इतिहासमा आज : बेनेजिर भुट्टोले लिइन् पाकिस्तानी प्रधानमन्त्रीको सपथ
इतिहासमा आज : बेनेजिर भुट्टोले लिइन् पाकिस्तानी प्रधानमन्त्रीको सपथ"
Play all audios:
आज २ डिसेम्बर । सन् १९८८ मा बेनेजिर भुट्टोले पाकिस्तानको प्रधानमन्त्री पदको सपथ लिइन् । मुस्लिम बाहुल्य देशमा कार्यकारी अधिकारप्राप्त प्रधानमन्त्री निर्वाचित हुने बेनेजिर पहिलो महिला हुन् ।
उनकोे पहिलो कार्यकाल १९९० सम्म चल्यो, त्यसपछि उनी १९९३ देखि १९९६ सम्म फेरि प्रधानमन्त्री भइन् । बेनेजिर पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का संस्थापक
नेता जुल्फीकर अली भुट्टोकी छोरी हुन्, उनले हार्भार्ड विश्वविद्यालय र अक्सफोर्ड विश्वविद्यालयबाट अध्ययन पूरा गरेकी थिइन् । १९७३ देखि १९७७ सम्म जुल्फीकर पाकिस्तानका प्रधानमन्त्री थिए ।
अक्सफोर्डमा पढ्दा बेनेजिरले विद्यार्थी संगठनको नेतृत्व गरेकी थिइन्, सन् १९७७ मा उनी पाकिस्तान फर्किइन् । तर, यही वर्ष उनका बाबु सैन्य ‘कु’ को शिकार भए अनि त्यसको दुई वर्षपछि मारिए । त्यसपछि
पाकिस्तान पीपीपीको नेतृत्व नुसरत र (जुल्फीकरकी पत्नी तथा बेनेजिरकी आमा) बेनेजिरको काँधमा आयो । उनीहरुले आफ्नो नेतृत्वमा प्रजातन्त्र पुनस्र्थापनाको मागलाई अघि सारे । जसकारण, जिया उल हकको
सैन्य सरकारले बेजेजिरलाई पटक–पटक पक्राउ ग-यो । उनी सन् १९८४ मा बेलायतमा शरण लिन पुगिन् । यहाँबाट उनी सन् १९८६ मा पाकिस्तान फर्किइन् । यसक्रममा मार्गरेट थ्याचरको आर्थिक नीतिबाट प्रभावित भएकी
बेनेजिरले पाकिस्तान फर्किएपछि पिपिपिलाई समाजवादी धारबाट उदारवादी पार्टीमा रुपान्तरण गर्ने प्रयास गरिन् । पिपिपिले सन् १९८८ मा निर्वाचत जित्यो । प्रधानमन्त्रीका रुपमा बेनेजिरले ल्याएका
सुधारका योजनाहरुलाई तत्कालीन राष्ट्रपति गुलाम इसक खान, शक्तिशाली सेना र पुरातनवादी तथा इस्लामिक दस्ताहरुले कार्यान्वयन हुनबाट रोके । तर, भ्रष्टाचार र नातावादको आरोप लगाएर राष्ट्रपति खानले
सन् १९९० मा उनको सरकार अपदस्थ गरे । त्यसपछिको निर्वाचनमा पीपीपी पराजित भयो भने पुरानवादी इस्लामिक डेमोक्रेटिक एलाईन्स विजयी भयो । बेनेजिर प्रमुख प्रतिपक्षी नेता बनिन् । निर्वाचनमा गुप्तचार
निकायले धाँधली गरेको उनीहरुको आरोप थियो । यद्यपी, इस्लामिक डेमोक्रेटिक एलाईन्सका प्रधानमन्त्री नवाज सर्रिफले पनि भ्रष्टाचारकै मुद्दाका कारण पूरा कार्यकाल चलाउन पाएनन्, त्यसपछि सन् १९९३ को
निर्वाचनमा फेरि बेनेजिरकै पार्टी विजयी भयो । प्रधानमन्त्रीका रुपमा आफ्नो दोस्रो कार्यकालमा बेनेजिरले अर्थतन्त्रलाई निजीकरणतर्फ लगिन् । त्यस्तै, उनले महिलालाई थप अधिकार दिलाउने प्रयास गरिन् ।
यद्यपी, यस दौरान उनको सरकार धेरै कुराले विवादीत भयो । जस्तो, उनकै दाजु मुर्ताजाको हत्या, सन् १९९५ को असफल सैन्य कू, बेनेजिर र उनका श्रीमान् आसिफ अली जर्दारीसमेत संलग्न भएको भनिएको
भ्रष्टाचार काण्डलगायत । यी कारणहरुकै कारण राष्ट्रपति फरुक लेगहारीले उनको सरकारलाई अपदस्थ गरे । यसपछि सन् १९९७ को निर्वाचनमा पीपीपी पराजित भयो । सन् १९९८ मा बेनेजिर दुबई गएर बसिन् । अमेरिकाको
मध्यस्थतामा राष्ट्रपति परवेज मुसर्रफसँग वार्ता भएपछि २००७ मा बेनेजिर पाकिस्तान फर्किइन् । सन् २००८ को निर्वाचनलाई लक्षित गरेर -याली गर्नेक्रममा उनी २७ डिसेम्बर २००७ मा रावलपिण्डीमा मारिइन्
