आकस्मिक उपचारमा रेडियोलोजी

Ekantipur

आकस्मिक उपचारमा रेडियोलोजी"

Play all audios:

Loading...

सन् १८९५ मा विल्हेल्म रोन्टजनले एक्स–रे आविष्कार गरेको दिनको सम्झनामा चिकित्सा विज्ञानमा नोभेम्बर ८ लाई अन्तर्राष्ट्रिय रेडियोलोजी दिवसको रूपमा मनाउने गरिन्छ । विकिरणको प्रयोगद्वारा शरीर


भित्रका अङ्गहरूको जानकारी पाउन सक्ने भएकाले एक्स–रेले चिकित्सा विधामा नयाँ युगको सुरुवात गरेको थियो । <?xml encoding="UTF-8"??> रोग पत्ता लगाउन मद्दत गर्ने विधाको रूपमा सुरु


भएको रेडियोलोजी अहिले विभिन्न नयाँ प्रविधि र आविष्कारसँगै अत्यन्त परिष्कृत र आधुनिक चिकित्सा विधि बनेको छ र रोग पत्ता लगाउनेसँगै सामान्य घाउमात्र बनाएर रोग निदान गर्नसमेत टेवा पुर्‍याएको छ ।


छैठौं संस्करणको अन्तर्राष्ट्रिय रेडियोलोजी दिवसले आकस्मिक अवस्थामा रेडियोलोजीले पुर्‍याएको टेवा र गर्नसक्ने विभिन्न उपचार प्रविधिको प्रसङ्ग जोडेको छ । आकस्मिक अवस्थामा भएका बिरामीको उपचारको


प्रमुख उद्देश्य जीवनरक्षा हो । बिरामीको रोग पत्ता लगाउन र उपचार गर्न जति कम समय लाग्छ, जीवनको जोखिम त्यति नै न्यूनीकरण हुन्छ । आकस्मिक उपचार विभिन्न विभाग बीचको समन्वयबाट हुने गर्छ ।


रेडियोलोजीले शरीर भित्रका विभिन्न अङ्गमा लागेका चोट तथा रोग पत्ता लगाउने र आवश्यकता अनुसार त्यसको निदानसमेत गर्छ । रेडियोलोजी अन्तर्गत विकिरणयुक्त एक्स–रे, फ्लुरोस्कोपी, म्यामोग्राम,


सिटिस्क्यान तथा विकिरणरहित अल्ट्रासाउन्ड, एमआरआई लगायत प्रविधिहरू पर्छन् । कम समयको प्रयोग गरेर धेरैभन्दा धेरै शरीरका भित्री अङ्गहरूमा भएका समस्याको जानकारी दिनसक्नु रेडियोलोजीको प्रमुख


चुनौती हो । पक्षाघात भएर आएको बिरामीको मस्तिष्कको सिटिस्क्यान गरेर कस्तो उपचार गर्ने भन्ने निर्णय गर्नसके मस्तिष्कको क्षति न्यूनीकरण गर्न सकिन्छ । महिनावारी बन्द भएर पेट दुख्दै आएको महिलामा


गर्भ पाठेघर भन्दा बाहिर बसेको हो कि भन्ने सम्भावना केलाउन अल्ट्रासाउन्ड गर्न सकिन्छ । कुनै दुर्घटनामा परेका बिरामीको हड्डी तथा शरीर भित्रका अङ्गहरूमा कुनै चोट लागेको हो कि भनी जाँच्न अवस्था


हेरेर एक्स–रे, अल्ट्रासाउन्ड तथा सिटिस्क्यान गर्ने गरिन्छ । विभिन्न कारणले खोक्दा खकारमा धेरै रगत आउने भएमा रेडियोलोजीको प्रयोग गरेर रक्तनलीमा पातलो पाइप हालेर रक्तस्राव गराउने फोक्सोको


रक्तनलीलाई बन्द गर्न सकिन्छ । त्यस्तै खुट्टा धेरै सुन्निने भएमा त्यसमा रगत जमेर फोक्सोमा सर्ने खतरा छ कि भनी जाँच गर्न अल्ट्रासाउन्ड तथा सिटिस्क्यान गर्ने गरिन्छ । एक्कासि रुन थालेको बच्चाको


दिसामा रगत देखापर्दा आन्द्रा बटारिएको हो कि भनी अल्ट्रासाउन्डबाट पत्ता लगाउन सकिन्छ । अल्ट्रासाउन्ड र फ्लुरोस्कोपीको निगरानीमा दिसा गर्ने ठाउँबाट पानी हालेर बटारिएको आन्द्रा ठीक पार्न


सकिन्छ । पेटका विभिन्न भागमा असह्य पीडा हुँदा एपेन्डिसाइटिस, प्यान्क्रियाटाइटिस लागयतका रोग हुन् कि भनी जाँच गर्न अल्ट्रासाउन्ड तथा सिटिस्क्यान गर्न सकिन्छ । मृगौलामा पिप जम्मा भएर सुन्निँदै


