बसमा छैन मेरो मन...

Ekantipur

बसमा छैन मेरो मन..."

Play all audios:

Loading...

मेरो पूर्व सहकर्मी प्रवीन लन्डनमा पनि टिक्न सकेनछ । पुल्चोकबाट कम्प्युटर इन्जिनियरिङ र बेङ्गलोरबाट कम्प्युटर साइन्समा एमएस्सी गरेको ऊ एउटा गैरसरकारी संस्थामा आईटी अफिसरको जागिर खान आएको थियो


 । <?xml encoding="UTF-8"??> त्यहाँ काम गरुन्जेल ऊ मलाई काठमाडौंमा ल्यापटप पसल खोल्ने योजना सुनाएर दिक्कै बनाउँथ्यो । लाखौं खर्च गरेर कम्प्युटर साइन्स पढेकोमा ऊ पश्चात्ताप


गथ्र्यो । उसलाई लाग्थ्यो कम्प्युटर प्रोग्रामिङजस्तो बोरिङ काम संसारमै अर्को छैन । अकस्मात वर्क परमिटमा लन्डन जान पाएपछि उसको गनगन मैले सुन्नुपरेको थिएन । तर लन्डनबाट फर्केकै भोलिपल्ट उसले


भन्यो, 'यार, म त डेरी खोल्नुपर्‍यो । तँ पनि सेयर हाल्छस् ?' मलाई एकमनमा हाँसो उठ्यो र अकोर्े मन सोचमग्न भयो- मान्छेका जिन्दगीमा कति धेरै मोड आउँछन् । कति मान्छे आफूले के गर्न


चाहेको हो भन्ने थाहा नपाई धर्ति छोड्छन् । अनि कति मान्छे आफ्नो रुचि र खुबी केमा होला भन्ने प्रयोग गर्दागर्दा कपाल फुलाउँछन् । अनि मैले मेरी माइजूलाई सम्झें ।िमैले चिन्दा माइजू सानी र साह्रै


दुब्ली हुनुहुन्थ्यो । फरासिलो बानी त्यतिबेलैदेखिको हो । यो पचास सालतिरको कुरा होला । मामा माइजूको भर्खर बिहे भएको थियो । त्यतिबेला माइजू एसएलसी दिएर बस्नुभएको थियो क्यारे । म वर्षे बिदामा


यसो काठमाडौं चिनौं, उस्तै परे यतै पढौं भनेर आएको थिएँ । तर काठमाडौंले मलाई एक महिना पनि टिक्न दिएन । माइजूलाई मैले पाँच वर्षपछि फेरि भेटें । त्यतिबेला मामा माइजूकी छोरी पनि चार वर्षकी


भइसकेकी थिई । म आरआरमा पढ्दै थिएँ । वसन्तपुर दरबार स्क्वाएर पछाडि प्याफलमा मेरो डेरा थियो, मामा माइजूको डेरा सामुन्नेको घरमा ।तिनताक माइजू केही काम गर्नुहुन्थेन । मेरो पनि कलेजको पढाइ मात्र


थियो । म टीभी हेर्न मामाघर गइरहन्थें । एकदिन माइजूले भन्नुभो, भान्जा, अंग्रेजी पढ्न जाऊँ । मलाई आफ्नो अंग्रेजी इन्स्िटच्युटमा पढ्न जानुपर्ने खालको रद्दी छ भन्नेमा विश्वास भइनसकेको बेला थियो


त्यो । मैले मानिनँ । माइजूले इमोसनल ब्ल्याकमेल गर्नु भो, 'मेरो लागि साथी भए पनि हिँड, भर्ना मै गर्दिन्छु ।' हामी भोटाहिटीको प्राक्टिकल ल्यांग्वेज सेन्टरमा बेसिक लेभलमा भर्ना भयौं ।


हरे ! त्यहाँ त पूरै एबीसीडी पो पढाउने छाँट ल्यायो । वाक्य कसरी बनाउने, कुन अक्षर क्यापिटलमा लेख्नेदेखि 'ह्वाट इज योर नेम' भनेर बोल्न पो सिकाउँछ त ! माइजूलाई भनें, 'यस्तो पढ्न


पनि यहाँ आउनुपर्छ । तपाईलाई मै सिकाइदिन्छु यो त ।' माइजूले नै मलाई अर्को लेभलमा राख्न सिफारिस गर्दिनुभो ।एक हप्तापछि म अर्को लेभलमा पढिरहेको थिएँ । एक महिना जति भएपछि माइजूलाई पढ्न जान


