खुट्टाले लेखेरै कक्षा ८ मा
खुट्टाले लेखेरै कक्षा ८ मा"
Play all audios:
पाल्पा — हात कमजोर भएकाले लेख्न सक्दैनन् । मुखबाट आवाज निकाल्न नसक्ने भएकाले बोल्नसमेत गाह्रो छ । तर, खुट्टाको सहायतामा उनले लेख्नेलगायत सबै काम गर्ने क्षमता राख्छन् । रामपुर, २ बार्दाकोटका
१९ वर्षीय यामबहादुर खाम्चामगरको दैनिकी अरु कोहीको भन्दा फरक रहेको छ । <?xml encoding="UTF-8"??> काम गर्न र समाउन सक्दैनन् । सुन्न र देख्नमा भने चतुर छन् । कोही बोल्यो की उनले
तत्कालै खुट्टाले लेखेर जवाफ दिन्छन् । उनले केही भन्नु पर्दा भने खुट्टाले कापीमा लेखेर जवाफ दिने बानी परेको छ । कति कक्षामा पढ्छौ ? तत्कालै उनले लेखेर जवाफ दिए, अहिले ८ मा पढेको छु ।’ दुबै
खुट्टाले कापी र कलम च्यापेर उनले लेख्ने गर्छन् । विद्यालयमा शिक्षकले दिएको गृहकार्य इमान्दारितापूर्वक गर्ने पनि उनको खुट्टाकै सहाराले हो । कापीमा राम्रोसंग लेख्ने गर्छन् । उनको रुचि भनेको
चित्र कोर्ने हो । उनका अभिभावकका अनुसार चित्र कोर्न मन पराउँछन् । १२ वर्षको हुँदा घर नजिकैको विद्यालयमा कक्षा १ मा भर्न भएका हुन् । अब कक्षा ९ मा अध्ययन गर्ने उनले बताए । ‘कक्षा ८ को पहिलो
परीक्षा दिएको छु,’ उनले लेखेर जवाफ दिए, ‘अहिले पनि राम्रो भएको छ । कक्षा ९ मा पनि पढ्ने हो ।’उनका बुबा मानबहादुरका अनुसार यामबहादुर जन्मदै जण्डिसका रोगी थिए । उपचार गर्न लग्ने भन्ने आर्थिक
अवस्थाले भ्याएन । त्यसपछि उनी उठ्न सकेनन् । बिस्तारै अपांगताले समातेको हो । ‘राम्रो उपपचार र खानपानकै अभावले यस्तो भएको होला भन्छन्,’ उनले भने । उनका तीन छोरा र एक छोरीमा यामबहादुर माहिला
हुन् । छोराको अवस्था नाजुक छ । तर, उनको तिक्ष्ण बुद्धी र खुट्टाले लेखेको देख्दा भने आमा योगमायाले चित्त बुझाउँछिन् । ‘शारिरीक रुपमा अशक्त भएपनि दिमाग छ,’ उनले सुनाइन् । उनलाई स्कुलसम्म
कहिलेकाही आमा छोड्न जान्छिन् भने प्राय: आफै बिस्तारै घस्रेर पुग्छन् । दैनिक कार्यमा भने पारिवारिक रुपमा सघाउनु पर्छ ।७ वर्षको हुँदा उपचारकालागि तानसेनको मिसन अस्पताल ल्याएपनि केही सुधार हुन
सकेन । त्यसपछि बाहिर अस्पतालमा जान आर्थिक अवस्थाले भ्याएन । ‘सुत्केरी हुनु अघि र भईसकेपछि पौष्टिक आहारको कमी भयो होला,’ आमा योगमायाले भनिन् । उपचार गर्न पैसाको अभाव भएको उनले सुनाईन् ।
त्यसैले उपचार पाउन सकेनन् । यामले ८ वर्षसम्म शरीर धान्नसमेत सकेनन् । उपचार गर्न आएका बेला मिसन अस्पतालका डाक्टरले आमा र छोराको खानपानमा ध्यान दिन भने पनि खासै उपलब्धि भएन । ‘आठ वर्षपछि बल्ल
अलिअलि हिडेको हो,’ उनले भनिन् । त्यसपछि हिडडुल गर्न थालेका हुन् । अहिलेको अवस्थामा आउन पनि धेरै समय लागेको हो । विद्यालय जान सुरु गरेपछि भने उनी नियमित नै भए । अरु संगी साथीभाई खेल्ने, स्कुल