। ¥यालीमा बेनेजिरलाई लक्षित गरेर पहिले एक आत्मघाती हमलाकारीले गोली चलाएका थिए, उनको टाउको तीन गोली लाग्यो । त्यसपछि ती हमलाकारीले आफ्नो ज्याकेटभित्र रहेको बिस्फोटक बम पड्काउँदा उनीसहित २२
जनाको ज्यान गयो । सुरुमा अलकायदाले यस घटनाको जिम्मेवारी लियो । यद्यपी, केही वर्षपछि पाकिस्तान तालिवानले आफु यस घटनामा संलग्न रहेको खुलासा ग¥यो । पाकिस्तान तालिवानका संस्थापक बैतुल्लाह
मेसुदलाई उद्धृत गरिएको पुस्तकमा उल्लेख छ, ‘बेनेजिरले अमेरिकासँग मिलेर मुजाहिद्दिन ई ईस्लामलाई समाप्त गर्ने योजना बनाएकाले यस्तो गर्नुपरेको हो ।’ बेनेजिरको निधनयता छोरा विलवाल भुट्टो जर्दारी
निरन्तर पीपीपीको अध्यक्ष छन् । सन् २००८ को निर्वाचन पीपीपीले जितेपछि श्रीमान् आसिफ अली जर्दारी २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बने ।
Trending News
Mahashivratri 2021 live : महाशिवरात्रि का पावन पर्व आज, कश्मीर से कन्याकुमारी तक भक्तों का तांता - live maha shivratri 2021: devotees took holy dips iMahashivratri 2021 आज देशभर में महाशिवरात्रि का पर्व मनाया जा रहा है। इस दिन शिवलिंग की पूजा करने से भगवान शिव की कृपा ह...
संविधानको गलत प्रयोग नगरप्रमुख तीन दलबीच ढिलै भए पनि मंसिर ३ मा बजेट ल्याउने सहमति भएको छ । रिसोर्टहरूमा पटकपटक भएका बैठकबाट शान्ति प्रक्रिया र ...
मनाया अनंत चतुर्दशी का पर्व | celebrated the festival of anant chaturdashi– कथा का श्रवण कर खोला उपवास जैसलमेर•Sep 20, 2021 / 04:21 pm• Deepak Vyas मनाया अनंत चतुर्दशी का पर्व पोकरण. कस्बे में अ...
घरमै बसेर इद मनाउन मुस्लिम आयोगको आग्रहकाठमाडौँ — कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै मुस्लिम आयोगले घरमै बसेर इद उल अज्हा मनाउन आग्रह गरेको छ । शुक...
Lok sabha election 2019 : ग्राउंड रिपोर्ट सलेमपुर संसदीय क्षेत्र : यहां जातियों का चक्रव्यूह - lok sabha election 2019 ground report salempur parliameदेवरिया के दो और बलिया के तीन विधानसभा क्षेत्रों को मिलाकर बने सलेमपुर संसदीय क्षेत्र में लोगों के बीच सबसे बड़ा सवाल यह...
Latests News
इतिहासमा आज : बेनेजिर भुट्टोले लिइन् पाकिस्तानी प्रधानमन्त्रीको सपथआज २ डिसेम्बर । सन् १९८८ मा बेनेजिर भुट्टोले पाकिस्तानको प्रधानमन्त्री पदको सपथ लिइन् । मुस्लिम बाहुल्य देशमा कार्यकारी ...
भारतद्वारा ६ करोड २६ लाख सहयोगकाठमाडौं — भारत सरकारले नेपालको शैक्षिक संस्था निर्माणमा ६ करोड २६ लाख रुपैयाँ सहयोग गरेको छ । उसले कास्कीको लामाचौरस्थि...
रन्जना च्याम्पियनकाठमाडौं — आयोजक नेपाल वायुसेवा निगमकी रन्जना पोखरेल अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा च्याम्पियन ...
'लस्कर-ए नेपालमा पनि'काठमाडौ — एक उच्च अमेरिकी सैनिक अधिकारीले अमेरिकी सिनेटमा भारतका लागि खतरा बनेको लस्कर ए तोइबा समूहले नेपालमा समेत द्रुत...
आफ्ना मुद्दा आफैं हेर्ने?काठमाडौँ — ‘अवहेलनाको भुमरीमा अदालत’ आलेख अत्यन्त सान्दर्भिक र विश्लेषणात्मक लाग्यो । किनभने उक्त आलेख र सर्वोच्च अदालतक...