पूर्व-पश्‍चिम जोड्दै वैकल्पिक राजमार्ग

Ekantipur

पूर्व-पश्‍चिम जोड्दै वैकल्पिक राजमार्ग"

Play all audios:

Loading...

उदयपुर — पूर्वी नेपालका बासिन्दाका लागि २०६५ भदौ २ काहालीलाग्दो दिन हो । उक्त दिन पूर्वी नेपाल बाँकी भूभागसँग अलग्गिनुपरेको थियो । यातायात सम्पर्क पूर्णतः टुटेको थियो । <?xml


encoding="UTF-8"??> सुनसरीको पश्चिम कुसाहास्थित कोसीको बाँध फुटेपछि करिब ५ महिना पूर्वी नेपालको अवस्था यस्तै रह्यो । ७ हजार बढी घरका झन्डै ४२ हजार विस्थापित भएका थिए । ५ हजार


हेक्टर जमिन बालुवामा परिणत भएको थियो । १२ किलोमिटर कालोपत्रे सडक र १३ किलोमिटर कच्ची सडक बाढीले बगाउँदा लामो समयसम्म पूर्व–पश्चिमको यातायात सञ्चालनमा आउन सकेन । उक्त समय सप्तकोसी पूर्व र


पश्चिम सुरक्षित आवतजावतका लागि भारतको बाटो रोज्नुपर्ने बाध्यता थियो । कोसी बाँध फुटेकै अवस्थामा २०६३ माघ १ यता सुरु भएको मधेस आन्दोलन चर्किंदै थियो । आन्दोलनकै कारण महिनौंसम्म मधेस क्षेत्र


बन्द थियो । पूर्व–पश्चिम महेन्द्र राजमार्ग आन्दोलनकै कारण सुरक्षित थिएन । दैनिक सवारीसाधन तोडफोड गर्ने र जलाउने काम भइरहेको थियो । महेन्द्र राजर्माग ठप्प थियो । पूर्व–पश्चिम आवागमनको मुख्य


राजमार्ग ठप्प भएपछि सरकार र सर्वसाधारण विकल्पको खोजीमा थिए । त्यसैक्रममा पूर्वी नेपाललाई राजधानी काठमाडौं र पश्चिम नेपालसँग जोड्ने गरी सप्तकोसीको चतराघाटमा फेरी सञ्चालन गरियो । फेरी


सञ्चालनसँगै सरकारले पूर्व–पश्चिम राजमार्गको विकल्पमा चतराघाट हुँदै उदयपुरको गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौंडासम्मको सडक निर्माण गर्ने निर्णय गर्‍यो । ‘मदन भण्डारी राजमार्ग’ नाम दिइएको यस


सडकको निर्माण यतिबेला अन्तिम चरणमा पुगेको छ । सप्तकोसी बाँध फुटेको र मधेस आन्दोलनले महेन्द्र राजमार्ग ठप्प भएपछि सरकारले विकल्पको रूपमा निर्माण सुरु गरेको सडक नै अहिले मदन भण्डारी राजमार्ग


भएर पूर्वी नेपालको विकासको मेरुदण्ड बन्दै छ । ‘मधेस आन्दोलन नभएको भए सायद मदन भण्डारी राजमार्ग बन्दैनथ्यो होला,’ गैरसकारी संस्था महासंघ उदयपुरका सचिव सीएम गुरागाईंले कान्तिपुरसँग भने,


‘एकातिर कोसी बाँध फुट्दा र अर्कोतिर मधेस आन्दोलनले सडक अवरुद्ध भएपछि यहाँका सर्वसाधारण आजित थिए ।’ त्यसै समयमा सरकारले विकल्पका रूपमा मदन भण्डारी राजमार्ग निर्माण सुरु गरेको उनले बताए । बाँध


फुट्नु र मधेस आन्दोलन चर्कनु सँगसँगै जस्तो हुनुले पनि सरकारको प्राथमिकतामा नहुँदा नहुँदै पनि वैकल्पिक राजमार्ग निर्माण सम्भव भएको चौदण्डीगढी नगरपालिका–६ वेल्टार बजारका दीपक राउतले बताए ।


सडक निर्माणको रेखदेखको जिम्मा पाएको मदन भण्डारी राजमार्ग पूर्वी क्षेत्र आयोजना कार्यालयले ‘क्यालेन्डर डे’ बनाएर दैनिक काम गर्ने गरेको छ । क्यालेन्डरको आधारमा दैनिक प्रगति हासिल गर्ने गरी