मन लाग्न छोड्यो । भन्नुभो, 'भान्जा, तिमी जाऊ, म अलि पछि फेरि जान्छु । छोरीलाई स्कुलमा लिन जान अलि भ्याइएन ।' म पनि नियमित त भइनँ, कहिलेकाहीं जाने, कहिलेकाहीं अल्छी गर्ने । तर


दुर्भाग्यको कुरो, त्यो लेभलमा अंग्रेजी पढाउने सरले मैलाई पहिलो बनाइदियो ।माइजूले एसएलसी पास गरेपछि पढ्न छोड्नुभएको थियो । छोडिहाल्नुभएको त भन्न नमिल्ला । तर आईए पास गरिसक्नुचाहिँ भएको थिएन ।


एक दिन भन्नु भो, 'भान्जा मलाई पनि आईए भर्ना गर्देऊ, जाँच दिन्छु ।' यस्तैमा केही महिना बिते । अनि उहाँले फेरि भन्नुभो, 'कलेजमा भर्ना गर्दा पैसा मात्र जाने भो, प्राइभेट र्फम


भर्नुपर्‍यो ।' र उहाँले मानविकी संकायमा प्राइभेट जाँच दिनुभो, तर त्यो पनि नियमित भएन ।माइजूले एउटा बैंकमा जागिर पाउँदा हामीले सानोतिनो उत्सव नै गर्‍यौं । छोरी पहिलेदेखि नै स्कुल जान


थालिसकेकी थिई । मामा धेरै पहिलेदेखि जागिरमा हुनुहुन्थ्यो । अब उहाँहरूको दैनिकी बडो व्यस्त हुन थाल्यो । एक मिनेटको दूरीमा बस्ने हाम्रो भेट पनि झन्डै-झन्डै शनिबार मात्र हुन थाल्यो ।माइजूका


दुवैजना दाजु भाइ प|mान्समा थिए । उनीहरूले प|mेन्च पढ्न सुझाएछन् । एक दिन माइजूले भन्नुभो, 'भान्जा प|mेन्च पढ्न जाने हो ?' प|mान्ससँग मेरो कुनै साइनो थिएन । माइजूको साइनोचाहिँ थाहा


थियो । पढ्न त रमाइलै हुन्थ्यो होला, तर त्यो असाध्यै महँगो थियो । मैले आँट गर्न सकिनँ । माइजू डिल्लीबजार हो कि बागबजारमा भएको प|mान्सेली केन्द्रकी विद्यार्थी हुन थाल्नुभयो । माइजू मात्र


जानुभएन, अर्को सेसनदेखि मामाले पनि प|mेन्च क्लास सुरु गर्नुभो । अब मामाघर गयो कि, बोँजुर -नमस्ते), कम सभा -तपाईंलाई कस्तो छ ?), बोना पेतित -शुभ भोजन) जस्ता टाक्कटुक्क प|mेन्च सुन्न पाइने भो 


। म आरआर कलेजमै रमाइरहेको थिएँ । जागिर थिएन । काठमाडौं बसेर पढ्ने छोराका लागि बुवाआमाले पसिना बगाएर पैसा पठाइरहनुभएको थियो । माइजू मेरो बेस्ट प|mेन्डजस्तै हुनुहुन्थ्यो । भान्जोको कुनै


केटीसँग पहिलोपल्ट आँखा जुधेकोदेखि कसैगरी डेटिङ गइहालेको खण्डमा त्यसको पहिलो जानकारी पनि उहाँलाई नै हुन्थ्यो ।संयोगवश माइजूको बढुवा हुने बेला आयो । तर आईए पास नगरेको हुनाले उहाले कुर्नुपर्ने


भयो । अनि उहाँलाई फेरि लागेछ, होइन पढाइ त चाहिने रहेछ । म त्यतिबेला बीए पढ्न थालेको थिएँ क्यारे । मेरा भाइबहिनी पनि काठमाडौं भित्रिसकेका थिए । माइजूले एक दिन खाना खुवाउनुभयो र भन्नुभयो,


'भान्जा फेरि प्राइभेट र्फम भर्नुपर्‍यो, सजिलो विषय लिएर । आईए पास गर्‍यो भने बढुवा हुने चान्स हँुदोरहेछ ।'र, उहाँको र्फम भरियो, गाइड गेसपेपर पनि किनियो । बिस्तारै म पनि कामधामतिर


