सबैको सहयोग लिएर अगाडि बढ्ने छु : श्रेष्ठ

Ekantipur

सबैको सहयोग लिएर अगाडि बढ्ने छु : श्रेष्ठ"

Play all audios:

Loading...

काठमाडौं — सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का एआईजी सिंहबहादुर श्रेष्ठलाई महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले एआईजी श्रेष्ठलाई एपीएफको नेतृत्व


सुम्पेको हो । श्रेष्ठले २०७४ चैत २९ सम्म सशस्त्रलाई हाँक्नेछन् । <?xml encoding="UTF-8"??> ‘मैले पाएको जिम्मेवारीलाई संगठनभित्र र बाहिर सबैको सहयोग लिएर सफलतापूर्वक निर्वाह


गर्नेछु,’ श्रेष्ठले कान्तिपुरसँग भने, ‘देश, जनता र संगठनको हितमा भएका ऐन, नियमलाई पालना गर्दै काम गर्नेछु ।’ आईजीपी दुर्जकुमार राईको ३० वर्षे सेवा अवधि फागुनमा ३ मा सकिने भएपछि सरकारले


श्रेष्ठलाई सोही दिनदेखि लागू हुने गरी सशस्त्रको सबभन्दा महत्त्वपूर्ण जिम्मेवारी दिएको हो । श्रेष्ठसँगै एआईजी रहेका कृष्णकुमार तामाङ र जितबहादुर पुन पनि आईजीपी राईसँगै फागुन ३ मै अवकाश


पाउनेछन् । अन्य दुई प्रतिस्पर्धी एआईजीहरू प्रेमकुमार शाही र प्रकाश ओझामा पनि आईजीपी नियुक्तिको दौडमा रहेका थिए । नवनियुक्त आईजीपी श्रेष्ठले नेतृत्व हस्तान्तरण संगठनको नियमित प्रक्रिया भएको


उल्लेख गर्दै भने, ‘व्यक्तिगत काम गर्ने तरिकाले नेतृत्व परिवर्तन हुँदा केही फरक चाहिं पार्नेछ । संगठनलाई देश र जनताको हितमा काम गर्न र गराउन मेरो पहल सधैं भइरहनेछ ।’ काठमाडौं डिल्लीबजारमा


२०१९ साल फागुन १५ मा जन्मिएका श्रेष्ठले २०४४ साल चैत २९ मा प्रहरी निरीक्षकबाट सेवा सुरक्षा निकायमा आफ्नो यात्रा थालेका थिए । देशमा बढो माओवादी द्वन्द्वका कारण सरकारले गठन गरेको सशस्त्र


प्रहरी बलमा श्रेष्ठ २०५८ वैशाख ४ मा स्थानान्तरण भए । त्यस बेला नेपाल सेना र नेपाल प्रहरी दुवैबाट जानेलाई एपीएफमा एक पद माथि दिइएको थियो । श्रेष्ठ प्रहरी नायब उपरीक्षकबाट सशस्त्रमा प्रहरी


उपरीक्षकमा बढुवा भएर आएका थिए । चीनबाट नेसनल डिफेन्स कोर्स गरेका श्रेष्ठले राष्ट्रसंघको शान्ति मिसनमा इस्ट टिमोर र पूर्वयुगोस्लाभियामा काम गरेका छन् । उनले अमेरिका, श्रीलंका, अमेरिका, इटाली,


चीनलगायतका देशमा तालिम लिएका छन् । उनले सशस्त्रको प्रधान कार्यालयको प्रशासन विभाग, मानव स्रोत विकास विभाग, कार्य विभाग, सशस्त्र प्रहरी प्रधान कार्यालय मद्दती तथा सेवा निर्देशनालय, सुरक्षा


महाशाखालगायत संगठनका बाहिनी, गणहरूको नेतृत्व गरिसकेका छन् । सरकारको नीतिअनुसार आफ्नो संगठनले शान्ति मिसनमा भाग लिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उल्लेख गरे ।


प्रकाशित : फाल्गुन १, २०७३ २१:१८ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल,


विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली


काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

स्थानीय तह - कोही पैदल, कोही गाडीमा

तेह्रथुम — मेन्छ्यायाम गाउँपालिकाका अध्यक्ष यादव खापुङ पैदलै गाउँबस्ती पुग्छन् । गाउँपालिकासँग रहेका दुइटा मोटरसाइकलले स...

खुट्टाले लेखेरै कक्षा ८ मा

पाल्पा — हात कमजोर भएकाले लेख्न सक्दैनन् । मुखबाट आवाज निकाल्न नसक्ने भएकाले बोल्नसमेत गाह्रो छ । तर, खुट्टाको सहायतामा ...

सबैको सहयोग लिएर अगाडि बढ्ने छु : श्रेष्ठ

काठमाडौं — सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का एआईजी सिंहबहादुर श्रेष्ठलाई महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ । मन्त...

विदेशबाट आएका सबै ‘स्वस्थ’

काठमाडौँ — कोभिड–१९ को सम्भावित संक्रमण रोक्न काठमाडौं उपत्यकाका स्थानीय तहहरूले विदेशबाट फर्किएका व्यक्तिहरूको तथ्यांक ...

म के गरूँ ?- प्रिन्ट संस्करण - कान्तिपुर समाचार

काठमाडौ — सेतो पानी बग्ने समस्या म २९ वषर्ीया अविवाहित महिला हुँ । मलाई किशोरावस्थादेखि नै योनीबाट सेतो पानी बग्ने समस्य...

Latests News

र्‍याफ्टिङ गर्दा दुई विदेशी वेपत्ता

दोलखा- — दोलखाको तामाकोसी नदीमा र्‍याफ्टीङ गरिरहेका दुई विदशी सोमबार ४ बजेबाट बेपत्ता भएका छन् । तामाकोसीस्थित नयाँपुलबा...

- कान्तिपुर समाचार

तपाईले खोज्नुभएको पृष्ठ भेटिएन । पृष्ठ सरेको वा हटाईएको हुनसक्छ...गृहपृष्ठ जानुहोस् »यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनि...

राजदूत नियुक्ति कहिले?

काठमाडौँ — प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले भारतमा नेपाली राजदूत नहुँदा छलफलमा कठिनाइ भएको गुनासो गरेको तीन महिना भइसक्य...

बलात्कार अभियोगमा मुद्दा

बैतडी — एसएलसी परीक्षा दिँदै गरेकी छात्रालाई सामूहिक बलात्कार गर्नेलाई प्रहरीले अदालतसमक्ष १३ वर्ष कैद सजाय माग दाबी गरे...

शिवरामलाई सुरुआती अग्रता

काठमाडौ — नौ वर्षपछि गल्फ कोर्समा फर्किएका उमेश नगरकोटीलाई दई स्ट्रोकले पछि पार्दै शिवराम श्रेष्ठले एनपीजीए प्रेसिडेन्ट्...

Top