देवघाटको मकर स्नानमा भारतीय जगदगुरु र कालिबाबा

Ekantipur

देवघाटको मकर स्नानमा भारतीय जगदगुरु र कालिबाबा"

Play all audios:

Loading...

चितवन — देवघाटधाममा मकर स्नान गर्नका लागि यो पटक कालिबाबासहित भारत केदारनाथ मठका जगदगुरु समेत आएका छन् । बुधबार मध्यान्ह तीनवटा हेलिकप्टर देवघाटमा अवतरण भएका थिए । <?xml


encoding="UTF-8"??> जसमा कालिबाबा र अन्य भारतीय जगदगुरु तथा सन्तमहात्महरु आएका थिए । देवघाट क्षेत्र विकास समितिका पदाधीकारहीहरुका अनुसार यसरी विशिष्ट धार्मिक व्यक्तिहरु आएको यो


पहिलो घटना हो । ‘माघे संक्रान्तिका दिन देवघाटधाममा मकर स्नानकै लागि भनेर यो पटक तीनवटा हेलिकप्टरमा देवघाटमा विशिष्ट धार्मिक महानुभावहरु आउनु भयो । जसमा एकजना कालीबाबा हुनुहुन्थ्यो । भारत


केदारनाथ मठका जगदगुरु श्रीश्रीश्री १००८ अनन्त विभुषित रावलपदवी जगदगुरु श्री भिमाशंकरलिंग शिवाचार्य महाराज पनि आउनुभयो, ’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले भने । अघिल्ले


वर्ष पाँच लाखको हाराहारीमा देश विदेशका हिन्दु बौद्धहरु स्नानका लागि आएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । समितिका अध्यक्ष पौडेलले यो पटक पनि सोही संख्यामा भक्तहरु आएको बताए । देवघाटमा


त्रिशुली र कालीगण्डकीको संगम स्थल छ । यी दुई नदी मिलेकै समयदेखि देवघाटमा मकर स्नान मेला सुरु भएको धार्मिक कथन रहेको अध्यक्ष पौडेलले बताए । भारतबाट अन्य सर्वसाधरण पनि आउने गर्दछन् । भारत


बिहार राज्यको पश्चिम चम्पारणमा पर्ने कर्महिया वनकटवा पञ्चायतका शरपंच दिनानाथ महतो पनि यो पटक मकर स्नानका लागि देवघाट आए । सानै हुँदा एक पटक आए पनि उनी दोहर्‍याएर यो वर्ष देवघाट पुगे । उनलाई


पनि देवघाट अद्भुत लाग्यो । भारतका लाखौं हिन्दुहरु देवघाट आउने वातारण बनाउन उनले आग्रह गरेका छन् । यसका लागि योजना बनाएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए । प्रकाशित :


माघ १, २०७६ १९:०८ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना


प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं,


नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

स्कुल बन्द भयो, अब के गर्ने?  

कोरोना भाइरसको संक्रमणले अहिले विश्वव्यापी महामारीको रूप लिइसकेको छ । विश्वका झण्डै एक तिहाइभन्दा बढी देशहरूमा यो भाइरसक...

बौद्धिकी-निर्माणको हर्जा

नेपाली भाषाका पाठक, चिन्तक र अध्येताका लागि गतिलो खुराकी हो– ‘सत्ता र सत्य’ । संग्रौलाको झर्रो स्वादसहितको झरिलो भाषाका ...

सैन्य सामग्रीको सवा ३ अर्ब भुक्तानी रोकियो

काठमाडौँ — अर्थ मन्त्रालयले बजेट नदिएपछि सैन्य सामग्री खरिदबापत भारतलाई तिर्नुपर्ने ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानी रोकि...

‘फरार’ सुरक्षामा प्रहरी

काठमाडौं — प्रहरीको रेकर्डमा पूर्वशान्तिमन्त्री विश्वनाथप्रसाद साह अपहरण घटनाका फरार आरोपित हुन् । जिल्ला प्रहरी कार्याल...

घाँटीमा छैन सुनको चाप्की

डोटी — धनगढीमा गत वर्ष डीपीएल क्रिकेटको फाइनल हेर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा–पत्नी आरजु नयाँ पहिरनमा झुल्किइन्...

Latests News

देवघाटको मकर स्नानमा भारतीय जगदगुरु र कालिबाबा

चितवन — देवघाटधाममा मकर स्नान गर्नका लागि यो पटक कालिबाबासहित भारत केदारनाथ मठका जगदगुरु समेत आएका छन् । बुधबार मध्यान्ह...

Thursday vrat vidhi: बृहस्पतिवार व्रत रखने के लाभ और पूजा विधि जानें यहां

गुरुवार यानी बृहस्पतिवार के दिन भगवान विष्णु और देव गुरु बृहस्पति की पूजा का विधान है। बहुत से लोग इस दिन व्रत रखते हैं।...

‘नेता मोटाए, जनता उस्तै’

काठमाडौँ — २०६३ वैशाख ११, पछिल्लो राजनीतिक परिवर्तनको प्रस्थानविन्दु । लाखौंको संख्यामा जनता सडकमा निक्लिएको त्यो दिनभन्...

किरणको करेज

गएको महिना भारतको झारखण्डमा आदिवासी फिल्मसम्बन्धी दुई फरक फेस्टिभल भए, रस्का र आइसफा अवार्ड । यी दुवै फेस्टिभलमा सहभागी ...

कालो बजारी विरुद्ध सरकार कडारुपमा प्रस्तुत हुन्छ : मन्त्री पुन

इटहरी — नाकाबन्दी सहज बन्दा पनि ग्यास र इन्धनको अभाव उपभोक्ताले झेलिरहेको बेला आपूर्ति मन्त्री गणेशमान पुनले आपूर्तिलाई ...

Top