लागें । पढाइ चल्दै थियो । मामा माइजूका पनि व्यस्त दिन बितिरहेका थिए । उहाँहरू कतै जग्गा किन्नुपर्‍यो भनेर दौडधुप गरिरहनुभएको थियो । हाम्रो भेटघाट पातलो हुन थाल्यो । माइजू आईएको ब्याक पेपर


दिइराख्नुभएको थियो । कहिलेकहिले जाँदा भन्नुहुन्थ्यो, 'बिहे गरेपछि पढ्न गाह्रो हुँदोरैछ, भान्जा । तर अब एक पेपर मात्र बाँकी छ ।'एक दिन लड्डु खान पाइयो माइजूले आईए पास गरेका


उपलक्ष्यमा । उहाँ बडो उत्साहित हुनुहुन्थ्यो । अब सिरियस्ली बीए पास गर्ने र बैंकमा अधिकृत तहसम्म सजिलै बढुवा हुन सकिन्छ भन्ने उहाँलाई लागेको थियो । र, उहाँले बीए पनि भर्ना गर्नुभो ।संयोगले


कसैगरी प|mान्ससँग मेरो साइनो जोडिएलाजस्तो भो । माइजूलाई सुनाएँ, 'प|mेन्च पढ्न जाने हो ? म त जाँदै छु ।' दुई लेभल पास गरेपछि मलाई प|mेन्च साह्रै गाह्रो लाग्यो । मैले छोडि्दिएँ । अनि


माइजूले भन्नुभो, 'तिमीले त मेरै बाटो पछ्यायौ नि ।'यसबीचमा धेरै परिवर्तन भए । मामा माइजू हात्तीगौडामा घर बनाएर सर्नुभयो । अलेलि रिन थियो होला । माइजू आत्तिइरहनुहुन्थ्यो, कैले


तिरिसक्ने हो भन्दै । त्यसैले केही वर्ष उहालाई धेरैतिर खर्च गर्ने पैसा र फुर्सद दुवै भएन ।तर मलाई थाहा थियो । यो क्रम कुनै दिन तोडिनेछ । नभन्दै एक दिन उहाँले फोन गर्नुभो, 'भान्जा म त


म्युजिक क्लास जान थालें नि ।' लौ, माइजूमा संगीतकार वा गायिकाको गुण भएको मलाई यत्तिका वर्षसम्म किन थाहा भएन भनेर मलाई अचम्म लागिरह्यो । शनिबारको एकसाँझ मावली पुग्दा उहाँ हार्मोनियमअघि


बसेर सन्त कवीर कि कसको हो भजन गाउँदै हुनुहुँदो रहेछ । यति भनु, भजन गाइहाल्ने उमेर उहाँको भएकै थिएन । र, त्यो पनि मलाई थाहा थियो यो संगीतको नशा पनि निकै चाँडै उत्रिनेछ । भयो त्यस्तै । किनभने


अहिले पनि मामाघरमा त्यो हार्मोनियम छ, तर त्यसमा यति धूलो जमिसकेको छ कि सायद त्यसले अब बज्न पनि बिर्सिसक्यो होला ।माइजूको वाक्कला बडो गजबको छ । उहाँ हरेकलाई तुरुन्तै प्रभाव पार्न सक्नुहुन्छ ।


त्यसैले उहाँले बैंकको युनियनतिर अलिअलि नेतागिरी पनि गर्नुभो । तर मामाघर जाँदाचाहिँ उहाँले देशका बडेबडे नेताहरूलाई गाली नगरेको कुनै दिन हुँदैनथ्यो । जे होस्, राजनीतिबाहेक उहाँको धेरै


चीजहरूप्रतिको रुचि मरेको थिएन । एक दिन भन्नुभयो, 'भान्जा, नयाँ भाषा आको छ रे । युरोपतिर खुब लोकपि्रय छ रे, मेरा साथीहरूले भनेका । यो पढेपछि विदेश त पानीपँधेरो हुन्छ रे । मेरो अफिसको


साथी, पोहोर साल पोर्चुगल गाथे, अहिले जापान गएर फर्केका छन् । बागबजारमा हरेक शनिबार तीन घन्टा पढाउँछन् । साह्रै सजिलो छ रे । पढ्न जाने हो ? महिनाको तीन सय मात्र ।'लौ विदेश पानी पँधेरो नै