निर्माण भइरहेको र पूर्वीखण्डको प्रगति ९५ प्रतिशत पुगेको आयोजना कार्यालय गाईघाटका प्रमुख बेलबहादुर भुजेलले बताए । ०७८ वैशाख १५ गतेसम्म राजमार्गको पूर्वी खण्डको काम सम्पन्न गर्ने गरी


पछिल्लोपटक म्याद थप गरिएको उनले जनाए । धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली हुँदै हेटौंडा जोड्ने राजमार्गअन्तर्गत पूर्वीखण्ड उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहाको वीरेन्द्र चोकदेखि सिन्धुलीको


भिमानसम्म १ सय ३४ किलोमिटरमध्ये १ सय २० किलोमिटरमा कालोपत्रे गरिएको भुजेलले बताए । भिमान–बसाहा खण्डमा थपिएका १२ पुल र पुलसँग जोडिएको सडक करिब ९ किलोमिटर कालोपत्रे गर्नेबाहेकको सबै काम वैशाख


१५ भित्रै सकिने आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा लिइएको यो राजमार्ग निर्माणको काम जेडआईसीई र लामा–शर्मा जेभीले गरिरहेको छ । २०७३ कात्तिकदेखि निर्माण सुरु भएको


राजमार्गअन्तर्गतका विभिन्न ४३ वटा पुल निर्माण सकिएको आयोजनाका इन्जिनियर मनीष पोखरेलले बताए । कोभेक–रसुवा–तुन्डी जेभी निर्माण कम्पनीले पुल बनाएको हो । प्रकाशित : वैशाख ४, २०७८ १०:०९


कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा


जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000


+977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

स्कुल बन्द भयो, अब के गर्ने?  

कोरोना भाइरसको संक्रमणले अहिले विश्वव्यापी महामारीको रूप लिइसकेको छ । विश्वका झण्डै एक तिहाइभन्दा बढी देशहरूमा यो भाइरसक...

सैन्य सामग्रीको सवा ३ अर्ब भुक्तानी रोकियो

काठमाडौँ — अर्थ मन्त्रालयले बजेट नदिएपछि सैन्य सामग्री खरिदबापत भारतलाई तिर्नुपर्ने ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानी रोकि...

‘फरार’ सुरक्षामा प्रहरी

काठमाडौं — प्रहरीको रेकर्डमा पूर्वशान्तिमन्त्री विश्वनाथप्रसाद साह अपहरण घटनाका फरार आरोपित हुन् । जिल्ला प्रहरी कार्याल...

बौद्धिकी-निर्माणको हर्जा

नेपाली भाषाका पाठक, चिन्तक र अध्येताका लागि गतिलो खुराकी हो– ‘सत्ता र सत्य’ । संग्रौलाको झर्रो स्वादसहितको झरिलो भाषाका ...

घाँटीमा छैन सुनको चाप्की

डोटी — धनगढीमा गत वर्ष डीपीएल क्रिकेटको फाइनल हेर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा–पत्नी आरजु नयाँ पहिरनमा झुल्किइन्...

Latests News

पूर्व-पश्‍चिम जोड्दै वैकल्पिक राजमार्ग

उदयपुर — पूर्वी नेपालका बासिन्दाका लागि २०६५ भदौ २ काहालीलाग्दो दिन हो । उक्त दिन पूर्वी नेपाल बाँकी भूभागसँग अलग्गिनुपर...

भर्सटायल एक्टर

गुरुकुलको अन्तिम ब्याचका अन्तिम विद्यार्थी हुन्, विपिन कार्की । जतिबेला विपिन उदाउँदै थिए, ठ्याक्कै त्यही बेला गुरुकुल अ...

करछलीका आरोपित फिलिप्सलाई जिम्मेवारी

काठमाडौँ — टेक्निकल डाइरेक्टरका रूपमा नेपालमा वार्षिक करिब १ करोड २० लाख रुपैयाँ (९९ हजार ९ सय ९६ अमेरिकी डलर) तलब थापेर...

सायद अशोक - कान्तिपुर समाचार

यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल...

राजेश हमालले भने, ‘नेपाली सेनाप्रतिको गौरव चकनाचुर भयो’

काठमाडौं — बलिउड हिरोइन सोनाक्षी सिन्हा र मलाइका अरोराको स्वागतमा नेपाली सेनाको दुरुपयोग भएको भन्दै अभिनेता राजेश हमालले...

Top