सवारी चालक अनुमतिपत्र: 'जेठ महिनादेखि परीक्षा उत्तीर्ण गर्ने प्रक्रिया सहज' - bbc news नेपाली
सवारी चालक अनुमतिपत्र: 'जेठ महिनादेखि परीक्षा उत्तीर्ण गर्ने प्रक्रिया सहज' - bbc news नेपाली"
Play all audios:
सवारी चालक अनुमतिपत्र: 'जेठ महिनादेखि परीक्षा उत्तीर्ण गर्ने प्रक्रिया सहज' ARTICLE INFORMATION * Author, नेत्र केसी * Role, बीबीसी न्यूज नेपाली * ५ एप्रिल २०२१ सवारी चालक
अनुमतिपत्र लिनका लागि हुने परीक्षा प्रणालीलाई केही खुकुलो पारिएको र यसले प्रयोगात्मक परीक्षामा उत्तीर्ण हुने दर बढाउने अधिकारीहरूले बताएका छन्। सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन
कार्यविधि निर्देशिकामा लिखित परीक्षाका लागि पाँच सयवटा प्रश्नपत्र सार्वजनिक गरिने र त्यस भित्रबाट मात्रै सोधिने अनि प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने नयाँ प्रावधान
राखिएको उनीहरूको भनाइ छ। जेठ एक गतेदेखि लागु हुने नयाँ निर्देशिकामा हालका लागि ठूला सवारी साधनलाई नसमेटिएको जनाइएको छ। सवारी चालक अनुमतिपत्रसम्बन्धी परीक्षाबारे विभिन्न प्रश्न उठ्दै आएका
थिए। * के तपाईँ घर बसीबसी चालक अनुमतिपत्र लिन चाहनुहुन्छ? * लाइसेन्स प्राप्त गर्न '६/७ महिना कुर्नुपर्ने' लिखितमा ८० अङ्क ल्याउनुपर्ने प्रावधान प्रयोगात्मक परीक्षाका बेला हुने सानो
गल्तीका कारण पनि अनुमतिपत्रबाट वञ्चित गर्ने गरिएको धेरैको गुनासो छ। Skip धेरै पढिएको and continue reading धेरै पढिएको * मनसुन निष्क्रिय हुनुका कारण र गर्मी बढ्ने सम्भावनाबारे मौसमविद्ले
गरेको विश्लेषण * रुस-युक्रेन युद्ध: कीर्तिमान सङ्ख्यामा भएका ड्रोन हमलाले युद्धमैदानमा ल्याएको खतरनाक फेरबदल * अस्ट्रेलिया जान लागेका तर विमानस्थलबाटै फर्केका नन्दन यादवको क्रिकेट यात्रा *
'भिजिट भिसा'बारे सत्ता र प्रमुख प्रतिपक्षबीच कुरा मिलेको हो? संसद चल्ने सम्भावनाको लेखाजोखा End of धेरै पढिएको त्यस्तो गुनासो बढेपछि चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि
निर्देशिकालाई परिमार्जन गरिएको सरकारले जनाएको छ। परीक्षामा के के सहज यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुसाल परीक्षाका हालका व्यवस्थालाई केही खुकुलो पारिएको बताउँछन्। उनी भन्छन्,
"लिखित परीक्षाका लागि ५ सय वटा प्रश्न सार्वजनिक गर्छौं। तिनै प्रश्नभित्रबाट २० वटा प्रश्न सोध्छौँ र ८० प्रतिशतसम्म मिलाउनेले लिखित परीक्षा पास गर्नुहुनेछ।" "५ सय वटा प्रश्न
जाने पुग्छ। प्रयोगात्मक परीक्षाका लागि हेरिने विषयको सूचक बनाएर त्यसलाई निश्चित अङ्क दिएका छौँ। १०० मा ७० ल्याउनेलाई पास गर्ने व्यवस्था गरेका छौँ। अब एउटा सानो गल्तीका कारण फेल हुने अवस्थाको
अन्त्य हुनेछ।" पहिलेको निर्देशिकामा लिखित परीक्षाका लागि प्रश्नको कुनै सङ्ख्या तोकिएको थिएन भने उत्तीर्ण अङ्क ५० राखिएको थियो। त्यस्तै प्रयोगात्मक परीक्षामा सबै सूचकमा उत्तीर्ण भएर १००
अङ्क नै ल्याउनु पर्ने बाध्यात्मक व्यवस्था थियो। लिखित परीक्षामा सोधिने सम्भावित ५ सय वटा प्रश्न सूची तयार भइसकेको र त्यसलाई केही दिनमै सार्वजनिक गरिने बताइएको छ। के गर्दा घट्छ अङ्क
