काष्ठमण्डपको काहिंल्यु
काष्ठमण्डपको काहिंल्यु "
Play all audios:
काठमाडौँ — नेवारीमा ‘काहिंल्यु’ शब्द प्रचलित छ । यसको अर्थ कम्मर बिग्रेको छ भने कम्मर फेर्ने, अरू नचलाउने भन्ने हो । संरक्षणको सिद्धान्त यही हो । भावी पुस्ताका लागि जस्ताको तस्तै हस्तान्तरण
गर्ने । त्यसका लागि जग जोगाइदिने । काष्ठमण्डपमा बल्ल त्यति जोगाड हुने भयो । <?xml encoding="UTF-8"??> पुरातत्त्व विभागले कतिपय सम्पदामा जगै चलाइदिएको छ, कंक्रिट राख्न दिएको छ
। काष्ठमण्डपमै पाँच दशकअघि जीर्णाेद्धार हुँदा खेलबाड भएको थियो । कतै सिमेन्ट प्रयोग गरिएको थियो, कतै चुना सुर्की । जगमा समेत सिमेन्ट हालिएको थियो । सम्पदा संरक्षणमा जगलाई विशेष रूपमा लिइन्छ
। जग मासियो भने पुरातत्त्व बिग्रन्छ । २०७२ वैशाखको भूकम्पले काष्ठमण्डप ढाल्यो । त्यही वर्षको माघ २ गते भूकम्प दिवस पारेर काष्ठमण्डपबाटै सम्पदा पुनर्निर्माण महाअभियान सुरु गर्ने तयारी थियो ।
मौलिकता मासिने गरी भएको यसको नक्सांकनमा सम्पदाविद्ले असहमति जनाए । स्थानीयवासी विरोधमा उत्रिए । विवादको जड जगमा थियो । पुरातत्त्व विभागले जगमा कंक्रिट राख्ने, चुकुलको ठाउँमा फलामको लिस्टी
ठोक्न सकिनेसम्मको तयारी गरेको थियो । त्यसले मौलिकता मास्थ्यो । बेलायतको दुराहम विश्वविद्यालय र पुरातत्त्व विभागले काष्ठमण्डपको अध्ययन गरे । जग चलाउनुपर्ने देखिएन । त्यसक्रममा केही नयाँ
तथ्यसमेत पत्ता लाग्यो । बाह्रौँ शताब्दीको भनिँदै आएको काष्ठमण्डप सातौँ शताब्दीमै बनेको रहेछ । पुरातत्त्व क्षेत्रमा एउटा सफलता हात पर्यो । जगमा भेटिएका कोइला, माटो र बालुवालाई बेलायतको
स्टरलिङ विश्वविद्यालयको प्रयोगशालामा नमुना परीक्षण गरियो । कोइलाको सी—१४ डेटिङ र जगको बालुवा, माटो, काठको ओएसएल डेटिङ टेस्ट गरिए । त्यसबाट थप तथ्य पत्ता लागे । काष्ठमण्डप बन्नु पहिला यो
ठाउँमा मानवबस्ती रहेछ । अंगार २२ सय वर्ष पुरानो रहेछ । त्यतिबेला यहाँ खेती रहेछ । पहिलाको इतिहास कथा, जनश्रुतिको आधारमा थियो । यो उत्खननले वैज्ञानिक रूपमै काष्ठमण्डप प्राचीन भएको पुष्टि भयो
। यस्तो प्राचीन मौलिकताको जग जोगाउँदै पहिलेझैं माटोकै जडानमा मण्डप बनाउन लाग्नु सन्तोषको विषय हो । यसमा धरहरा क्षेत्र र ताहाचलको माटो प्रयोग हुँदै छ । माटाकै गारो लगाइनेछ । माटो आफैँ
सिमेन्टभन्दा बलियो हुने विश्वास गरिन्छ । सिमेन्टको आयु ८० वर्ष तोकिएको छ, माटोको आयु नै छैन । गर्नुपर्ने त खोजबिन हो, हाम्रा प्राचीन निर्माण सामग्री कति बलिया छन् अनुसन्धानै भएका छैनन् ।
सम्पदामा विवाद देखिएको ठेकेदारी प्रथाले पनि हो । ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरेका उदाहरण छन् । ठेक्कामा दिइएका सम्पदाको मौलिकतामा सम्झौता हुने डर हुन्छ । यो आवाज सरकारले सुनेको
छैन । काष्ठमण्डप भने अमानतमा बन्दै छ, ज्यालामा । यो अर्काे नमुनायोग्य काम हुनेछ । काष्ठमण्डप भनेकै काठैकाठबाट बनेको सत्तल । यसैको नामबाट सहरकै नाम काठमाडौं रहन गएको मानिन्छ । एउटै रूखको