गएमा त्यसबाट ज्यानलाई नै जोखिम हुने हुँदा फ्लुरोस्कोपी तथा अल्ट्रासाउन्डको प्रयोग गरेर मृगौलामा पाइप हालेर पिप बाहिर जम्मा पार्न सकिन्छ । आकस्मिक कक्षमा रेडियोलोजीको प्रयोग अत्यन्त


बहुआयामिक छ । रेडियोलोजी समयसँगै विकसित हुँदै गइरहेको र नयाँ–नयाँ प्रविधि र कम्प्युटर प्रविधिले अनुसन्धान गर्न लाग्ने समय कम गरेको छ । तर नेपालको परिप्रेक्ष्यमा रेडियोलोजीको प्रयोग अत्यन्त


सीमित छ । एक्स–रे र अल्ट्रासाउन्डको प्रयोग रोग अनुसन्धानका लागि देशभरि फैलिन थाले पनि सिटिस्क्यान, एमआरआई तथा निदानात्मक रेडियोलोजीको प्रयोग अझै सीमित छ । रोग पत्ता लगाउन तथा उपचार गर्न


रेडियोलोजीको सहकार्य अन्य चिकित्सा विधासँग हुने गर्छ । रोग समयमै पहिचान गर्न आकस्मिक विभागमा रेडियोलोजी टोली रहनु अपरिहार्य छ । पाश्चात्य मुलुकहरूमा ठूलै फड्को मारिसकेको यो विधा नेपालमा समेत


विस्तारित हुँदै गइरहेको र अझै फस्टाउन बाँकी छ । महँगा उपकरण, प्रविधि र यसमा प्रयोग हुने सामान तथा औषधीहरूले गर्दा रेडियोलोजीका जाँच महँगो हुने भएकाले सरकारले विभिन्न सरकारी निकायमा यस्ता


उपकरण र सुविधाको सर्वसुलभतामा ध्यान दिनु जरुरी छ । तर औसत अस्पतालको बसाइ छोट्टिने, बेहोस पार्न नपर्ने र अन्य शल्यक्रियामा लाग्ने खर्च कम हुने हुँदा औसतमा विभिन्न इन्टरभेन्सन शल्यक्रिया समेत


सस्तो हुन्छ । _लोहनी र झा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा कार्यरत छन् । _ प्रकाशित : कार्तिक २२, २०७४ ०७:२९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको


आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी


लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

स्कुल बन्द भयो, अब के गर्ने?  

कोरोना भाइरसको संक्रमणले अहिले विश्वव्यापी महामारीको रूप लिइसकेको छ । विश्वका झण्डै एक तिहाइभन्दा बढी देशहरूमा यो भाइरसक...

‘फरार’ सुरक्षामा प्रहरी

काठमाडौं — प्रहरीको रेकर्डमा पूर्वशान्तिमन्त्री विश्वनाथप्रसाद साह अपहरण घटनाका फरार आरोपित हुन् । जिल्ला प्रहरी कार्याल...

लाङटाङ राष्ट्रिय निकुञ्‍जमा बढ्यो अवैध गतिविधि

रसुवा — लकडाउनको समयमा लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध गतिविधि बढेको छ। लकडाउन घोषणायता निकुञ्ज क्षेत्रभित्र ...

घाँटीमा छैन सुनको चाप्की

डोटी — धनगढीमा गत वर्ष डीपीएल क्रिकेटको फाइनल हेर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा–पत्नी आरजु नयाँ पहिरनमा झुल्किइन्...

सैन्य सामग्रीको सवा ३ अर्ब भुक्तानी रोकियो

काठमाडौँ — अर्थ मन्त्रालयले बजेट नदिएपछि सैन्य सामग्री खरिदबापत भारतलाई तिर्नुपर्ने ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानी रोकि...

Latests News

आकस्मिक उपचारमा रेडियोलोजी

सन् १८९५ मा विल्हेल्म रोन्टजनले एक्स–रे आविष्कार गरेको दिनको सम्झनामा चिकित्सा विज्ञानमा नोभेम्बर ८ लाई अन्तर्राष्ट्रिय ...

कथा- कान्तिपुर कतार - कान्तिपुर समाचार

चारैतिर प्रकृतिले घेरिएको त्यो सुन्दर बस्ती बिहानीको उषाकिरणसँगै मोतीझैं टल्किने त्यो हिमसिखरहरू, घना जंगलको बीचमा गुराँ...

६ गिलास : मान्छेको इतिहास

लमजुङको बाहुनडाँडामा चहकिलो जून लागिरहेछ । दिनभरि घामले सेकिएका हिमाल–पहाड जूनको शीतल तापेर सायद सुत्ने तयारीमा छन् । मर...

फोटोफिचर

प्रदेश नं २ को प्रदेशसभाको आइतबारको पहिलो बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि, २०७४ लाई संशोधनसहित पारित गरेको छ । शैक्षि...

माथिल्लो तामाकोसीमा कर्मचारी विवाद

दोलखा — बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा बढी कर्मचारीको भार भन्दै अन्यत्र सरुवा गरिरहेका बेला नयाँ भर्तील...

Top