जान नमान्ने हुन्थ्यो । तर उनमा त्यस्तो भएन । बिस्तारै अक्षर चिनेपछि भने तिक्ष्ण बुद्धी देखियो । अहिलेसम्म उनी फेल नभई कक्षा चढेका छन् । बालहित माविका प्रधानाध्यापक नवलसिं विरकट्टाले भने,
‘विद्यालयकै मेहनती र लगनशील विद्यार्थी हो ।’ डेक्स र बेन्चको बिचमा चटाइमा बसेर उनको पढाई हुन्छ । अरुसँगै पढ्दा बुझ्न ढिला भएपनि केही बोल्दैनन् । उनीसंग निलो अपांगता परिचयपत्र छ । सरकारी
सेवासुविधा पनि केही नपाएको उनका बाबुले बताए । बाबु मानबहादुर र उनका जेठा छोरा पुनाराम भारतमै रोजगारीका लागि बस्छन् । स्थानीय इमानसिं रानाले भने, ‘कतैबाट थप सहयोग जुटेर सुविधासम्पन्न
विद्यालयमा पढ्न पाए उनले धेरै प्रगति गर्न सक्छन् ।’ प्रकाशित : भाद्र १६, २०७४ १८:४८ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना
कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
सुविधा लिन विद्यार्थीको गलत तथ्यांकउदयपुर — फितलो अनुगमनको फाइदा उठाउँदै विद्यार्थी संख्या बढी देखाएर सुविधा लिने विद्यालय व्यवस्थापनलाई जिल्ला शिक्षाले कड...
उद्यमका लागि सामुदायिक भवनपर्वत — जलजला गा।उँपालिका २ माझफाँटको पूर्णगाउँका महिलाले सामूहिक उद्यमशीलता विकासका लागि सामुदायिक भवन निर्माण गरेका छन...
डा. शर्मा डिनमा पुनर्वहालीकाठमाडौँ — त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डा. शशी शर्मा चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा पुनर्वहा...
ताराको भोजपुर–काठमाडौं उडान सुरुभोजपुर — तारा एयरले भोजपुर–काठमाडांै उडान सुरु गरेको छ । ताराले बुधबारबाट उडान गरेको छ । जिल्लाको एक मात्र टक्सार विमानस...
द्वन्द्व न्यूनीकरण गर्न सामूहिक प्रतिबद्धतारुकुम — गाउँ तथा नगरस्तरीय शान्ति समितिले द्वन्द्व न्यूनीकरणको क्षेत्रमा सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । गठनम...
Latests News
खुट्टाले लेखेरै कक्षा ८ मापाल्पा — हात कमजोर भएकाले लेख्न सक्दैनन् । मुखबाट आवाज निकाल्न नसक्ने भएकाले बोल्नसमेत गाह्रो छ । तर, खुट्टाको सहायतामा ...
कान्तिपुर लेखकहरुयो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल...
हुलाकी सडकलाई समयमै सकविकासमा पछाडि परेका मधेसका पुराना तथा भित्री गाउँ–सहरहरूको मुहार फेर्न सघाउने अपेक्षा गरिएको परियोजना हो, हुलाकी राजमार्...
थरुहटले दाङ र मातृकाले स्याङ्जा बन्द गरायोदाङ — थरुहट स्वायत्त राज्य परिषद्ले शुक्रबार दाङमा चक्काजाम गरेको छ । आफ्ना कार्यकर्तालाई कुटपिट गर्ने मधेशी जनअधिकार फो...
बन्दले जनजीवन प्रभावित, यात्रु अलपत्रधनकुटा — यातायात व्यवसायी संघको अनिश्चितकालीन बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा शुक्रबार बिहानैदेखि यात...