सुन्तलीको साहस
सुन्तलीको साहस"
Play all audios:
काठमाडौ — झन्डै दुई वर्षअघि अछाममा कार्यरत महिला प्रहरी सुन्तली धामीको बलात्कारको घटनाले निकै चर्चा पायो । <?xml encoding="UTF-8"??> झन्डै दुई वर्षअघि अछाममा कार्यरत महिला
प्रहरी सुन्तली धामीको बलात्कारको घटनाले निकै चर्चा पायो । आफ्नै कार्यालयका प्रहरी जवानबाट सामूहिक बलात्कार भएको उनले सार्वजनिक गरेकी थिइन् । तीमाथि सन् २००९ सेप्टेम्बर २७ तारिकमा मुद्दा दाएर
गरेपछि प्रहरीले सबै आरोपीलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कर्ाालयले तीनजना प्रहरीलाई भने आवश्यक प्रमाण नपुगेको आधारमा रिहा गरेको थियो । उक्त घटनाको सम्बन्धमा चारैतिरबाट दबाब
बढेपछि नेपाल सरकारले पूर्वन्यायाधीश कृष्णप्रसाद बस्यालको संयोजकत्वमा छानबिन समिति पनि गठन गरियो । ढिलो भए पनि हालै अछामको जिल्ला अदालतले सुन्तली धामीलाई बलात्कार गर्ने बलात्कारीलाई सजाय
सुनाएको छ । बलात्कारमा संलग्न जिल्ला प्रहरीका प्रमुख वीरेन्द्र बानलाई ६ वर्षको सजाय साथै १ लाख जरिमाना साथै अन्य दुई प्रहरी जवानलाई तीन वर्षको सजाय तोकेको छ ।यस्ता अपराधलाई सकेसम्म सहने
मौनताको संस्कृतिलाई तोड्दै सुन्तलीले अदम्य साहससाथ अपराधका विरुद्ध आवाज उठाइन् र न्याय पाइन् । सुन्तलीको साहसलाई जति सराहना गरे पनि पुग्दैन । बलात्कारका यस्ता घटना धेरैजसो उजागर नै हुँदैनन्
। विकासको चरम उत्कर्षमा पुगेका देशमा पनि बलात्कारीहरूले सजायबाट उन्मुक्ति पाएको अवस्था छ भने हाम्रोजस्तो देशमा भने यस्ता अपराधीहरूले बहुतै कम सजाय पाउँछन् । तर यतिका अवधिसम्म उसले भोगेको
मानसिक तनाव र पीडाको क्षतिपूर्ति कसले दिनसक्छ ? उनले आवाज उठाउँदा उनको चरित्रमाथि नै प्रश्नचिह्न खडा भएको थियो । त्यसले उनलाई कति मानसिक तनाव भएको थियो होला ? मानसिक हिंसाले पीडितलाई
भित्रभित्रै खाइरहेको हुन्छ, जो शारीरिक हिंसाभन्दा धेरै कठोर हुन्छ । जसको दुष्प्रभाव धेरै लामो समयसम्म पीडितको मनमस्तिष्कमा रहिरहन्छ ।यो घटनाले अरू धेरै प्रश्न उठाएको छ । कानुनको पालना
गराउनुपर्ने निकायबाट यस्ता गम्भीर प्रकृतिको अपराध हुनु कानुनी राज्यको पनि उपहास हुनु होइन र ? यस्ता प्रकृतिका घटना समाजमा घटी नै रहेका छन्, तर पीडितले भने न्याय पाउनसकेका छैनन् । गतवर्ष ३०
सेप्टेम्बर २०१० मा सिरहामा एउटी तीस वर्षकी यादव थरकी महिलालाई स्थानीय ५ जना छिमेकका पुरुषहरूले सामूहिक बलात्कार गरे र विभिन्न संवेदनशील अंगमा कुटपिट गरे । उनले प्रहरीमा उजुरी गरिन्, तर न्याय
पाउन सकिनन् । बरु उल्टै उनलाई गाउँ छोड्न धम्की आयो । २०११ फेब्रुवरी महिनामा पुनः ती बलात्कारीहरूले उनीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट उनी सख्त घाइते भएपछि उनलाई आौषधी-उपचारबिना एकजना
राजनीतिक पार्टीको नेताको घरमा लुकाइराखेका थिए । स्थानीय गाउँलेको सहयोगमा उनलाई अस्पतालमा भर्ना गरिएको थियो । पाँच दिनसम्म अस्पताल बसेर उनी फर्किइन्, तर न्याय पाइनन् । यसबाट के कुराको पुष्टि
हुन्छ भने धेरैजसो अपराधमा संलग्न अपराधीहरू राजनीतिको खोल ओढेर सुरक्षित हुने गरेका छन् । गत असार महिनामा एकजना बौद्ध भिक्षुणीमाथि भएको सामूहिक बलात्कार घटनामा पनि संलग्न चारजना अपराधीले जनही
बाह्र वर्षको सजाय र ५० हजार जरिवाना तिर्नुपरेको छ । बलात्कार महिला विरुद्धका हुने एक अत्यन्त संवेदनशील अपराध हो । तर बलात्कारीलाई भन्दा पनि बलात्कृत महिलालाई दोषी देख्ने सामाजिक धारणाको
