नेपालको प्रदर्शनले अचम्मित वाटमोर

Ekantipur

नेपालको प्रदर्शनले अचम्मित वाटमोर"

Play all audios:

Loading...

काठमाडौं — श्रीलंकन मूलका डेव वाटमोरले अस्ट्रेलियाबाट केवल एउटामात्र एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेले । तर उनकै प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को विश्वकप क्रिकेट नै जित्यो । उनै वाटमोर


आउँदो दुईसाता नेपाली क्रिकेटको गतिविधिमा संलग्न हुनेछन् । <?xml encoding="UTF-8"??> बल एन्ड ब्याट फाउन्डेसन (बिटूएफ) को पहलमा उनी नेपाल आएका हुन् । बीटुएफले आयोजना गर्न


लागेको दुईदिने कोचिङ कोर्स र हाईपर्फोमेन्स क्याम्पमा वाटमोर प्रत्यक्ष समावेश हुनेछन् । हाईपर्फोमेन्स क्याम्पमा राष्ट्रिय टोली र नेपाली यू–१९ का ३२ खेलाडी समावेश हुनेछन्, जुन बुधबार सुरु


हुनेछ । उनी पछि पाकिस्तान, बंगलादेश, जिम्बावे, इन्डियन प्रिमियर लिगको टोली कोलकाता नाइट राइडर्स र इंग्लिस काउन्टी लंकासायरका पनि प्रशिक्षक भए । ‘नेपाली क्रिकेटले धेरैलाई आश्चर्यमा पारेको छ ।


त्यो आश्चर्यमा पर्नेमा म पनि एक हुँ,’ सोमबार बीटूएफको उद्घाटन पछि वाटमोरले भने, ‘हालैमात्र नेपाली यू–१९ ले एसीसी यू–१९ एसिया कपमा राम्रो प्रदर्शन गरेको थियो र श्रीलंकाजस्तो टोलीलाई ठूलो


चुनौती दिँदै एक रनले मात्र पराजित भयो ।’ ‘एसोसिएट क्रिकेटमा विश्व क्रिकेट लिग च्याम्पियनसिप जस्तो उच्च स्तरमा खेलिरहेकाले नेपालका खेलाडीमा प्रतिभाको कमी छैन भन्ने पनि हो,’ वाटमोरले भने । सन्


१९७९ मा अस्ट्रेलियाबाट खेल्न थालेपछि उनले ७ टेस्टको अनुभव बटुले । ९० को दशकपछि उनी प्रशिक्षणमा होमिएका थिए । बीटूएफको सबै खर्चमा आउन लागेका वाटमोरले श्रीलंकालाई विश्वकप जिताउँदाको अनुभव


सुनाए, ‘त्यो समूहमा प्रतिभाशाली खेलाडी थिए । उनीहरू सफलताका लागि लालयित थिए । हामीले उनीहरूलाई राम्रोसँग व्यवस्थित बनायौं र जसरी चाहन्छन् त्यसरी अगाडि बढ्न दियौं ।’ कमजोर मानसिकताका कारण


आफ्नो खेलजीवन थप अगाडि बढ्न नसकेको उनको बुझाइ छ । उनले भने, ‘जतिखेर म अस्ट्रेलियाका लागि एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दैथिएँ, म उत्कृष्ट लयमा थिएँ । अरु अस्ट्रेलियाली खेलाडीभन्दा अब्बल थिएँ 


। तर दिमागी सोच जुन हिसाबमा बलियो हुनुपर्ने हो त्यो थिएन । श्रीलंकाबाट सरेर अस्ट्रेलिया गएका म जस्ताले थुप्रै चुनौती पार गर्नुपर्ने थियो । यो सबै मैले प्रशिक्षक भएपछि थाहा पाएको थिएँ ।’


वाटमोरले यिनै अनुभव हाईपर्फोमेन्स क्याम्पमा नेपाली खेलाडीसँग साट्ने छन् । केन्यासँग मार्च ११ र १३ मा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि चारसमूह बनाएर ५२ खेलाडी सुपर लिगमा खेलिरहेका


