सरकारविरुद्घ एमाले भ्रातृ संगठन सडकमा
सरकारविरुद्घ एमाले भ्रातृ संगठन सडकमा"
Play all audios:
काठमाडौ — एमाले भ्रातृ संगठन युवा संघ नेपालले बाबुराम भट्टराई सरकार विस्थापनको माग गर्दै मंगलबारबाट देशव्यापी सडक आन्दोलन सुरु गरेको छ । <?xml encoding="UTF-8"??> राष्ट्रिय
सहमतिमार्फत राजनीतिक निकास दिनका लागि प्रधानमन्त्री बाधक बनेको निष्कर्ष निकाल्दै विपक्षी दलको भ्रातृ संगठन आन्दोलनमा उत्रिएको हो । संघले मंगलबार राजधानीको नयाँ बानेश्वर क्षेत्रमा
प्रधानमन्त्री भट्टराई र उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारको पुतला दहन गर्दै आधा घन्टा चक्काजाम र कोणसभा गरेको छ । 'भ्रष्ट सरकारको विस्थापनका लागि सडकमा उत्रिनुपर्ने बाध्यता
परेको हो,' संघका अध्यक्ष महेश बस्नेतले कान्तिपुरसँग भने, 'सरकारको विस्थापन नहुन्जेलसम्म आन्दोलन रोकिँदैन ।' विपक्षी दलहरूको केन्द्रीय आन्दोलन सुस्ताइरहेका बेला भ्रातृ संगठन
सडकमा उत्रिएको हो । कांग्रेस र एमालेको गठबन्धनले सरकारविरुद्घ आन्दोलन घोषणा गरे पनि त्यो प्रभावकारी भएको छैन । संघले पहिलो चरणअन्तर्गत २४ गतेसम्मका कार्यक्रम घोषणा गरेको छ । बुधबार राजधानीको
बानेश्वर क्षेत्र, बिहीबार र शुक्रबार काठमाडौंका सबै निर्वाचन क्षेत्र र मुलुकभरका सदरमुकाममा आधा घन्टा चक्काजाम र विरोधसभाको कार्यक्रम छ । त्यस्तै शनिबार उपत्यकामा मसाल जुलुस आइतबार बिहान ६
देखि १० बजेसम्म उपत्यका बन्द र सोमबार तथा मंगलबार दुई दिन बिहान ६ देखि १० बजेसम्म नेपाल बन्दको कार्यक्रम रहेको संघले जनाएको छ । संघले दुई साताअघि राजधानीमा राष्ट्रिय भेला गरी सम्पूर्ण
गतिविधि सरकारविरोधी क्रियाकलापमा केन्दि्रत गर्ने निर्णय गरेको थियो । 'संविधानसभा पनि भंग गर्ने र अहिले अनन्तकालसम्म सत्तामा बसेर मुलुकलाई अनिर्णयको भूमरीमा पारिरहने काम भइरहेको छ,'
अध्यक्ष बस्नेतले भने । संघले सहमतिको वातावरण तयार गरी निर्वाचनमा जान माग गरेको छ । सरकार विस्थापन सँगसँगै अन्य मुद्दाहरू पनि आन्दोलनका क्रममा उठाइएको छ । महँगी र भ्रष्टाचार नियन्त्रण, युवा
स्वरोजगार कोषमा भएको अनियमितता र मनोमानी अन्त्य गर्नुपर्ने, अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाको आर्थिक पारदर्शिता गराउन पहल गर्नुपर्नेलगायत माग पनि राखेको छ । संघले तत्कालै तराई-मधेस जागरण
अभियान पनि सञ्चालन गर्न लागेको छ । मधेस केन्दि्रत दलहरूले जनताका काम नगरेको लगायतका कारण देखाउँदै जनजागरण अभियान सञ्चालन गर्न लागेको हो । प्रकाशित : श्रावण १७, २०६९ ०८:३० पुस १६, २०६९ पुस
१६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले
समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि.
सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
Taarak mehta ka ooltah chashmah : 'बबीता जी' ने शिमर ड्रेस में कराया बोल्ड फोटोशूट, राज के कमेंट पर फैन ने लिखा,' टप्पू शरारत नहीं' - prabhat khabartarak mehta ka ooltah chashmah babita ji aka munmun dutta bold photoshoot in shimmer dress photo viral on social media b...
श्री 108 सिद्ध बाबा धरतीनाथ मठ प्राचीन शिव मंदिर में शिव पुराण कथा का आयोजन - organizing shiva purana katha at sri 108 siddha baba dhartinath math ancसंवाद सहयोगी, गुरदासपुर : श्री 108 सिद्ध बाबा धरतीनाथ मठ प्राचीन शिव मंदिर में शिव गोरखनाथ जी की कृपा से शिव पुराण कथा क...
गति बुझ्न गन रडारमहोत्तरी — तीब्र गतिले सवारी दुर्घटना बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले गति कम गर्न गन रडारको प्रयोग थाले...
आपै+mलाई प्रश्न गर्दाकाठमाडौ — फिल्ममा अलि बढी नै यौनका दृश्यले प्रवेश पाइरहेका बेला 'कथाले मागे'का सबै दृश्य दिन अस्विकार गरौं भन्...
Taarak mehta ka ooltah chashmah : किलर लुक को लेकर इंटरनेट पर छाई 'बबीता जी', ब्लैक मोनोकनी में दिखा एक्ट्रेस का हॉट अंदाज - prabhat khabarTaarak Mehta Ka Ooltah Chashmah babita ji, munmun dutta : तारक मेहता का उल्टा चश्मा (Taarak Mehta Ka Ooltah Chashmah) मे...
Latests News
सरकारविरुद्घ एमाले भ्रातृ संगठन सडकमाकाठमाडौ — एमाले भ्रातृ संगठन युवा संघ नेपालले बाबुराम भट्टराई सरकार विस्थापनको माग गर्दै मंगलबारबाट देशव्यापी सडक आन्दोल...
ब्युँत्याइँदै लोपोन्मुख पोखरी(भक्तपुर) — मध्यपुर थिमिका सुख्खा रहेका दुई पोखरी निर्माणको चर्चा २५ वर्षअघिदेखि चलेको थियो । पुनर्निर्माण गर्न उपभोक्ता...
सीडीएस जनरल बिपिन रावत ने सीएम तीरथ से की मुलाकात, कोरोना काल में मदद का दिया भरोसा - cds bipin rawat meets uttarakhand cm tirath singhभारत के चीफ ऑफ डिफेंस स्टाफ जनरल बिपिन रावत ने सोमवार को मुख्यमंत्री तीरथ सिंह रावत से बीजापुर अतिथि गृह में मुलाकात की।...
तपाईँ कुवेतमा हुनुहुन्छ? २०७८ मा कहिले कहिले हुन्छ दूतावास बन्द?काठमाडौं । २०७८ मा कुवेतस्थित नेपाली दूतावास १८ दिन बन्द हुने भएको छ । शुक्रबार र शनिबारका अतिरिक्त १८ दिन सार्वजनिक विद...
नगरले सेवा प्रभावकारी बनाउनेओखलढुंगा — सिद्धिचरण नगरपालिकाले सेवाग्राहीलाई प्रवाह गर्ने सेवाको गुणस्तर पारदर्शी र जवाफदेही बनाउने १२ बुँदे प्रतिबद्ध...