परदेशिएको दसैं

Ekantipur

परदेशिएको दसैं"

Play all audios:

Loading...

काठमाडौँ — दिनै गन्ने हो भने नेपाल छाडेर परदेशिएको दुई वर्ष पुग्न अब केही दिनमात्र छ । अर्थात तिहारको भाइटीकाको दिन दुइटा सुटकेस लघार्दै म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएकी


थिएँ । <?xml encoding="UTF-8"??> त्यसपछिको दसैं बुबा स्वर्गवास हुनुभएका कारण मनाइएन । सायद त्यही भएर होला, अघिल्लो सालको दसैं खासै वास्ता भएन । तर यो पटकको दसंैले मनमा


आँधीहुरी चलाइरहेको छ । यस्तो कुनै पल छैन, मन नेपाल नपुगेको होस्, घर नपुगेको होस् । टेलिभिजनको देब्रे पट्टीको कुनामा अक्षता र जमरा टाँसिएको देख्दा मन हुरुक्कै भएर आउन थालेको छ । फेसबुक


नचलाएको एक वर्ष नै हुनथाल्यो । नत्र फेसबुकमा आउने शुभकामना सन्देशले मनलाई अझै भुट्भुट्याउँथे होला । मन बुझाउन युट्युबबाट गीत निकालेर पेनड्राइभबाट गाडीमा बजाउँछु । गाडी चलाइरहँदा गीतसंँगै


आफूलाई पनि नेपालमै भएको महसुस गराउँछु । हुन त नेपालमा पनि आमाबुबासँगै घरमा बसेको त कहाँ हो र ? पाँचथरबाट भविष्य खोज्दै आएपछि वर्षको एकपटक दसैंमा घर जाने गरिएको थियो । दसैं आउन दुई महिना


बाँकी हुँदादेखि आमाबुबाले फोन गर्दा खसी कत्रो छ ? दसैंमा लुगा के किनिदिएको छ ? भन्दै सोधथ्यौँ । लुगा आफैं किनेर लगाउने त भएकी थिएँ, तर आमाबुबाले किनेर दिएको अलि खास हुन्थ्यो । घरमा बसेका


बुबाआमा छोराछोरी आउँछन् भनेर ६ महिना पहिलादेखि नै खसीको जोहो गर्न थाल्नुहुन्थ्यो । माइलो दादा (दाजु) सेकुवा पोल्ने झिर बनाउन लाग्नुहुन्थ्यो । हुँदाहुँदा फिदिममा झिर राम्रो भएन भनेर असनबाट


किनेर लैजानुहुन्थ्यो । अन्तिम पटक घर जाँदा टीकाको तेस्रो दिन बुबा बित्नुभएपछि दसैंको उमंग यतिकै सकियो । बुबा बिनाको पहिलो दसैं यो पाला मेरो घरमा मानिँदैछ । बुबा त संसारमा नै हुनुहुन्न, म भएर


पनि टीका लगाउन घर जान सक्तिन । जानै नसक्ने बाध्यता नभए पनि परिस्थिति नमिल्ने रैछ । यो दसैंलाई पनि खसी तयार भइसक्यो रे, आमाले तँ त आउँदिनस् नि छोरी भन्दै सोध्दा मन कटक्क खायो । अर्को साल


आउँछु भनिदिएँ । ‘राम्रो भविष्य’ खोज्दै हिँड्दा घरपरिवार मात्र होइन, आफू हिँडेडुलेको सडक, माटो र माटोको बासना झलझली याद आउने रैछ । भविष्य काठमाडौंमा पनि नभएको होइन, दुईछाक खान पुगेकै थियो ।


असन्तोकी मनको अझ राम्रो खोज्दै हिँड्ने चाहनाले यहाँसम्म ल्यायो । काठमाडौंमा वर्षा रोकिने बित्तिकै चाडबाड आएको महसुस हुन्थ्यो । उदाएको निलो आकाश र आसपासका डाँडाले अझ मन रोमाञ्चित बनाउँथ्यो ।