छन् । त्यसबाट छनोट भएर आउने २२ र नेपाली यू–१९ का १० खेलाडीलाई वाटमोरले १५ दिन प्रशिक्षण दिनेछन् । ‘एउटा खेलाडीका रूपमा हामी उहाँ (वाटमोर) सँग सिक्न आतुर छौं । हामी केन्यासँग खेल्नु अगाडि


उहाँ आउनु । यो हामी जस्ता क्रिकेटका लागि निकै उपयुक्त समय हो । हामी यसको सक्दो उपयोग गर्नेछौं,’ राष्ट्रिय टोलीका कप्तान एवं क्रिकेट खेलाडी संघका महासचिव पारस खड्काले भने । मैदान र एकेडेमी


बनाउनेबीटूएफका अध्यक्षमा पारस शाक्य छन् । दुई वर्षअघि नेपालले अस्ट्रेलियाका दिवंगत क्रिकेटर फिल ह्युजको स्मृतिमा ‘ब्याट फर नेपाल’ खेल आयोजना गरेको थियो । वसन्त चौधरी फाउन्डेसनले त्यो खेललाई


प्रायोजन गरेको थियो । उद्योगपति चौधरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बनाएको सल्लाहकार समितिका सहसंयोजक छन् । बीटूएफमा चौधरी संरक्षक छन् । अध्यक्ष शाक्य उनका ज्वाइँ हुन् । ‘ब्याट


फर नेपाल’ को जिम्मा लिएकी नेपाल क्रिकेट संघकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे बीटूउफकी कार्यकारी निर्देशक हुन् । ‘ब्याट फर नेपाल’ लागि त्यति खेर नेपाल आएका क्रिकेट अस्ट्रेलियाका


पूर्व प्रमुख वाली इडवार्डस र श्रीमती केरी इडवार्डस, कासिम सुलिमान, क्रिस नुन र बन्दुला वार्नापुरा बीटूएफका सल्लाहकारमा छन् । नेपाली क्रिकेट विकासका लागि फाउन्डेसन स्थापना गरिएको बताउँदै


अध्यक्ष शाक्यले भने, ‘बीटूएफएको मुख्य उद्देश्य खेलाडीले खेल्नका लागि उत्कृष्ट प्लेटफर्म पाऊन् र क्रिकेटले समाजलाई जोड्दै यो एउटा संस्कारको रूपमा स्थापित होस् भन्ने हो । सामाजिक संस्था, स्कुल


र कलेजसँग सहकार्य गर्दै युवा खेलाडीलाई प्रशिक्षणसहित आवश्यक सुविधा प्रदान गर्नेछ ।’ उनले अर्को वर्षसम्म बीटूएफले आफ्नै एकेडेमी र मैदान बनाई उनीहरूलाई अस्ट्रेलिया खेल्न लाने वातावरण


बनाइरहेको जनाए । ‘सिड्नी क्रिकेट क्लबसँग हाम्रो दोहोरो छलफल भइरहेको छ । भविष्यमा हामी दुवैले एक्सचेन्ज प्रोग्राम गर्ने योजना छ,’ शाक्यले भने । बीटूएफकी कार्यकारी निर्देशक घिमिरेले समाजको


जिम्मेवार व्यक्ति भएको नाताले राष्ट्रलाई केही गर्नुपर्छ भनेर फाउन्डेसन स्थापना गरेको तथा यसले नेपाली क्रिकेटको भविष्य बनाउन भूमिका खेल्न सक्ने जनाइन् । प्रकाशित : माघ ११, २०७३ १०:२३


कान्तिपुरका स्तम्भहरु * eKantipur serves as Nepal's ultimate platform for domestic and international sports news updates. We've got it all covered, from popular cricket and


football to domestic sports like the National Basketball League Nepal, AFC Cup, and Birat Gold Cup. Additionally, we provide extensive coverage of international sports events such as the