फलस्वरूप बलात्कृत महिलाले समाजमा धेरै समस्या भ्ाोग्नु परिरहेको छ । विद्यमान सामाजिक संरचनामा बलात्कृत समाजमा धेरै समस्या भोग्नुपर्ने समस्यालाई मध्यनजर गरी बलात्कारको मुद्दामा अहिले विशेष
व्यवस्था पनि गरेको छ । सबैभन्दा ठूलो कुरा बलात्कारको परिभाषामा नै व्यापक परिवर्तन भएको छ । गोपनीयताको व्यवस्था ः बलात्कारको घटनालाई सामाजिक बेइज्जतीको रूपमा हेरिने प्रचलनले गर्दा समस्या
उत्पन्न भएको हो । त्यसैले यस सम्बन्धमा काठमाडौं जिल्ला अदालतले बलात्कारको घटनाको पीडितको वास्तविक नाम र फोटो सार्वजनिक नगर्न आदेश दिई बलात्कृत महिलाको व्यक्तिगत जीवनसँग सम्बन्धित जानकारी
गोप्य राख्ने व्यवस्था गरेको छ । महिला प्रहरीद्वारा बयान गराउनुपर्ने ः बलात्कार सम्बन्धी अपराधको अनुसन्धानको सिलसिलामा पीडित महिलाको बयान गराउँदा महिला प्रहरीद्वारा नै बयान गराउनुपर्ने
व्यवस्था गरेको छ । बन्द इजलासको व्यवस्था ः बलात्कारको मुद्दाको सुनवाइ हँदा सम्बन्धित कानुन व्यवसायीे, अभियुक्त, पीडित महिला र निजको संरक्षक, अनुमति पाएका प्रहरी र अदालतका कर्मचारीमात्र
उपस्थित हुन पाउनेछन् । यो प्रावधानले आउँदा दिनहरूमा बढीभन्दा बढी घटनाहरू दर्ता हुनुका साथै पीडितले न्याय पाउने आसा गर्न सकिन्छ । सुन्तली धामीको घटनाले सिकाएको ठूलो पाठ हो, हिंसा विरुद्धको
मौनताको संस्कृतिको अन्त्य महिला स्वयम्ले गर्नु जरुरी छ । अपराधीले कानुन अनुसारको दण्ड पाउनुपर्छ । प्रकाशित : माघ ६, २०६८ १०:०२ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६,
२०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना
प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं,
नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
टोकियोमा नेपाली घरटोकियो — जापानीका लागि नेपाली खानाको मेनु नौलो हैन । जापानका विभिन्न सहरमा फैलिएका नेपाली रेस्टुरेन्टहरूका खास पारखी जाप...
पाण्डे आमरण अनशनमाकाठमाडौ — सामाजिक सद्भाव कायम राख्ने संविधान जारी होस् भन्दै कांग्रेसका पूर्वसांसद शंकर पाण्डे मीनभवनमा आमरण अनशन बसेका ...
घरमा आगो लाग्दा दुई लाख नगद खरानीराजविराज — सप्तरीको १ नम्बर योगिनियाँ गाविसमा आज(बुधवार) दिउँसो अचानक भएको आगलागीमा एक दलित परिवारको सर्वस्वःसम्पत्ती खर...
प्रदेश संसद्मा समस्यैसमस्याकाठमाडौँ — संघीयताको पूर्ण अभ्यास गरेको ६ महिना बितिसक्दा पनि प्रदेशलाई कानुनी रूपमा सक्षम बनाउन भूमिका खेल्ने प्रदेश सं...
सवारी चालक अनुमतिपत्र: 'जेठ महिनादेखि परीक्षा उत्तीर्ण गर्ने प्रक्रिया सहज' - bbc news नेपालीसवारी चालक अनुमतिपत्र: 'जेठ महिनादेखि परीक्षा उत्तीर्ण गर्ने प्रक्रिया सहज' ARTICLE INFORMATION * Author, नेत्...
Latests News
सुन्तलीको साहसकाठमाडौ — झन्डै दुई वर्षअघि अछाममा कार्यरत महिला प्रहरी सुन्तली धामीको बलात्कारको घटनाले निकै चर्चा पायो । <?xml enco...
तिम्ल्याहा प्रथम श्रेणीमास्याङ्जा — ओरस्टे २ सेराका तिम्ल्याहा दाजुभाइ प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएका छन् । स्थानीय दिव्यप्रकाश उच्च माविबाट...
निर्वाचित र मनोनीतबीच विवादकाठमाडौं — संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नियमावली संशोधन गर्ने...
फोरम र नयाँ शक्तिद्वारा राजपालाई चुनावमा आउन आग्रहकाठमाडौं — संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले सयुक्त बिज्ञप्ति जारी गरी निर्वाचनालईसमेत आन्दोलनको रुपमा लिन राष्...
एक सातापछि कपुरकोट बजार खुल्योसल्यान — महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि गत मंगलबारदेखि सिल गरिएको कपुरकोट बजार सोमबारदेखि खुलेको छ । <...