हुन्छ भने महिनामा १२ घन्टा समय र मूल्य रु. तीन सय तिर्न के कन्ज्युस्याइँ । माइजूका भनाइ अनुसार केही वर्षमै अंग्रेजीलाई जित्ने गरी लोकपि्रय भइरहेको नयाँ भाषा पढ्न हामी माइजू भान्जा बागबजार


धाउन थाल्यौं । त्यो भाषा एस्पेरान्टो रहेछ । दुई शनिबार त्यहाँ हाजिरी जनाएपछि तेस्रो शनिबारदेखि हामी दुवैजना त्यसको हाजिरीबाट गयल भयौं ।यसबीच एक दिन माइजूले अब दर्शनशास्त्र, योगा, ध्यान र


तन्त्रशास्त्रका किताब पढ्ने रुचि फेरि देखाउनुभयो । त्यसको सुरुवात केही वर्षअघि बालकृष्ण समको 'नियमित आकस्मिकता'बाट भएको थियो । मैले किनेर राखेको तर कहिल्यै नपढेको किताब थियो त्यो ।


थाहा छैन माइजूले पढ्नुभयो कि भएन । तर, एक डेढ महिनाको अन्तरालमा मावली पुग्दा उहाँले ती विषयका झन्डै सय किताबको थुप्रो चाहिँ लगाइसक्नुभएको रहेछ । भन्नुभयो, 'भान्जा जिन्दगीमा गर्नैपर्ने


कुरोचाहिँ ध्यान तप नै रहेछ । म त विपस्यना जान लागेको छु । जाने हो ?'मलाई १२ दिनको छुट्टी मिलाउन साह्रै गाह्रो थियो । यदि मिलिहाल्यो भने मेरो मनले कतै ट्रेकिङ जा-जा भनेर मेरो शरीरलाई


लखेटिहाल्थ्यो । ध्यान जपको कुरो मेरो समझमा आउने उमेर भइसकेको थिएन सायद । माइजू दसैं हापेर विपस्यना जानुभो । त्यसको केही महिनापछि मामा, अनि क्रमशः माइजूकी आमा र आठ कक्षामा पढ्ने बहिनी


-माइजूकी छोरी) ले विपस्यना धाए । अनि त मावली गयो कि माइजूको कुरा सुरु हुन्थ्यो, 'भान्जा विपस्यना कहिले जाने ?'अब माइजूको ध्यान तप योगातिर अलि बढी नै झुकाव बढ्दै थियो । मामा-माइजूले


जोडी बाँधेर धेरै गुरुका आश्रम चाहारे । कहिले काभ्रेतिर बाबा विशुद्धदेव, कहिले बुढानीलकण्ठतिर स्वामी चन्द्रेश त कहिले हेटौंडातिरका कुन बाबा । यो क्रम बालुवाटारको ओशोधारा पुगेर रोकियो । मामा,


माइजू, उहाँका बा आमा अनि अरू आफन्त सबै त्यहाँका नियमित सदस्य भए । मेरा मामाले गुरुको सन्निकट भइएला भनी पुरानो जागिर छाडेर त्यहींको व्यवस्थापनको काम सुरु गर्नु भो । देशाटन गर्नुभो, थुप्रै


ठाउँका गुरुको योग शिविरको व्यवस्थापन गर्नु भो । नेपाल मात्र होइन विदेश पनि जानुभो । तर त्यो विदेश भारत मात्र थियो ।यसबीचमा माइजूको जनसम्पर्कमा बडो गजबले बढोत्तरी भएको थियो । यस्तो लाग्थ्यो,


उहाँले नचिनेका मान्छे नै छैनन् । तर ती अधिकांशका नामका अघि स्वामी, माँ जोडिएका हुन्थे । त्यति नै बेला होला, माइजूको दिमागमा नयाँ कुरा आयो । एक दिन भन्नुभो, 'भान्जा एफएमतिर चिनेको कोही छ


 ? एउटा धार्मिक कार्यक्रम चलाउनुपर्‍यो ।' लौ हेर, माइजूलाई अब आरजे बन्ने भूत चढेछ । मैले भनेर कसैले एफएममा कार्यक्रम चलाउन दिनेवाला थिएनन् । माइजूले भन्नुभो, 'यत्तिका वर्ष


पत्रकारिता गरेको के काम लाग्यो त माइजूलाई एउटा काम पनि खोज्दिन नसक्ने ?' म चुप लाग्नुभन्दा अरू के गर्न सक्थें र यस्तो बेला । दुई हप्ता जतिपछि होला माइजूले फोन गर्नुभो, बडो उत्साहित भएर,


