काभ्रेमा भेटियो ‘ब्ल्याक प्यान्थर’
काभ्रेमा भेटियो ‘ब्ल्याक प्यान्थर’"
Play all audios:
काठमाडौँ — प्रायः चितुवा हलुका पहेंलोरातो रंगको पृष्ठभूमिमा औंठी आकारको गोलाकार कालो बुट्टा रंगका हुन्छन् । कहिले काहीँ कालो रंगको पनि भेटिन्छन् जसलाई 'ब्ल्याक प्यान्थर' भन्ने
गरिन्छ । बिरलै मात्रामा भेटिने कालो रंगको चितुवा काभ्रेमा पहिलो पटक भेटिएको छ । <?xml encoding="UTF-8"??> बुधबार बिहान काभ्रेको पाँचखाल नगरपालिका–९स्थित चारपिप्ले सामुदायिक
वन नजिकै पर्ने पलानचोक भगवतीबाट खरेल थोक जाने पक्की मोटर बाटोमा मृत अवस्थामा ब्ल्याक प्यान्थर फेला परेको डिभिजन वन कार्यालय काभ्रेका प्रमुख देवीचन्द्र पोखरेलले बताए । मृत अवस्था फेला परेको
उक्त चितुवालाई वन कार्यालयले भने ‘कालो ध्वाँसे चितुवा’ भनेको छ । उक्त भाले चितुवा करिब १० वर्षको उमेर रहेको सब डिभिजन वन कार्यालय महादेवस्थानका प्रमुख हरिशचन्द्र तिम्सिनाले बताए । घटनास्थलमा
पुगेका तिम्सिनाका अनुसार ६ फिट लम्बाई र ३ फिट उचाइ भएको करिब ५० केजी तौल भएको उक्त चितुवालाई बुधबार नै पाँचखल नगरपालिकामा मुचुल्का उठाएर सदगत गरिएको छ । उक्त चितुवाको भीरबाट लडेर वा अर्को
चितुवासँग लडाइँ गरेर मरेको भन्ने बारेमा खुल्न नसकेको उनले बताए । मृत अवस्थामा फेला परेको उक्त चितुवाको खुट्टा,मुख,नंघ्रा लगायत शरीरका अन्य विभिन्न स्थानहरुमा घाउ देखिएको स्थानीय कालिका युवा
क्लबका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । विगतदेखि नै उक्त चितुवा त्यस क्षेत्रमा घुम्दै आएको र बाख्राहरु खाने गरेको स्थानीयले बताए । वन कार्यालय मंगलबार राति चितुवा मरेको हुन सक्ने
अनुमान गरेको छ । चालू आर्थिक वर्षमा यस क्षेत्रमा यो प्रजातिको चितुवा भेटिएको पहिलो भएको उनले बताए । प्राणीशास्त्री एवं प्राध्यापक करन शाहका अनुसार नेपालमा २०/२२ वर्षअघि पोखरामा पनि यो रंगको
चितुवा फेला परेको थियो । उनले यसलाई एक किसिमको अनुकुलता (एड्याप्टेसन) भनेका छन् । 'प्राकृतिक रुपमा घना जंगल भएको ठाउँ जहाँ प्रकाश कम भएको ठाउँहरुमा पाइन्छ,' प्राध्यापक शाहले
भने,' घना जंगलमा प्रकाश पनि कम देखिने र आद्रताको मात्रा पनि धेरै हुँदा यो पाउने सम्भावना बढी हुन्छ । कालो शरीर हुँदा यो घना जंगलमा देखिदैँन र शत्रुबाट पनि सुरक्षित हुन्छ ।' उनले यो
घटनालाई समान्य रुपमा लिनुपर्ने बताए । उनले भने,'बिरालो प्रजातिको प्यान्थारा जातीमा ५ देखि ११ प्रतिशत जीवहरु कालो हुने सम्भावना हुन्छ । मेलानिन भन्ने रसायनको मात्रा बढी हुँदा छाला र रौं
कालो देखिन्छ । यो त्यही कारणले भएको हो ।' यो जीवलाई कालो भएपनि बच्चाहरु सामान्य किसिमका अन्य चितुवाहरु जस्तो रंगको पनि हुन सक्ने उनले बताए । त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र