प्रयोगात्मक परीक्षामा सबैभन्दा बढी ट्राफिक सङ्केतको पालन नगरेमा १५ अङ्क घट्ने व्यवस्था गरिएको छ। * लाइसेन्स प्राप्त गर्न '६/७ महिना कुर्नुपर्ने' लिखितमा ८० अङ्क ल्याउनुपर्ने
प्रावधान सङ्केत चिन्ह छोएमा, खुट्टाले भुँइमा टेकेमा, मोडमा इन्डिकेटर बत्ती नबालेमा लगायतका गल्ती हुँदा फरक फरक अङ्क घट्ने व्यवस्था गरिएको छ। पछिल्लो परिवर्तनले हुने फरकबारे निर्देशक भुसालले
भने, "अहिलेको पास गर्ने दर ३५ देखि ३० प्रतिशत हो। नयाँ व्यवस्थाबाट यो ५० देखि ६० प्रतिशतसम्म पुग्नेछ। जो मान्छे सवारी साधन चलाउन सक्ने अवस्थाको छ त्यसले सवारी चालक अनुमति पत्र पाउने
अवस्था बन्छ।" यो व्यवस्था मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यान चालक अनुमति पत्रका लागि मात्रै लागु हुने बताइएको छ। ठूला सवारी चालक अनुमति पत्र लिँदा भने हालकै व्यवस्था कायम
रहने बताइएको छ। पहिलो चरणको प्रभावका आधारमा क्रमशः अन्य सवारीसाधनको व्यवस्था समीक्षा गर्ने नीति रहेको अधिकारीहरू बताउँछन्।
Trending News
टोकियोमा नेपाली घरटोकियो — जापानीका लागि नेपाली खानाको मेनु नौलो हैन । जापानका विभिन्न सहरमा फैलिएका नेपाली रेस्टुरेन्टहरूका खास पारखी जाप...
घरमा आगो लाग्दा दुई लाख नगद खरानीराजविराज — सप्तरीको १ नम्बर योगिनियाँ गाविसमा आज(बुधवार) दिउँसो अचानक भएको आगलागीमा एक दलित परिवारको सर्वस्वःसम्पत्ती खर...
राष्ट्रपतिबाट नयाँ सरकार गठनको लागि राजनीतिक दलहरुलाई आह्वानकाठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नयाँ सरकार गठनको लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी छिन् ।बुधबार राष...
विदेशी हाउजिङमा स्वदेशी व्यवस्थापनकाठमाडौ — सिई समूहअन्तर्गतको कोल्याबोरेटिभ इन्डेभरले कतारको दोहामा एक हाउजिङ योजनाको व्यवस्थापन लिएको छ । <?xml encod...
पानी होइन, पैसा बग्यो नहरमाप्यूठान — लुगि्रमाडी सिंचाइ योजनामा हालसम्म झन्डै ९ करोडौं रकम खर्च भइसकेको छ । तर, आयोजन पूरा हुने अझै टुंगो छैन । <...
Latests News
सवारी चालक अनुमतिपत्र: 'जेठ महिनादेखि परीक्षा उत्तीर्ण गर्ने प्रक्रिया सहज' - bbc news नेपालीसवारी चालक अनुमतिपत्र: 'जेठ महिनादेखि परीक्षा उत्तीर्ण गर्ने प्रक्रिया सहज' ARTICLE INFORMATION * Author, नेत्...
विदेशी हाउजिङमा स्वदेशी व्यवस्थापनकाठमाडौ — सिई समूहअन्तर्गतको कोल्याबोरेटिभ इन्डेभरले कतारको दोहामा एक हाउजिङ योजनाको व्यवस्थापन लिएको छ । <?xml encod...
पानी होइन, पैसा बग्यो नहरमाप्यूठान — लुगि्रमाडी सिंचाइ योजनामा हालसम्म झन्डै ९ करोडौं रकम खर्च भइसकेको छ । तर, आयोजन पूरा हुने अझै टुंगो छैन । <...
‘चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेका हुन् ?’काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासमा कानुन व्यवसायीहरुले चार जना न्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई...
लोकमानको बहिर्गमनसँगै उब्जेका सवालहरूकतिपयलाई अप्रिय लाग्ला, तैपनि २०६२/६३ सालको जनआन्दोलनपछि राजनीतिक दलहरू अधिकांश क्षेत्रमा असफलजस्तै भएका छन् । <?xml ...