FIFA World Cup 2022, ACC Asia Cup Qualifiers, SAFF Championship 2023, ACC Women's Emerging Teams Asia Cup 2023, Asia Cup 2023, Bilateral Series, IPL 2023, CAVA Women's Challenge


Cup 2023, and much more.Whether you're eagerly awaiting the upcoming ICC Men's Cricket World Cup 2023 or simply keeping track of live cricket scores, our dedicated team ensures you


won't miss a moment. From thrilling live cricket updates to the latest news about Nepal's cricket scene, we've got it all. Nepal's passion for sports runs deep, and


we're here to ignite that enthusiasm.Explore our insightful articles, detailed match analyses, and comprehensive coverage of your favorite games. Our commitment to delivering


comprehensive sports news goes hand in hand with our dedication to promoting local talent and global sporting events. Stay connected with eKantipur to stay at the forefront of sports trends


and breaking news हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा


जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000


+977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

अब पनि म मौन रहें भने 

अत्ति प्रिय थियो मलाई मेरो मौनता !राखेको थिएँ सुमसुम्याएर, प्रिय उपहारलाई झैं राखेको थिएँ सुस्तरी चलाएर, फूलको कोपिलालाई...

गति बुझ्न गन रडार

महोत्तरी — तीब्र गतिले सवारी दुर्घटना बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले गति कम गर्न गन रडारको प्रयोग थाले...

नेपालको प्रदर्शनले अचम्मित वाटमोर

काठमाडौं — श्रीलंकन मूलका डेव वाटमोरले अस्ट्रेलियाबाट केवल एउटामात्र एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेले । तर उनकै प्रशि...

नमुना विद्यालयमा भौतिक संरचना

प्यूठान — शिक्षा विभागले अगाडि सारेको एक निर्वाचन क्षेक्र एक नमुना विद्यालय कार्यत्रमअन्तर्गत छनोटमा परेको जनता माध्यमिक...

नदी र सडककिनारको फोहोरले फैलायो दुर्गन्ध

नेपाल समाचारपत्र, पर्वत जलजला गाउँपालिकामा पर्ने मालढुङ्गा–बेनी सडकको छेउ र कालीगण्डकी नदीको किनारमा फोहोर फालिँदा दुर्ग...

Latests News

अब पनि म मौन रहें भने 

अत्ति प्रिय थियो मलाई मेरो मौनता !राखेको थिएँ सुमसुम्याएर, प्रिय उपहारलाई झैं राखेको थिएँ सुस्तरी चलाएर, फूलको कोपिलालाई...

क्वारेन्टाइन अवधि पूरा गरेर पनि फर्कन नपाएकाहरू सिमानामा उत्तिकै   

भैरहवा — भारत र नेपाल दुवैतर्फ लकडाउन र सम्पूर्ण सिमाना सिल गरेको डेढ महिना बितिसक्दा पनि भारतबाट नेपाल आउन खोज्ने नेपाल...

Vivo v19 launch: क्वाड कैमरा सेटअप वाले इस स्मार्टफोन की ये खूबियां भी हैं खास - prabhat khabar

Vivo V19 smartphone launch: वीवो (Vivo) ने अपनी फ्लैगशिप सीरीज में वीवो वी17 (Vivo V17) का रिब्रांडेड वर्जन वीवो वी19 (V...

डिजिटल र फेसलेस भन्सार

भन्सारले अन्तर्राष्ट्रिय सिमानामा रहेको राजस्व संकलनको सरकारी निकायलाई बुझाउँछ । अर्को देशमा वा संसारमा पाइला टेक्नका ला...

नमुना विद्यालयमा भौतिक संरचना

प्यूठान — शिक्षा विभागले अगाडि सारेको एक निर्वाचन क्षेक्र एक नमुना विद्यालय कार्यत्रमअन्तर्गत छनोटमा परेको जनता माध्यमिक...

Top