केन्द्रीय विभागका प्रमुख एवं चितुवामा विद्यावारिधि गरेका प्राध्यापक तेजबहादुर थापाले तस्बिरमा देखिएको पाटाहरु हेर्दा कालो चितुवा हुन सक्ने बताए । उनले भने,‘चितुवाको ब्ल्याक भ्यारिएन्ट त
हुन्छ नै । फोटो हेर्दा चितुवा नै जस्तो देखिन्छ । यसको साइज पनि ध्वाँसे चितुवा भन्दा लियोपार्डको हाइटमा देखियो । यो चितुवा नै है ।’ प्राध्यापक थापाका अनुसार चितुवाको यो रंगलाई मेलानिस्टिक
भनिन्छ । ‘यो मेलानिस्टिक कलर हो । कहिले काही एल्बेनिज्म हुँदा सेतो पनि देखिन्छ । म्युटेसन वा कुनै अनुवांशिय कारणले यसको रंग कालो देखिएको हुन सक्छ,’ प्राध्यापक थापाले भने । प्रकाशित : फाल्गुन
५, २०७७ २०:५६ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना
प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं,
नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
जान्ह्वी कपुरलाई बिकिनीमा देखेर भड्किए प्रयोगकर्ताः भने, ‘श्रीदेवीको नाम खराब गरिरहेको छौ’बलिउडकी सुन्दर नायिका जान्ह्वी कपुर मालदिभ्समा बिदा मनाएर भारत फर्किसकेकी छिन् । जान्ह्वीले मालदिभ्समा आफ्ना साथीहरुसँग ...
१ शिक्षिका र २ विद्यार्थीको भरमा विद्यालयअछाम — बान्नीगढी जयगढ गाउँपालिका १ कुण्डाली गाज्रास्थित पवन आधारभूत विद्यालयमा कक्षा २ सम्म पढाइ हुन्छ । त्यहाँ कक्षा १ ...
टेबल टेनिस खेलाडी अमर मल्ल सम्मानितटेबलटेनिस खेलाडी अमरलाल मल्ललाई काठमाडौं नगरपालिका वडा २५ र भेडासिं परिवारले शनिबार नगदसहित सम्मान गरेको छ । स्पिन इभेन्...
थ्री नेसन्स कप : बंगलादेशको एक पाइला फाइनलमाकाठमाडौँ — बंगलादेशले थ्री नेसन्सकप पहिलो खेलमा किर्गिस्तानको यू–२३ टिमलाई मंगलबार १–० ले हराएको छ । यो जितपछि बंगलादेशक...
पेट्रोलियम मूल्यवृद्धिविरुद्ध अनेरास्ववियु आन्दोलितकाठमाडौँ — पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपाको दाहाल–नेपाल समूहनिकट विद्यार्थीले बिहीबार बिहान काठम...
Latests News
काभ्रेमा भेटियो ‘ब्ल्याक प्यान्थर’काठमाडौँ — प्रायः चितुवा हलुका पहेंलोरातो रंगको पृष्ठभूमिमा औंठी आकारको गोलाकार कालो बुट्टा रंगका हुन्छन् । कहिले काहीँ ...
पर्यटक तान्दै काठेपुलजुम्ला — मोटरसाइकलमा रारा घुम्न जान लागेका काठमाण्डौका प्रकाश श्रेष्ठ सिंजाको चिउडी पुगेपछि उनले मोटरसाइकल रोके । <?x...
बस्तीमा खोलो पस्योबागलुङ — अविरल वर्षाले निसी र हुल्दी खोलाको बहाव खाडु बजारमा पसेको छ । बिहीबार राति खोला बढेर घरभित्र पसेपछि आफूहरू सुरक...
सिसडोलमा फोहोर फाल्न स्थानीयको अवरोधकाठमाडौँ — नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर मैला विसर्जन गर्...
फोटोफिचरप्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनमा हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका निर्वाचन क्षेत्रमा आइतबार बिहा...