घाँटीमा छैन सुनको चाप्की
घाँटीमा छैन सुनको चाप्की"
Play all audios:
डोटी — धनगढीमा गत वर्ष डीपीएल क्रिकेटको फाइनल हेर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा–पत्नी आरजु नयाँ पहिरनमा झुल्किइन् । लोप हुँदै गएको सुनको चाप्की घाँटीमा लगाएको उनको फोटो सामाजिक
सञ्जालमा भाइरल भयो । भाइरलसँगै सहरबजारमा फेसनका रूपमा चाप्की गहना देखिन थालेको छ । <?xml encoding="UTF-8"??> चाप्की नयाँ पुस्ताका महिलाले प्रयोग गर्न थाले पनि अन्य थुप्रै
गहना भने लोप हुने अवस्थामा छन् । मेलाहरूमा मात्र ग्रामीण क्षेत्रका महिलाले यस्ता गहना लगाउँछन् । महिलाहरूले खुट्टामा लगाउने कल्ली, घाँटीमा बेर्ने चाँदीको सुता, कानको ढुंग्री, चाप्के, टाउकाको
पूरै कपाललाई छोप्ने श्रीबन्दी, सूर्य फूल आकारको कानमाथिको टाउकाको भागमा सजाउने सुनको फूल, हातमा लगाउने विशेष प्रकारको बालालगायत गहना हराउन थालेका छन् । बुलाकी, तिलहरी, मुन्द्री, फुलीजस्ता
गहना पनि कमैले प्रयोग गर्छन् । सुदूरपश्चिमका महिलाले लगाउने मुख्य गहनामा तिलहरी, फुली, मुन्डी, पायल, बाली, श्रीफूल, चाप्की, श्रीबन्दी, बुलाकी, ढुकरी, चौखुडा, ढेडी, झुझुबी, कण्ठश्री, तारिका,
पएडा, जोडी र डोरी पर्छन् । गहनासँगै परम्परागत पहिरन पनि हराउन थालेका छन् । यस क्षेत्रका नेता, उच्च ओहदाका कर्मचारी, व्यापारी तथा घरानियाँ परिवारका महिलाले परम्परागत गहनालाई प्रोत्साहन
गर्नुको साटो हेप्ने प्रवृत्तिले लोप हुन थालेको कतिपयको आरोप छ । पूर्वीचौकी गाउँपालिका–१ सानागाउँकी पद्मा खड्काले पुराना गहना बेचेर चलनचल्तीका गहना बनाउन थालेकामा दु:खेसो पोखिन् । ‘पुराना
गहना लगाउँदा केही पढेलेखेका तथा सहरिया महिलाले हेप्न थाल्छन्,’ उनले भनिन्, ‘समाजको सेवा गर्छौं भन्नेले नै गहनाको महत्त्व नबुझ्दा यस्तो भएको हो ।’ ४७ वर्षीया पद्मा भने अहिले पनि घरपरिवार तथा
गाउँमा हुने चाडपर्वमा पुरानै गहना लगाउँछिन् । सानागाउँको भुवो पर्व हेर्न देवलगणि खेत पुगेकी उनी श्रीबन्दी, बुलाकी, नौगेडी लगाएर आएकी थिइन् । बडीकेदार–५ गडगाउँकी नर्मदा भुल पनि बिहेमा पतिले
बनाइदिएको जोडी गहना मात्र लगाउँछिन् । तीनवटा तिलहरीझैं आकारका सुन जोडेर बनाइएको गहनालाई जोडी भन्छन् । ‘बिहेमा बनाइदिएका हुन्,’ उनले भनिन्, ‘मैले जतन गरिराखेकी छु, मेरी देउरानी, जेठानीले भने
बिहेका गहना मासेर नयाँ डिजाइनका बनाइसके ।’ प्रकाशित : पुस २८, २०७५ ०८:२७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको
यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर
पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
Taarak mehta ka ooltah chashmah : 'बबीता जी' ने शिमर ड्रेस में कराया बोल्ड फोटोशूट, राज के कमेंट पर फैन ने लिखा,' टप्पू शरारत नहीं' - prabhat khabartarak mehta ka ooltah chashmah babita ji aka munmun dutta bold photoshoot in shimmer dress photo viral on social media b...
Taarak mehta ka ooltah chashmah : रेड लिपस्टिक में 'भिड़े' की बेटी सोनू ने दिखाया दिलकश अंदाज, video वायरल - prabhat khabarTarak Mehta Ka Ooltah Chashmah, Palak Sidhwani, sonu : तारक मेहता का उल्टा चश्मा शो 12 सालों के दर्शकों को खूब हंसाता आ ...
Bengal election 2021: bjp के संकल्प पत्र का ‘सोनार बांग्ला’ - prabhat khabarबंगाल चुनाव में बीजेपी ने भी संकल्प पत्र जारी कर दिया है. केंद्रीय गृहमंंत्री अमित शाह ने बंगाल विधानसभा चुनाव में बीजेप...
श्रद्धालु भक्तों के लिए खुला मां भद्रकाली मंदिर का कपाट - maa bhadrakali temple opened for devotees - jharkhand chatra general newsसंवाद सहयोगी इटखोरी(चतरा) साढे छह माह बाद ऐतिहासिक मां भद्रकाली मंदिर का कपाट गुरुव By JagranEdited By: Updated: Thu, 08...
Balaghat news: कान्हा टाइगर रिजर्व के परिक्षेत्र किसली में मिला नर बाघ का शवBALAGHAT NEWS किसली परिक्षेत्र के कोपेडबरी बीट में मिला मृत बाघ। आपसी लड़ाई का नतीजा बताया जा रहा। By HEMANT KUMAR UPADH...
Latests News
घाँटीमा छैन सुनको चाप्कीडोटी — धनगढीमा गत वर्ष डीपीएल क्रिकेटको फाइनल हेर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा–पत्नी आरजु नयाँ पहिरनमा झुल्किइन्...
गण्डकीलमजुङको दोर्दी गाउँपालिका ४, जितौरे नजिकै कपासे भन्ने स्थानमा मंगलबार साँझ जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ११...
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिन ९ विद्यार्थी संगठनको आह्वानकाठमाडौँ — विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै त्यस...
सैन्य सामग्रीको सवा ३ अर्ब भुक्तानी रोकियोकाठमाडौँ — अर्थ मन्त्रालयले बजेट नदिएपछि सैन्य सामग्री खरिदबापत भारतलाई तिर्नुपर्ने ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानी रोकि...
कोरोना संक्रमण : चीनमा घट्दै, दक्षिण काेरिया, इरान र इटालीमा बढ्दैकाठमाडौँ — कोरोना भाइरसको प्रकोप चीनमा तुलनात्मक रुपमा केही कम भए पनि इरान, दक्षिण कोरिया र इटालीमा भने बढ्दै गएको छ ।मं...