गति बुझ्न गन रडार

Ekantipur

गति बुझ्न गन रडार"

Play all audios:

Loading...

महोत्तरी — तीब्र गतिले सवारी दुर्घटना बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले गति कम गर्न गन रडारको प्रयोग थालेको छ । ट्राफिक प्रहरीले सवारीको गति जाँच्न गन रडार प्रयोगमा ल्याएसँगै


सवारीको गति जाँच सुरु गरेको हो ।  <?xml encoding="UTF-8"??> पूर्व–पश्चिम राजमार्ग र बीपी राजमार्गमा सवारी अत्यधिक गतिमा गुड्ने भएकाले दुर्घटना बढेको र स्थानीयले पनि गति कम


गराउन दबाब दिँदै आएकाले नयाँ उपकरणबाट गति जाँच सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीका प्रमुख प्रकाशबहादुर सिंहले बताए । महोत्तरीमा दुर्घटना बढी हुने स्थानको पहिचान


गरी ठाउँ स्थानान्तरण गर्दै विभिन्न ठाउँमा गएर सवारी गति चेक गरी सुरुमा सजग गराउने र गति कम गराउन दिएको निर्देशन पालना नगरेको पाइएमा कारबाही गरिने सिंहले बताए । महोत्तरी जिल्लामा ०७५/७६ मा १


सय ३० वटा दुर्घटनामा भएका छन् । ३१ वटा सवारी तिब्र गतिकै कारण दुर्घटना भएको र यसबाट ४६ जनाको मृत्यु भएको जिल्ला ट्रफिक प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सवारीको गति कम गराउन पटक–पटक दबाब


दिँदै आएका स्थानीय भने ट्राफिक प्रहरीले थालेको अभियानले खुसी भएका छन् । ट्राफिकको अभियानलले तिब्र गतिमा गुड्ने सवारी दुर्घटना हुँदा स्कुले विद्यार्थी सडक पार गर्न समेत नभ्याउने र सडक छेउमा


हिंड्न पनि डरलाग्दो अवस्थाको अन्त्य हुने अपेक्षा रहेको बर्दिवास ३ गौरीडाँडाका दामोदर पौडेलले बताए । सडक दुर्घटना कम गराउने उद्देश्यले २ नम्बर प्रदेशका ८ वटै जिल्लामा रडार गन वितरण गरिएको


प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । तिब्र गतिका कारण भैरहेका दुर्घटना न्यूनीकरणका लागि गति नाप्ने यन्त्र गन रडार, ब्रेथ लाइजर र बडी क्यामेरा सबै जिल्लालाई उपलब्ध गराएको


प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । प्रकाशित : भाद्र १०, २०७६ ०९:१३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर


राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा


पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright


ekantipur.com


Trending News

डढेलोले सिड्नी प्रदूषित

सिड्नी — अस्ट्रेलियामा हालै फैलिएको भीषण डढेलोका कारण सिड्नी वरपरका क्षेत्रको वायु निकै प्रदूषित भएको छ । अधिकारीका अनुस...

ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेसले प्रदर्शन जारी राख्‍छ : निधि 

सर्लाही — कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै त्यसको विरुद्धमा...

सवारी चालक अनुमतिपत्र: 'जेठ महिनादेखि परीक्षा उत्तीर्ण गर्ने प्रक्रिया सहज'

सवारी चालक अनुमतिपत्र: 'जेठ महिनादेखि परीक्षा उत्तीर्ण गर्ने प्रक्रिया सहज' तस्बिर स्रोत, Facebook / Vehicle Academy and...

चिउरी नफल्दा मर्का

बागलुङ — बजारको खोजी गरेर बिक्रीका लागि सम्झौता गरेकै वर्ष बागलुङका सामुदायिक वनमा चिउरी नफल्दा स्थानीय घाटामा परेका छन्...

बन्दले जनजीवन प्रभावित, यात्रु अलपत्र

धनकुटा — यातायात व्यवसायी संघको अनिश्चितकालीन बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा शुक्रबार बिहानैदेखि यात...

Latests News

दुई इन्जिनियरसहित १० जनाविरुद्ध मुद्दा

काठमाडौँ — भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार दुई इन्जिनियरसहित १० जनाविरुद्ध विशेष अदालतमा मु...

माडी ल्याइँदै राम-सीताको मूर्ति

चितवन — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान् राम’ जन्मेको दाबी गरेको चितवन माडीको अयोध्यापुरीमा राम नवमीका दिन राम, सी...

बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिरकारकर्मी प्रहरी नियन्त्रणमा 

काठमाडौँ — अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिकारवादीहरुल...

टिकट बेच्ने नायक बने

काठमाडौँ — पैसा कमाउन सेल्सम्यानसम्मको काम गरेका थिए– अमेरिकी नायक क्रिस्टोफर माइकल प्राट । अहिले अर्बपति छन् । स्कुलमा ...

न्युयोर्क फेसनमा क्याटवाक गर्दै सनी

काठमाडौं — पोर्न फिल्म उद्योगबाट बलिउड छिरेपछि सनी लियोनीको चमक बढ्दै गएको छ। बिग बोसबाट भारत छिरेकी उनलाई ‘जिस्म २’ बाट...

Top