भारतीय प्रतिनिधिसँगको वार्तामा चुच्चे नक्सा टेबलमुनि राखेर ओलीले नक्कली राष्ट्रवाद देखाए : नेता पाण्डे
भारतीय प्रतिनिधिसँगको वार्तामा चुच्चे नक्सा टेबलमुनि राखेर ओलीले नक्कली राष्ट्रवाद देखाए : नेता पाण्डे"
Play all audios:
गण्डकी — नेकपाका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली राष्ट्रवाद देखाएको बताएका छन् । उनले भारतीय प्रतिनिधिसँगको वार्तामा चुच्चे नक्सा टेबलमुनि राखेर ओलीले नक्कली
राष्ट्रवाद देखाएको बताएका हुन् । <?xml encoding="UTF-8"??> प्रतिनिधिसभा विघटनविरुद्ध पोखरामा मंगलबार नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको विरोध प्रर्दशनमा बोल्दै
नेता पाण्डेले भारतको उक्साहटमा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको आरोप लगाए । _नेकपाको दाहाल-नेपाल समूहले मंगलबार पोखरामा निकालेको विरोध प्रदर्शन । तस्बिरः प्रतीक्षा काफ्ले/कान्तिपुर ।_
उनले भने,‘भारतको प्रतिनिधि भ्रमण आउँदा चुच्चे नक्सा टेबलमुनि राखेर पुरानै नक्सा देखाएर वार्ता गर्ने र जनतामा आएर चुच्चे नक्सा देखाउँदै भ्रम छर्ने गरेका छन् ।’ नेता पाण्डेले प्रधानमन्त्री
ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले भन्दा ठूलो दर्भाग्य व्यहोनुपर्ने बताए । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताउँदै यसविरुद्ध गरिएको आन्दोलन नेताको लागि नभई जनताको लागि भएको नेता पाण्डेको
भनाइ थियो । उनले पार्टीमा दाहाल–नेपाल समूहको बहुमत भएको दाबी गरेका छन् । उनले प्रम ओलीलाई कोरोनाले थिल्थिलाएको देशलाई प्रतिगामी कदम चालेर द्वन्द्वमा घचेट्न लागेको आरोप लगाए । पूर्व एमाले र
पूर्व माओवादीबीच एकता गर्ने क्रममा भएका सम्झौतालाई प्रम ओलीले कार्यान्वयन गर्न नखोज्दा अहिले यो अवस्था आएको उनको भनाइ थियो । ओलीलाई अरुबाट परिचालित गरिएको बताउँदै नेता पाण्डेले संविधानमाथि
बलात्कार भएको बताएका थिए । प्रकाशित : पुस १४, २०७७ १५:४३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले
समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि.
सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
इतिहासमा संसद् विघटनकाठमाडौँ — २०४६ को जनआन्दोलनपछि संविधान मस्यौदा आयोगको सिफारिसअनुसार २०४७ मा संविधान जारी भयो । त्यसैका आधारमा २०४८ मा आ...
‘चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेका हुन् ?’- समाचार - कान्तिपुर समाचारसमाचार‘चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेका हुन् ?’सर्वोच्च अदालतको संवैधानिक इजलासमा कानुन व्यवसायीहरुले चार जना न्य...
महाकविको सम्झनाकाठमाडौं — महाकवि लक्ष्मीप्रसाद देवकोटाको लेखनले सबैलाई आकर्षित गर्छ । वरिष्ठ साहित्यकार प्राध्यापक डा .तारानाथ शर्मा त ...
दामनमा नयाँ चराकाठमाडौं — मकवानपुरको दामनमा ‘ग्रे साइडेड थ्रस’ नामको नयाँ चरा फेला परेको छ । यो विश्वमै दुर्लभ चरा मानिन्छ । <?xml e...
झोलुङ्गे पुलमा ‘सेल्फी’रौतहट — चुरे काखको पर्यटकीय क्षेत्र नुनथरस्थित झोलुङे पुल सेल्फी लिनेका लागि प्रसिद्ध बन्दै गएको छ । यहाँ घुम्न आउने जो ...
Latests News
भारतीय प्रतिनिधिसँगको वार्तामा चुच्चे नक्सा टेबलमुनि राखेर ओलीले नक्कली राष्ट्रवाद देखाए : नेता पाण्डेगण्डकी — नेकपाका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली राष्ट्रवाद देखाएको बताएका छन् । उनले भारत...
यौवन र गोलभेँडाकाठमाडौ — गोलभेँडा खाएर छालालाई स्वस्थ राख्न सकिन्छ र घामको असरवाट समेत बाँच्न सकिन्छ । यो अध्ययन न्युक्यासल युनिभर्सिटी...
फोटोफिचर७४ दिनदेखि व्यावसायिक उडानका लागि बन्द गरिएका काठमाडौंसहित मुलुकभरका विमानस्थल ढिलो चाँडो सञ्चालनमा ल्याइने छन् । कोरोन...
रानाको बढुवा निलम्बन गर्न अधिकारकर्मीको आग्रहकाठमाडौं — दुइटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था 'ह्युमन राइट्स वाच' र 'इन्टरनेसनल कमिसन अफ जुरिस्ट' ले कुबेरसिंह...
‘दुई वर्षमा ऊर्जा क्षेत्रमा चमत्कारिक विकास’भक्तपुर — उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले १० वर्ष भित्रमा १० हजार मेगावाट विद्युत उत्पादन गरेर उर्जामा दे...