सिसडोलमा फोहोर फाल्न स्थानीयको अवरोध
सिसडोलमा फोहोर फाल्न स्थानीयको अवरोध"
Play all audios:
काठमाडौँ — नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर मैला विसर्जन गर्न अवरोध गरेका छन् । <?xml encoding="UTF-8"??> काठमाडौं
महानगरपालिका लगायत उपत्यका १८ वटा नगरपालिकासँग यसअघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने स्थानीयहरुले बताएका छन् । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक
व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले चैत १३ गते यता सडकमा विरोध प्रदर्शन गर्दै फोहोर बिसर्जन गर्न दिएका छैनन् । उनीहरुले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण
शिक्षक दरबन्दी उपलब्ध गराउने नेपाल सरकारका मुख्य सचिव र स्थानीयसँग भएको सम्झौता र २०७७ कात्तिक ५ गते काठमाडौं महानगरपालिकाको ५२ औं कार्यपालिकाको बैठकबाट भएको निर्णय कार्यान्वयन नभएसम्म
सिसडोल साइटमा फोहोर बोकेका गाडि प्रवेश गर्न नदिने बताएका हुन् । विरोध प्रदर्शनमा उपस्थित भएका नुवाकोट जिल्ला, ककनी गाउँपालिका वडा नं. ३ का अध्यक्ष घननाथ बजगाईंले यसअघि भएका सम्झौता
कार्यान्वयन नभएसम्म फोहोर बिसर्जन गर्न नदिने बताए । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समितिका अध्यक्ष अनिश शर्मा ढुंगानाले आफूहरुको माग एक दुई दिनमा पूरा नभए सबै
विद्यालयका विद्यार्थीलाई सडकमै ल्याएर पढाउने चेतावनी दिए । विरोध प्रदर्शनमा उपस्थित भएका ककनी गाउँपालिका वडा नं. २ का अध्यक्ष केदार पौडेल, वडा नं. १ का अध्यक्ष चन्द्रबहादुर बलामी, फोहोर मैला
व्यवस्थापन सरोकार समितिका अध्यक्ष नवराज ढुंगाना र स्थानीयहरुले ३ वर्षका लागि फोहोर व्यवस्थापन गर्न भएको सम्झौताको कार्यान्वयन १५ वर्ष भइसक्दा समेत पुरा नभएको बताएका छन् । अव्यवस्थित फोहोर
बिसर्जन हुँदा वातावरणमा प्रभाव परेको, स्वास्थ्यमा प्रतिकुल असर परेको, सम्झौताहरु कार्यान्वयन नभएको र आफूहरुलाई राज्यले नागरिकको दर्जा समेत नदिएको गुनासो पनि प्रदर्शनकारीहरुको छ । सिसडोल
ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने, सडक बिस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने लगायतका
सम्झौतहरु तत्काल कार्यान्वयन गर्नुपर्ने माग प्रदर्शनकारीहरुको छ । सरकारसँग पटकपटक सम्झौता हुने तर कार्यान्वयनका लागि चासो नदिने भएपछि आफूहरु आन्दोलनमा उत्रिनुपरेको पनि उनीहरुले बताएका छन् ।
नुवाकोट ककनी गाउँपालिका वडा नं. १, २ र ३ का १६ वटा विद्यालयहरुमा आवश्यक तहगत र विषयगत शिक्षक दरबन्दी पूरा नगरेसम्म फोहोर मैला व्यवस्थापन गर्ने कार्य चैत १३ गते देखि पूर्णरुपमा बन्द गरिएको
संघर्ष समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रकाशित : चैत्र १५, २०७७ १६:१५ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना
कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
Taarak mehta ka ooltah chashmah : 'बबीता जी' ने शिमर ड्रेस में कराया बोल्ड फोटोशूट, राज के कमेंट पर फैन ने लिखा,' टप्पू शरारत नहीं' - prabhat khabartarak mehta ka ooltah chashmah babita ji aka munmun dutta bold photoshoot in shimmer dress photo viral on social media b...
Taarak mehta ka ooltah chashmah : रेड लिपस्टिक में 'भिड़े' की बेटी सोनू ने दिखाया दिलकश अंदाज, video वायरल - prabhat khabarTarak Mehta Ka Ooltah Chashmah, Palak Sidhwani, sonu : तारक मेहता का उल्टा चश्मा शो 12 सालों के दर्शकों को खूब हंसाता आ ...
Bengal election 2021: bjp के संकल्प पत्र का ‘सोनार बांग्ला’ - prabhat khabarबंगाल चुनाव में बीजेपी ने भी संकल्प पत्र जारी कर दिया है. केंद्रीय गृहमंंत्री अमित शाह ने बंगाल विधानसभा चुनाव में बीजेप...
श्रद्धालु भक्तों के लिए खुला मां भद्रकाली मंदिर का कपाट - maa bhadrakali temple opened for devotees - jharkhand chatra general newsसंवाद सहयोगी इटखोरी(चतरा) साढे छह माह बाद ऐतिहासिक मां भद्रकाली मंदिर का कपाट गुरुव By JagranEdited By: Updated: Thu, 08...
Balaghat news: कान्हा टाइगर रिजर्व के परिक्षेत्र किसली में मिला नर बाघ का शवBALAGHAT NEWS किसली परिक्षेत्र के कोपेडबरी बीट में मिला मृत बाघ। आपसी लड़ाई का नतीजा बताया जा रहा। By HEMANT KUMAR UPADH...
Latests News
सिसडोलमा फोहोर फाल्न स्थानीयको अवरोधकाठमाडौँ — नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर मैला विसर्जन गर्...
यसरी हुँदै छ क्रिकेटको प्रशिक्षणकाठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणपछि अन्तर्राष्ट्रिय क्रिकेटले पुनरागमन गर्न ठूलै परीक्षण पार गर...
सिलाव के खाजा कलस्ट को अविलंब चालू करने का आदेश - order to start the khaja clast of silav without any delay - bihar nalanda general newsबिहारशरीफ। सिलाव के खाजे की मिठास से पूरी दुनिया वाकिफ है। ऐसे में राजगीर-नालंदा का भ्रमण करने वाले पर्यटक खाजे का जायका...
घाँटीमा छैन सुनको चाप्कीडोटी — धनगढीमा गत वर्ष डीपीएल क्रिकेटको फाइनल हेर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा–पत्नी आरजु नयाँ पहिरनमा झुल्किइन्...
गण्डकीलमजुङको दोर्दी गाउँपालिका ४, जितौरे नजिकै कपासे भन्ने स्थानमा मंगलबार साँझ जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ११...