलो थियो । जो मानिसले प्रत्यक्ष युद्ध
भोगेका थिए वा त्यसको चोट सहेका थिए तिनमा युद्धको त्रास पनि बढी थियो । तर, जो टाढै थिए उनीहरुमा युद्धको त्रास पनि टाढै थियो । उनीहरुको समूह ठूला भएकाले जर्मन बमले हामीलाई केही गर्दैन भन्नेको
संख्या ठूलो थियो । हामीलाई छुँदैन भन्ने सोच भएकाले यिनको मनोबल पनि उच्च थियो । यसैले उनीहरु अन्य सामान्य समयजस्तै केही नभएजसरी काम गरिरहेका थिए । यस कुरालाई पुष्टि गर्न म्याक्कर्डीले
त्यसबेला बेलायतीहरुले लेखेका नोट र डायरीहरुको पनि विश्लेषण गरेका थिए । पछि बेलायती सेनाले पनि जर्मन सहरमा हमला गर्यो । त्यहाँ पनि बमबारी गरिए । र, त्यहाँ पनि मनोचिकित्सकहरुले मानिसहरुको
मनोविज्ञानको अध्ययन गरे । यो अध्ययनमा पनि बेलायतकैजस्तो निष्कर्ष निस्किएको अध्येयताहरुले पुष्टि गरे । बेलायतको अध्ययनको निष्कर्षचाहिँ के निस्किएको थियो भने, जर्मन आक्रमणले बेलायती समाजलाई
झन् बलियो र दृढ बनाइदियो । हिजो युद्धको समय यही मनोबलले समाजलाई बलियो बनाइदिएको थियो भने आज कोरोनाको समयमा मानिसको यही मनोबलले संक्रमण बढ्ने खतरा बढाएको छ । हिजो टाढाबाट बचेका मानिसले
समाजलाई बलियो बनाएका थिए भने आज समाजका यिनै समूहले संक्रमणको त्रास निम्त्याएका छन् । उच्च मनोबल भाइरससँग लड्नका लागि संक्रमण भएकाहरुलाई आवश्यक पर्छ । तर, मलाई त यसलै छुँदै छुँदैन भन्ने
सोच्नुलाई उच्च मनोबल होइन, मूखृता मान्नुपर्ने हुन्छ । बेलायतमा युद्धका बेलाजस्तै अहिले पनि समाजमा कोरोना संक्रमण भएका वा यसका कारण मृत्यु भएकाको संख्या सानो छ । संक्रमणमा नपरेकाको संख्या
ठूलो छ । त्यसकारण कोरोनाले हामीलाई छुँदैन, कोरोनाले हामीलाई केही हुँदैन भन्ने मानसिकता समाजमा हावी हुन खोज्छ । यही समूहका व्यक्तिहरु मास्क नलगाउने, सामाजिक दूरी कायम नराख्ने हुन्छन् । आजको
समयमा पनि अमेरिका, जर्मनीजस्ता केही मुलुकका केही नागरिकहरुले मास्कको विरोध गरिरहेका छन् । अमेरिकी साम्राज्इको भ्रममा अझै पनि मनोबल उच्च भएका यस समूहका नागरिक कोरोनाको लडाई पनि विश्वयुद्ध
जस्तो गोला बारुढले नै जित्ने सोचमा रुमलिएका छन् । यस्तो महामारीमा पनि आफ्नो स्वतन्त्रताको हनन भयो भन्ने तर्कमा आफू र सारा समाजलाई फँसाइरहेका छन् । हाम्रै देशमा पनि हिमाली हावा र बेसार पानीले
गर्दा नेपालीलाई कोरोनाले छुँदैन भन्ने घोषणा भएको थियो । यस्तै उच्च मनोबल (भ्रमका कारण पैदा हुने) ले कोरोनाको लडाईंमात्र होइन भारतको विस्तारवाद समेत एकैचोटी फाल्ने घोषणा सुन्न पाइयो ।
भारतसँगको लडाईं त अझै लामो समय रहने भएकाले र धेरै पहिलेदेखि सिर्जित समस्या भएकाले यसबारे अहिले नै केही बताउन सकिदैन । तर, कोरोनासँगको लडाईंमा चाहिँ हामी अहिले जितको नजिक पुगेका छैनौं ।
