दामनमा नयाँ चरा

Ekantipur

दामनमा नयाँ चरा"

Play all audios:

Loading...

काठमाडौं — मकवानपुरको दामनमा ‘ग्रे साइडेड थ्रस’ नामको नयाँ चरा फेला परेको छ । यो विश्वमै दुर्लभ चरा मानिन्छ । <?xml encoding="UTF-8"??> २४ सेन्टिमिटर लामो उक्त चराको आँखीभौं


सेतो तथा शरीरको कोखा तथा पेट खैरो हुन्छ । नयाँ प्रमाणित भएको उक्त चराको नेपाली नामकरण भइसकेको छैन । ‘प्रकृतिका साथीहरू’ नामक संस्थाका चरा संरक्षण अधिकृत सोम जीसीले गत माघमा उक्त चरा देखेर


तस्बिर खिचेका थिए । वरिष्ठ चराविद्हरू डा. हेमसागर बराल र क्यारोल इन्स्किपलगायतले चरा नयाँ प्रजाति हुन सक्ने सुझाएपछि प्रमाणीकरणका लागि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग पठाइएको


थियो । ‘विभागले उक्त चरा नेपालका लागि नयाँ भएको प्रमाणित गरेको छ,’ प्रकृतिका साथीहरू संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले कान्तिपुरलाई भने । चरा पहिचानका लागि विभागका इकोलोजिस्ट लक्ष्मण


पौड्यालले विज्ञहरूसँग बैठक राखी परामर्श गरेका थिए । योसमेत नेपालमा पाइने चरा प्रजातिको संख्या ८ सय ७९ पुगेको छ । यसअघि जीसीले नेपालमा तीन नयाँ प्रजाति पत्ता लगाएका थिए । उनले विदेशी चरा


पारखीलाई नियमित रूपमा नेपाल, भारत तथा भुटानमा चरा अवलोकन गराउने गरेका छन् । गत वर्ष माघ १० मा चरा अवलोकन गराउन अमेरिकी दूतावासका चराप्रेमी कूटनीतिज्ञ मिक कुकरलाई लिएर उनी दामन गएका थिए ।


‘त्यति नै बेला पहिला नदेखेको चरा देखें, अनि फोटो खिचें,’ उनले भने । उक्त चरा नेपालसहित भारत, चीन, म्यानमार, लाओस र थाइल्यान्डमा अभिलेख गरिएको छ । कार्यकारी निर्देशक आचार्यका अनुसार संसारभर


यी चराको संख्या २५ सयदेखि ९ हजार ९ सय ९९ सम्म रहेको अनुमान गरिएको छ । बसाइँ सराइ गर्ने यी चरा हिउँद छल्न तल झर्छन् । यिनीहरू नेपालमै बस्छन् वा हिउँदमा मात्र आउँछन् भन्ने अहिलेसम्म निश्चित


भएको छैन । वन विनाशले यिनको अवस्था र संख्यालाई असर गरेको अनुमान छ । नेपालमा यी चराको अवस्थाबारे पनि जानकारी छैन । प्रकाशित : कार्तिक १, २०७३ ०७:१४ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस


१६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन,


खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क,


थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

‘देउवाबाहेक जो उम्मेदवार भए पनि एमालेको समर्थन’

काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रवीचको गठबन्धनबाट ...

चतुरेमा बिजुली

इलाम — माङसेवुङको चतुरे बजारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । माङसेबुङ गाउँपालिका ३ चतुरे बजारसहित म...

चीन जोड्ने सडकको ट्रयाक खुल्यो

गोरखा — तिब्बतको सिमाना जोड्ने लार्के सडकखण्ड निर्माणको जिम्मा पाएको नेपाली सेनाले ११ महिनामा १४ किमि ट्रयाक खोलेको छ । ...

Thursday Vrat Vidhi: बृहस्पतिवार व्रत रखने के लाभ और पूजा विधि जानें यहां

गुरुवार यानी बृहस्पतिवार के दिन भगवान विष्णु और देव गुरु बृहस्पति की पूजा का विधान है। बहुत से लोग इस दिन व्रत रखते हैं।...

सुनिता दनुवार

यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल...

Latests News

दामनमा नयाँ चरा

काठमाडौं — मकवानपुरको दामनमा ‘ग्रे साइडेड थ्रस’ नामको नयाँ चरा फेला परेको छ । यो विश्वमै दुर्लभ चरा मानिन्छ । <?xml e...

ओलीविरुद्ध दाहाल-नेपाल समूहको प्रतिवाद र दबाबको नीति

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै विभाजित नेकपाका दुवै समूहबीच केन्द्रदेखि जिल्लासम्म टकराव ...

हाफ म्याराथनको उपाधि धादिङकी रसिलाले जितिन्

काठमाडौँ — १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको प्रथम महिला हाफ म्याराथन दौ...

स्वास्थ्य

नयाँ वर्षमा तपाईंले चुरोट, खैनी, रक्सीजस्ता अम्मल त्याग्ने घोषणा गर्नुभएको छ ? यदि छ भने एकपटक शान्त दिमागले सोच्नुस् त,...

विवाद उत्कर्षमा

नयाँदिल्ली — ‘क्रिस ३’ का को–स्टार हृतिक रोशन र कंगना रानावतबीच यतिबेला चर्को कानुनी लडाइँ परिरहेको छ। उक्त फिल्मताका नै...

Top