भूकम्पले ढालेको कान्तिपुरको तिनकुनेस्थित भवनको चौथो तलाबाट डाँडाकाँडा हेर्दै दसैं आएको महसुस गरिन्थ्यो । काठमाडौं हुँदाताका सधैं काम गरेको साथी हिजो भेट हुँदा भन्दै थियो, नौरथ सुरु हुँदा


बोनस आयो होला जस्तो लाग्यो रे । नौरथसँगै साथीभाइको दसैं पार्टी सुरु हुन्थ्यो । तास खेल्ने, रमाइलो गर्ने हुन्थ्यो । काठमाडौं बस्ने दाजुभाइले नाइट बसको टिकट काटिसके रे । घर जान एक महिनाअघि नै


काँकडभिट्टा पुग्ने बसको टिकट काटेपछि लाग्थ्यो, दसैं आइसक्यो । त्यसपछि हरेक दिन घरमा जान यति दिन बाँकी भन्दै औंला गनिन्थ्यो । काठमाडौं बसेर पनि घर जान नपाउने मान्छे साह्रै अभागी भनिन्थ्यो ।


अहिले दसैं आएको महसुससमेत गर्न नपाउँदा मन अत्तासिएको छ । मलाई मात्रै दसैंले यस्तो बनाएको हो कि सबै परदेशीलाई यस्तो हुने हो, थाहा छैन । भारतले गरेको चरम नाकाबन्दीले बस नपाउँदा चक्रपथ चल्ने


बसमा २१ घन्टा लगाएर अन्तिम पटक घर पुगिएकी थिएँ । नाइट बस चढेर घर जाँदा बिहान उज्यालो हुने बेला सप्तकोशी छेउछाउको बाजेको पेडातिर पुगिन्थ्यो । बसका सहचालकले शौचालय जानेहरू ओर्लिम–र्ओलिम भन्दै


गाडीको ढोका ढकढक्याइले ब्युँझिएपछि मलाई शीतले माटो भिजाएर आउने सुगन्धले तान्थ्यो । नाकलाई आराम नदिइकन त्यो माटोको बासना लिन्थेँ । मानौं, बासना सकिँदैछ । फेरि बस कुद्न थालेपछि झ्यालको सिसा


खोलेर आधा टाउको बाहिर निकाल्दै त्यो बासना नाकभित्र तान्थेंँ । घर पुगेपछि माहोल अर्कै हुन्थ्यो । बिहानै आमा र बुबाले चिया खान आओ भन्दै आँगनबाट बोलाएपछि आँखा मिच्दै तल झर्थ्यो । खाटमा


बस्नुभएको बुबाको अनुहार हेरेर कुरा गर्न मिल्नेगरी हामी सिकुवाको पेटीमा बस्थ्यौं । अनि सुनाउँथ्यौं, काठमाडौंको जिन्दगी । काम, कमाइ, बसाइ आदि–आदि । म पहिलो पटक आईए पढ्न काठमाडौं आएपछि एक


महिनाका अन्तरालमा घर फर्किंदा बुबाले मेरो हात समात्दै हेरेर ‘मेरी चोर्नीका आँखा दुब्लाएछन्’ भन्दा दाजु, दिदीहरू सबै गललल हाँसेका थियौं । मेरा आँखा त दुब्लाएका थिए–थिएनन् थाहा छैन, तर बुबाका


आँखा भने छोरीलाई हेर्न तर्सिएका पक्कै थिए । छोराछोरी घुम्ने कुर्सीमा बसेर काम गरेको हेर्ने रहर बुबालाई साह्रै थियो । घुम्ने मेचमा बसेर काम गर्छु भन्दा बुबाका आँखा रसाएका थिए । नरसाओस् पनि


किन, दिनको ८ घन्टा हिँडेर हुलाकीको काम गर्ने बुबालाई छोराछोरीको प्रगति देख्दा हर्षका आँसु त आउने नै थिए । बिहान झिसमिस नहुँदै पछाडि झोला बोकेर लठ्ठी टेक्दै घरबाट ४ घन्टा लाग्ने बाटोमा पैदल


