शान्ति प्रक्रिया पूरा गरेकामा प्रधानमन्त्रीलाई धन्यवाद
शान्ति प्रक्रिया पूरा गरेकामा प्रधानमन्त्रीलाई धन्यवाद"
Play all audios:
काठमाडौं — राष्ट्रपति रामवरण यादवले शान्ति प्रक्रिया पूरा गरेकामा प्रधानमन्त्री बाबुराम भट्टराईलाई धन्यवाद दिएका छन् । शीतलनिवासमा शुक्रबार भएको नियमित भेटमा राष्ट्रपति यादवले शान्ति
प्रक्रियामा जस्तै राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि सहमतिमा पुग्न प्रधानमन्त्री भट्टराईलाई आग्रह गरेका हुन् । <?xml encoding="UTF-8"??> 'शान्ति प्रक्रिया झन्डै-झन्डै
पूर्ण भएकामा राष्ट्रपतिले प्रधानमन्त्रीलाई विशेष धन्यवाद दिनुभएको छ,' राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, 'यसैगरी राजनीतिक निकास र संविधान निर्माणमा पनि सहमतिमा
पुग्न आग्रह गर्नुभएको छ ।'दाहालका अनुसार नियमित 'बि्रफिङ' का लागि शीतलनिवास पुगेका प्रधानमन्त्रीले समग्र राजनीतिक स्थितिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । 'राजनीतिक
सहमति कायम गरेर निकास पहिल्याउने कुरामा प्रधानमन्त्री पनि सहमत हुनुहुन्छ,' सल्लाहकार दाहालले भने, 'प्रमुख दुई शक्ति एक ठाउँमा भएकाले अरू प्रमुख शक्तिलाई समेटेर सहमतिको वातावरणका
लागि थप पहल गर्न आग्रह गर्नुभएको हो ।'राष्ट्रपति यादवले राजनीतिक गतिरोध अत्यका लागि थप दबाब सिर्जना गर्न आइतबार दलका शीर्ष नेतालाई छलफलका लागि शीतलनिवास डाकेका छन् ।एमाओवादी, कांग्रेस,
एमाले र मधेसी मोर्चाका अतिरिक्त मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी र शरतसिंह भण्डारी नेतृत्वका मधेसी समाजवादी राष्ट्रिय पार्टीका र विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने अन्य दलहरूलाई बैठकमा
डाकिएको दाहालले बताए । 'राजनीतिक निकासका विषयवस्तुमा छलफलका लागि डाकिएको हो,' उनले भने, 'विगतमा नै दिइएका एजेन्डामा प्रगति हुन सकेको छैन ।' राजनीतिक गतिरोध अन्त्यका लागि
सहमति जुटाउन आफूले पटक-पटक गरेको आग्रहले सकारात्मक नतिजा दिन नसकेकामा राष्ट्रपति असन्तुष्ट छन् । संविधानसभा अवसानसँगै प्रधानमन्त्री बाबुराम भट्टराईलाई पदमुक्त गरेका राष्ट्रपति यादवलाई नयाँ
सरकार गठनको प्रक्रिया पूरा गर्न दबाब परिरहेको छ । स्रोतका अनुसार राष्ट्रपति यादवले दलहरूको यो परामर्श पछि गतिरोध अन्त्यको प्याकेजमा सहमति जुटाउन समय तोकेरै अन्तिम मौका दिने सम्भावना छ ।
'प्रधानमन्त्रीलाई पदमुक्त भएको जनाउ दिएर कामचलाउ तोकिएकाले जेठ १६ बाटै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो,' स्रोतले भन्यो, 'त्यही प्रक्रियालाई टुंगोमा पुर्याउनुपर्छ
भन्नेमा विवाद छैन । तर त्यसको प्रक्रियाबारे विभिन्न सुझाव आएका छन् । सरकार गठनको प्रक्रियाबारे राष्ट्रपति यादवले यसअघि विभिन्न चरणमा कानुनी परामर्श गरेका थिए । पूर्वप्रधानन्यायाधीशदेखि कानुन
व्यवसायीहरूमध्ये अधिकांशले अन्तरिम संविधानको धारा ३८ -१) अनुसार राजनीतिक सहमतिको सरकार गठनका लागि मिति तोकेर आह्वान गर्न सकिने विकल्प उपयुक्त हुने राय दिएका थिए । 'राष्ट्रपतिले कुनै
पनि विकल्पमा जानका लागि दलहरूको सहमति पर्खनुभएको हो,' शीतलनिवास निकट स्रोतले भन्यो । राष्ट्रपतिसँगको भेटमा दलका नेताहरूले आफूहरूबीच छिट्टै सहमति जुट्ने बताउँदै आएका थिए । प्रकाशित :
आश्विन १३, २०६९ ०१:३४ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज
पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु
सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
तालमा ताल मिलाई...काठमाडौं — कुनै बेला गाउँघरका हरेक चाडपर्वमा बज्थ्यो, मादल । गाउँघरमा संगीत र मनोरञ्जनको साधन नै मादल थियो । विहेमा रत्य...
कल्याणकारी राज्यमा महिलालाई दिइने अवसरकाठमाडौँ — बिस्तारवादी राजनीतिक उतारचढावका कारण विश्वमै १८ औं शताब्दीसम्म कल्याणकारी राज्यको अवधारणाले खासै महत्व पाएन त...
अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधनब्युनस आयर्स । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ । स्थान...
गाउँका सयपत्रीकाठमाडौ — हुनलाई उनी भण्डारी हुन् । पारिजातबाट प्रभावित भएर उनी साहित्यतिर लहसिन थाले र थरको ठाउँमा 'सयपत्री' ...
बोलीमा सीमित ‘बुद्धसर्किट’रूपन्देही/कपिलवस्तु — चीनको बेइजिङबाट आएकी २९ वर्षीया यन हुङ कलिवस्तुको निग्रोधारामबाट गोटिहवा कसरी पुग्ने अलमलमा परिन ।...
Latests News
शान्ति प्रक्रिया पूरा गरेकामा प्रधानमन्त्रीलाई धन्यवादकाठमाडौं — राष्ट्रपति रामवरण यादवले शान्ति प्रक्रिया पूरा गरेकामा प्रधानमन्त्री बाबुराम भट्टराईलाई धन्यवाद दिएका छन् । श...
शिक्षामा व्यापक सरुवाकाठमाडौ — शिक्षा मन्त्रालले सहसचिव र उपसचिव तहका ५० जनाको जिम्मेवारी हेरफेर गरेको छ । परीक्षा नियन्त्रक, पाठ्यक्रम विकास...
Maha shivratri 2020: ऋतिक रोशन और सुज़ैन खान ने की पूजा, अमिताभ बच्चन और रवीना टंडन ने दी बधाई - maha shivratri 2020 hrithik roshan and sussanne khanMaha Shivratri 2020 अमिताभ बच्चन अनुपम खेर रवीना टंडन धनुष और सेलिब्रिटीज ने लोगों को शिवरात्रि की बधाई दी हैं। By Rupes...
'संविधान कार्यान्वयनमा सत्ता र प्रतिपक्षजस्तो हुनु भएन'संविधान कार्यान्वयनसँंग जोडिएका र एक वर्षभित्र नगरी नहुने कामहरू पुरा भइसकेका छन्। कतिपय विषय २ वर्षभित्र, मौलिक हकमा व्...
पेट्रोलियम पदार्थको मुल्य बढ्योकाठमाडौ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र एल्पी ग्यासको मल्यमा वृद्धि गरेको छ । निगमको सोमबार बिहान बसेको बोर्ड बैठ...