'भान्जा, ल भोलि बिहान रेडियो सुन है, मैले धार्मिक कार्यक्रम रेकर्ड गरेर आएको छु ।' यसरी माइजूले रुचिको नयाँ क्षेत्र पनि विचरण गर्नुभो । त्यहीताका होला उहाँ जुम्बा डान्सको क्लास


पनि जान थाल्नुभएको थियो । अनि बेलाबेला मलाई 'भान्जा, म कथा लेख्दैछु, कतै छपाइदिन्छौ ?' भनेर पनि सोधिरहनुहुन्थ्यो ।केही महिनापछि उहाँले रेडियोको काम छोड्दिनुभो । समय धेरै दिनुपर्ने,


खासै पैसा नपाइने भएपछि सधैं गइरहन ऊर्जा पनि भएन । भन्नुभो, 'यसरी कार्यक्रम चलाएर केही नहुने रैछ । म त फेरि प|mेन्च पढ्न जाँदै छु । जाने हो ?' दुईचोटि पढ्न थालेर छोडेको मान्छेको यो


तेस्रो प्रयास केका लागि हो बुझ्न गाह्रो थियो । उहाँले संकल्प गरेजस्तो गरी भन्नुभो, 'अब जागिर छोडेपछि म संसारभर योगा सिकाउँदै हिँड्छु । अंग्रेजी उति राम्रो पढ्न सकिएन । अब प|mेन्च भए


पनि राम्रो बनाउनुपर्‍यो । कम्तीमा युरोप र क्यानडासम्म त यसको स्कोप छ नि । तिमी पनि हिँड ।' मैले माइजूलाई नाइँ भन्न सकेको धेरै भइसकेको थियो । त्यसैले उहाँले एक्लै भर्ना गर्नुभो । एक लेभल


सक्नुभो । अनि दोस्रो लेभल पुग्नुभो ।'माइजू बधाई छ । अब त फरर्र प|mेन्च बोल्न थाल्नुभो होला नि,' केहीअघिको एक दिन फोनमा सोधेको थिएँ । 'मैले फेरि प|mेन्च छोडें नि ।' माइजू


अलि निराश हुनुभो । 'किन ?' 'एउटा कलेजमा पढाउने अफर आयो । त्यसैले अब म त कलेज पढाउनतिर लागें ।' उहाँले भन्नुभो ।कलेजले आजकाल विद्यार्थीलाई योगशिक्षा पनि दिन थालेछन् ।


'आजकालका विद्यार्थीलाई पढाउन साह्रै गाह्रो,' माइजू भन्नुहुन्थ्यो, 'खालि हल्ला गर्छन् । उनीहरूलाई नैतिक शिक्षा दिन पुगेको छैन ।' पढाउनेबाहेक अहिले माइजूको नयाँ काम सुरु


भएको छ, भूतकालमा जाने । खोइ कुनचाहिँ टीभी कार्यक्रमको प्रभावले हो, उहाँले कसरी कसरी त्यो विद्या सिक्नुभो रे । अहिले हरेक शनिबार मावलीमा भूतकालमा आफू को थिएँ, कस्तो थिएँ भनेर थाहा पाउन


चाहनेको भीड हुन्छ । एक दिन माइजूले भन्नुभो, 'भान्जा आउने शनिबार ४ घन्टा मलाई देऊ, तिमी आफ्नो भूतकालका बारेमा सबै थाहा पाउँछौ ।' यो मेरो रुचिको विषय अझै भइसकेको छैन भन्ने उहाँले


बुझ्नुभएको छ । तर पनि बेलाबेला यसरी जिस्क्याउनचाहिँ छोड्नुहुन्न ।उहाँका बारेमा यो अनुभूति लेखिरहँदा फेरि उहाँको फोन आयो । 'भन्नुभो, भान्जा, सेप्टेम्बरमा इन्डिया पढ्न जाने भनेको मिलेन ।


अब फेब्रुअरीमा जान्छु होला ।' म छक्क पर्नु स्वाभाविकै थियो । छोरीलाई बीआईटी गर्न भर्खर भारत पुर्‍याएर उहाँ फर्किनुभएको थियो । फेरि उहाँलाई पढ्ने भूत कसरी सवार भो ? भन्नुभो, 'म योग,