दिनहुँ बढ्दो संक्रमितको संख्याले हामीलाई चुनौती दिइरहेको छ । तथ्य र तर्कभन्दा पर, भ्रम र अहंकारका कारण बढ्ने मनोबलले आखिर समाजलाई हानी नै पुर्याउँछ । किनभने, यो विश्वयुद्ध होइन । न त यहाँ
आक्रणकारी विमान चढेर गोलाबारुद लिएर नै आएको छ । अहिलेको अदृश्य आक्रमणकारी हामी माझमै छ । हामीसँगै छ । हामीलाई हेरिरहेको छ तर हामी त्यसलाई देख्दैनौं । यस्तो सुक्ष्म तर खतरनाक शत्रुसँग लड्न
उच्च सतर्कताको विकल्प अरु केही छैन । जबसम्म खोप वा यसको प्रभावकारी उपचार पद्दति/औषधिको प्रमाणित प्रयोग हुँदैन, तबसम्म यससँग जोरी खोज्ने होइन, यससँग जोगिने हो । प्रकाशित : भाद्र २७, २०७७
१४:३७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि,
भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल
+977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
जान्ह्वी कपुरलाई बिकिनीमा देखेर भड्किए प्रयोगकर्ताः भने, ‘श्रीदेवीको नाम खराब गरिरहेको छौ’बलिउडकी सुन्दर नायिका जान्ह्वी कपुर मालदिभ्समा बिदा मनाएर भारत फर्किसकेकी छिन् । जान्ह्वीले मालदिभ्समा आफ्ना साथीहरुसँग ...
१ शिक्षिका र २ विद्यार्थीको भरमा विद्यालयअछाम — बान्नीगढी जयगढ गाउँपालिका १ कुण्डाली गाज्रास्थित पवन आधारभूत विद्यालयमा कक्षा २ सम्म पढाइ हुन्छ । त्यहाँ कक्षा १ ...
टेबल टेनिस खेलाडी अमर मल्ल सम्मानितटेबलटेनिस खेलाडी अमरलाल मल्ललाई काठमाडौं नगरपालिका वडा २५ र भेडासिं परिवारले शनिबार नगदसहित सम्मान गरेको छ । स्पिन इभेन्...
थ्री नेसन्स कप : बंगलादेशको एक पाइला फाइनलमाकाठमाडौँ — बंगलादेशले थ्री नेसन्सकप पहिलो खेलमा किर्गिस्तानको यू–२३ टिमलाई मंगलबार १–० ले हराएको छ । यो जितपछि बंगलादेशक...
फेरि स्वास्थ्य सामग्री खरिद गरिँदै, स्वास्थ्यले ल्याउने कि सेनाले?काठमाडौँ — कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि सरकारले फेरि स्वास्थ्य सामाग्री खरिदको लागि गृहकार्य अघि बढाएको छ । को...
Latests News
युद्धकालको मनोविज्ञानमा फँसेका हामीकाठमाडौँ — २०१९ को डिसेम्बरको अन्त्यतिरबाट चीनमा देखापरेको र २०२० को सुरुतिरबाटै फैलन थालेको कोरोना भाइरस अहिले काठमाडौं...
डा. केसीकाे समर्थनमा उत्रिएका युवाहरु प्रहरी नियन्त्रणमाकाठमाडौँ — स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण...
खस्किँदै रेमिट्यान्सकाठमाडौं — अर्थ मन्त्रालयले पाँच वर्षअघि ०६७/६८ मा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा लेखिएको छ, ‘वैदेशिक रोजगार देशका ल...
छोटकरी- प्रिन्ट संस्करण - कान्तिपुर समाचारकाठमाडौं — नेपाल इन्भेस्टमेन्ट बैंकले पेमेन्ट कार्ड इन्डस्ट्री डेटा सेक्युरिटी स्टान्डर्ड (पीसीआईडीएसएस) को ३.१ संस्करणम...
टिकुलियाबासीलाई डुंगाकै भररौतहट — समयमा पुल नबन्दा टिकुलियाका स्थानीयलाई डुंगाकै भर पर्नुपर्ने भएको छ । पुल नभएकै कारण गत भदौ ९ मा यहाँ डुंगा दुर्...