संविधानसभा परिसरमै सभासदद्वारा नाराबाजी

Ekantipur

संविधानसभा परिसरमै सभासदद्वारा नाराबाजी"

Play all audios:

Loading...

काठमाडौ — संविधानसभा भवन परिसरमा सभासदहरूले आफूहरूलाई बन्दी नबनाई तत्काल बैठक बोलाउन माग गर्दै प्रदर्शन गरे । <?xml encoding="UTF-8"??> माओवादी लगायत विभिन्न पार्टी सम्बद्ध


जनजाति सभासदले भवन परिक्रमा गर्दै ६ सय १ जनालाई भेडाबाख्रा नसम्झी संविधानसभाको बैठक बोलाउन माग गरेका थिए । माओवादी सभासद राजकाजी महर्जनले संविधानसभालाई बन्दी बनाएर कोठे बैठकमा निर्णय गरेको


भन्दै आक्रोश व्यक्त गरे । तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरूको सिंहदरबारलगायत विभिन्न ठाउँमा नयाँ संविधानमा राज्य पुनर्संरचनाबारे छलफल भइरहँदा सभासद्ले संविधानसभा परिसरमै नारा लगाएका थिए 


। माओवादी, एमाले, कांग्रेस र मधेसी मोर्चा लगायत पार्टीका जनजाति सभासदहरूले भवन परिसरमा निकैबेर चर्का-चर्का नारा लगाएका थिए ।तराई लोकतान्त्रिक पार्टी नेपालका सभासद् अरविन्द साहले उत्पीडित,


आदिवासी, जनजातिको पहिचानसहितको संविधान निर्माण नभए कुनै हालतमा पनि स्वीकार्य नहुने बताए । सदियौंदेखि राज्यको अवसरबाट वञ्चित वर्गले आफ््ना माग सम्बोधनका लागि आवाज उठाउँदा षड्यन्त्र भइरहेको


उनले बताए । एमाले सभासद शान्ता चौधरीले संविधानसभा सदस्यलाई निरीह बनाउने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध आवाज उठाउन बाध्य भएको बताए । संविधान सभाको बैठक डाकेर तत्काल नयाँ संविधान घोषणा


गर्नुपर्ने उनले बताइन् ।आदिवासी, जनजाति महिलाका मागलाई नयाँ संविधानमा अनुमोदन गराउने ठूला दलहरू नहिचकिचाउन उनले आग्रह गरिन् । आदिवासी जनजातिको पहिचान र सामथ्र्यसहितको राज्य पुनर्संरचना गर्दा


अन्य जातिले अस्तित्व गुमेको ठान्न नहुेने उनले बताए । संविधानसभा परिसरमा जम्मा भएका सभासद पनि बैठक बस्ने नबस्नेमा दिनभर रनभुल्ल अवस्थामा थिए । संविधान जारी नभए जनताले गाउँमा जान नदिने भन्दै


उनीहरू निराशाजनक अवस्थामा थिए । प्रकाशित : जेष्ठ १५, २०६९ ०८:४७ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट


कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई


समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु ©


Copyright ekantipur.com


Trending News

राष्ट्रिय सरकारको अपरिहार्यता

काठमाडौं — के पी ओलीको सरकारले पेस गरेको आर्थिक वर्ष २०७३र०७४ को नीति कार्यक्रम व्यवस्थापिका संसद्मा पास भएपछि बजेट पेस ...

संविधानसभा परिसरमै सभासदद्वारा नाराबाजी

काठमाडौ — संविधानसभा भवन परिसरमा सभासदहरूले आफूहरूलाई बन्दी नबनाई तत्काल बैठक बोलाउन माग गर्दै प्रदर्शन गरे । <?xml e...

स्वतन्त्र न्यायपालिका र मृत्युदण्डको फैसला!

न्यायिक इतिहासका पानाबीचको कालो पाना हो, मृत्युदण्डका फैसला । यस्तो पाना अब कहिल्यै कसैले थप्न हुँदैन । <?xml encodin...

ओली र देउवाकाे एउटै दाउ

मधुसूूदन रायमाझी, काठमाडौं ।  नयाँ सत्ता समीकरणमा जनता समाजवादी पार्टी निर्णायक देखिएको अवस्थामा प्रधानमन्त्री केपी शर्म...

एयरबसमा उदांगिएको भ्रष्टाचार 

नेपालको सरकारी कार्यशैलीप्रति आम धारणा छ, ‘कर्मचारीहरूलाई पैसा नखुवाई नागरिकको कुनै काम सजिलै हुँदैन । र, सरकारी खरिदबिक...

Latests News

कक्षा चलाउन छोडेर भवन भाडामा

जनकपुर — १२ कक्षासम्म सञ्चालन गर्ने सम्झौतापछि सरस्वती माविलाई हस्तान्तरण गरिएको भवन निजी हेल्थ कलेजलाई भाडामा दिएपछि शै...

एयरबसमा उदांगिएको भ्रष्टाचार 

नेपालको सरकारी कार्यशैलीप्रति आम धारणा छ, ‘कर्मचारीहरूलाई पैसा नखुवाई नागरिकको कुनै काम सजिलै हुँदैन । र, सरकारी खरिदबिक...

ब्याज अनुदान बढाउने घोषणा कार्यान्वयन भएन

काठमाडौं — युवाहरूका लागि प्रदान गरिँदै आएको व्यावसायिक कृषि कर्जामा ब्याज अनुदान बढाउने घोषणा ९ महिनासम्म पनि कार्यान्य...

कञ्चनपुरमा मर्निङ वाकमा गएकी किशोरी बेपत्ता, अपहरणको आशंका

कञ्चनपुर — कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरकी एक किशोरी दुई दिनदेखि बेपत्ता भएकी छिन् । मंगलबार बिहान मर्निङ वाक ग...

संविधानसभा परिसरमै सभासदद्वारा नाराबाजी

काठमाडौ — संविधानसभा भवन परिसरमा सभासदहरूले आफूहरूलाई बन्दी नबनाई तत्काल बैठक बोलाउन माग गर्दै प्रदर्शन गरे । <?xml e...

Top