ध्यानबारे पढ्न जान लागेको । अब विदेशमा गएर प्रवचन दिन पर्‍यो भने आफूले पनि जानेको हुनुपर्‍यो नि । नेपालमा यसरी पढ्ने ठाउँ छैन । मामासँगै तिमी पनि मलाई भेट्न आऊ है उता ।'माइजूको यो नयाँ


योजनाले मलाई मज्जाले हँसायो । सोधें, 'छ महिना पूरै बस्ने होइन होला, के आउनु ?' उहाँ अलि सिरियस हुनुभो, 'अब ध्यानतिर लागेको यत्तिका वर्ष भइसक्यो । अरू छोडे पनि यो छोड्न


सक्दिनँ भान्जा ।' ध्यान जपको साधनाले धन्न उहाँको मनलाई वशमा ल्याउन लागेछ जस्तो एकमनमा लाग्यो । अनि मैले फेरि प्रवीनलाई सम्झें । विचरो त ध्यान पनि गर्दैन । प्रकाशित : भाद्र ३०, २०६९


०९:४८ पुस १३, २०६९ पुस १३, २०६९ पुस १३, २०६९ पुस १३, २०६९ पुस १३, २०६९ पुस १३, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो ।


नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना


कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

Mahashivratri 2021 live : महाशिवरात्रि का पावन पर्व आज, कश्मीर से कन्याकुमारी तक भक्तों का तांता - live maha shivratri 2021: devotees took holy dips i

Mahashivratri 2021 आज देशभर में महाशिवरात्रि का पर्व मनाया जा रहा है। इस दिन शिवलिंग की पूजा करने से भगवान शिव की कृपा ह...

संविधानको गलत प्रयोग नगर

प्रमुख तीन दलबीच ढिलै भए पनि मंसिर ३ मा बजेट ल्याउने सहमति भएको छ । रिसोर्टहरूमा पटकपटक भएका बैठकबाट शान्ति प्रक्रिया र ...

घरमै बसेर इद मनाउन मुस्लिम आयोगको आग्रह

काठमाडौँ — कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै मुस्लिम आयोगले घरमै बसेर इद उल अज्हा मनाउन आग्रह गरेको छ । शुक...

मनाया अनंत चतुर्दशी का पर्व | celebrated the festival of anant chaturdashi

– कथा का श्रवण कर खोला उपवास जैसलमेर•Sep 20, 2021 / 04:21 pm• Deepak Vyas मनाया अनंत चतुर्दशी का पर्व पोकरण. कस्बे में अ...

Lok sabha elections 2024 : गुना में बड़ा खेला, सिंधिया को हराने वाले केपी यादव का टिकट कटा, ज्योतिरादित्य सिंधिया अब भाजपा उम्मीदवार | lok sabha elect

  भाजपा ने गुना से केपी यादव का टिकट काटकर ज्योतिरादित्य सिंधिया को उम्मीदवार बनाया है। बता दें कि 2019 के लोकसभा चुनाव ...

Latests News

बसमा छैन मेरो मन...

मेरो पूर्व सहकर्मी प्रवीन लन्डनमा पनि टिक्न सकेनछ । पुल्चोकबाट कम्प्युटर इन्जिनियरिङ र बेङ्गलोरबाट कम्प्युटर साइन्समा एम...

आफैंमा ‘हिमाली सूचना केन्द्र’ थिइन् एलिजावेथ

काठमाडौँ — एकल प्रयत्न र अभिरुचिमा जोडिएर नेपालको सबैभन्दा आधिकारिक ‘हिमाली सूचना केन्द्र’ (संस्था) का रूपमा स्थापित अमे...

दलजितको ‘जफ्रानको जादू’

काठमाडौँ — केशरको प्रयोग खानाका साथसाथै अनेकौं सौन्दर्य प्रसाधनमा हुने गरेको छ । गोडमेल गर्न खर्चिलो, कडा श्रम पर्ने हुँ...

इतिहासमा आज : बेनेजिर भुट्टोले लिइन् पाकिस्तानी प्रधानमन्त्रीको सपथ

आज २ डिसेम्बर । सन् १९८८ मा बेनेजिर भुट्टोले पाकिस्तानको प्रधानमन्त्री पदको सपथ लिइन् । मुस्लिम बाहुल्य देशमा कार्यकारी ...

भारतद्वारा ६ करोड २६ लाख सहयोग

काठमाडौं — भारत सरकारले नेपालको शैक्षिक संस्था निर्माणमा ६ करोड २६ लाख रुपैयाँ सहयोग गरेको छ । उसले कास्कीको लामाचौरस्थि...

Top