हुलाक जानुहुन्थ्यो, अनि त्यही दिन अर्को ४ घन्टा हिँडेर त्यही लठ्ठी टेक्दै फर्कनुहुन्थ्यो । अस्ति यहाँ (क्यालिफोर्निया) मा अलिकति पानी परेर बाटोको धुलो मारेको थियो । त्यसपछि आएको बासनाले मलाई


नाइट बसको यात्रा सम्झायो । नेपालमा झैं दसैं त अमेरिका पनि आएकै छ । तर बिहान उठ्दा नेपालमा जस्तो महसुस गर्न नसकिने । लिंगेपिङ खेल्ने कुरा त परै जाओस्, टीका थाप्न जाने ठाउँको पनि समस्या


पर्दोरैछ । टीका थाप्ने ठाउँ हुँदा पनि लगाइदिने मानिसको समय हेर्न पर्नेरैछ । परदेशमा याद आउनेभन्दा पनि बिर्सिन गाह्रो हुने यही चाडबाडका यादहरू रैछन् । प्रकाशित : आश्विन १९, २०७४ १५:४२


कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा


जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000


+977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

सबै दलको चुनाव चिह्न 'चर्पी’

दैलेख — पछिल्लो समय संविधानसभा निर्वाचन केन्द्रीय राजनीतिमा चर्चा परिचर्चा विषय बनेको छ । <?xml encoding="UTF-8&...

त्रिपुरा 2024 के उम्‍मीदवार की सूची | tripura lok sabha election 2024 candidate list - tv9 bharatvarsh

पूर्वोत्तर क्षेत्र के सेवन सिस्टर्स राज्यों में से एक राज्य है त्रिपुरा. राजधानी का नाम अगरतला है. यह राज्य 10,491 वर्ग ...

चितवनमा ७२ घण्टामै ५० शय्याको अस्पताल

चितवन — भरतपुर महानगरपालिकाले कोभिड–१९ का शंकास्पद वा संक्रमितको उपचार गर्न ७२ घण्टामै अस्थायी अस्पताल बनाएको छ । भरतपुर...

अभियुक्तको पनि हस्ताक्षर रहने भो नयाँ संविधानमा

काठमाडौ — संविधानसभाले जारी गर्ने नयाँ संविधानमा हस्ताक्षर गर्न पाउनु एउटा व्यक्तिका लागि ठूलो प्रतिष्ठाको विषय हुन सक्ल...

कोरोनाले २० लाखभन्दा बढीको मृत्यु हुन सक्छ : डब्लूएचओ

जेनेभा — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) कारण २० लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने जनाएक...

Latests News

परदेशिएको दसैं

काठमाडौँ — दिनै गन्ने हो भने नेपाल छाडेर परदेशिएको दुई वर्ष पुग्न अब केही दिनमात्र छ । अर्थात तिहारको भाइटीकाको दिन दुइट...

४७ अर्बको चेक अझै साट्न बाँकी

काठमाडौं — असारमा काटिएको करिब ४७ अर्ब रुपैयाँको चेक अझै साटिएको छैन। सरकारी कर्मचारी र सेवा प्रदायकबीच ‘लेनदेन’ मिलाउन ...

छोइला बनाउने तरिका

काठमाडौँ — नेवाः समुदायमा एउटा प्रचलित परिकार हो छोइला । समयबजीमा अनिवार्य रहने यो परिकार सगुनदेखि अरु शुभ कार्यहरुमा सम...

संविधानसभा ब्युँताउन खोज्नु ठूलो भूलः नेपाल

काठमाडौं — पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले हचुवामा संविधानसभा ब्युताउन खोज्नु ठूलो भूल हुने ...

आवश्यक परे जनयुद्ध वा जनविद्रोहः नेकपा-माओवादी

काठमाडौ — नवगठित नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले आवश्यक परे सशस्त्र युद्ध वा जनविद्रोह गर्ने चेतावनी दिएका छन् । <...

Top