काठबाट बनेको भनिन्छ । काठ ल्याउने जिम्मेवारी टिम्बर कर्पाेरेसनले लिएको छ । यही महिनाको अन्तिमसम्ममा काठको निदाल ठड्याउने गरी काम भइरहेको छ । संरक्षणविद्हरू भने काठ एक बर्खा ओस राखेर मात्र
प्रयोग गर्नुपर्ने ठान्छन् । ओस राखिएन भने काठ पसाङ्गिन्छ । हतारमा सम्पदा पुनर्निर्माण गर्दा प्राचीनता मासिने खतरा हुन्छ । यसै पनि पुनर्निर्माण ढिला भएको छ । चाँडो सक्ने नाममा कुनै गल्ती
गर्नु हुँदैन । यसको जोखिम पक्ष हेरिनुपर्छ । सम्पदा निर्माण सजिलो हुँदैन । निर्माण सामग्री सजिलै पाइँदैन । झन्झट हुन्छ भनेर सहज पहुँचका सामग्रीमा लोभिनु हुँदैन । काष्ठमण्डप पुनर्निर्माण सुरु
स्वागतयोग्य हो, सम्पन्न हुँदासम्म केहीमा पनि सम्झौता नहोस् । प्रकाशित : माघ २१, २०७५ ०७:५८ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो
। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना
कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
गति बुझ्न गन रडारमहोत्तरी — तीब्र गतिले सवारी दुर्घटना बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले गति कम गर्न गन रडारको प्रयोग थाले...
सुजाता महामन्त्रीमा उठेपछि महासभामा गृहमन्त्रीकाठमाडौं — राष्ट्रसंघीय ६५ औं महासभामा गृहमन्त्री भीम रावलले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । त्यस विषयमा प्रधानमन्...
धनलक्ष्मी स्मृति स्क्वासकाठमाडौं — धनलक्ष्मी स्मृति स्क्वास प्रतियोगिता मंगलबारदेखि सातादोबाटोमा हुने भएको छ । नेपाल स्क्वास राकेट्स संघले आयोजन...
राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवासकाठमाडौँ — नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् । स...
कोरोनाबाट पाेखराका एक संक्रमितको मृत्युपोखरा — कोरोना संक्रमणबाट पोखरा–१० का ७० वर्षीय एक पुरुषको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित उनको पोखराकै मनिपाल शि...
Latests News
काष्ठमण्डपको काहिंल्युकाठमाडौँ — नेवारीमा ‘काहिंल्यु’ शब्द प्रचलित छ । यसको अर्थ कम्मर बिग्रेको छ भने कम्मर फेर्ने, अरू नचलाउने भन्ने हो । संर...
राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवासकाठमाडौँ — नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् । स...
कोरोनाबाट पाेखराका एक संक्रमितको मृत्युपोखरा — कोरोना संक्रमणबाट पोखरा–१० का ७० वर्षीय एक पुरुषको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित उनको पोखराकै मनिपाल शि...
मन्त्रिपरिषदको बैठक स्थगित, सोमबार ११ बजे बस्नेकाठमाडौँ — आइतबार साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बैठक सोमबार बिहान ११ बजेका लागि डाकिएको वन तथा...
आज कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिँदैवीरेन्द्रनगर — सुरुवातदेखि नै आफूविरुद्ध चर्को दबाब महसुस गर्दै आएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अ...