सार्वजनिक विद्यालयका कर्मचारीलाई पोसाक भत्ता दिइने

Ekantipur

सार्वजनिक विद्यालयका कर्मचारीलाई पोसाक भत्ता दिइने"

Play all audios:

Loading...

काठमाडौँ — सरकारले चालू आर्थिक वर्षदेखि विद्यालयका कर्मचारीहरूलाई पोसाक भत्ता उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद् बैठकले अन्य कर्मचारी र शिक्षक सरह सार्वजनिक विद्यालयका प्रारम्भिक बाल विकास


केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीहरुलाई पोसाक भत्ता उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए । <?xml


encoding="UTF-8"??> मुलुकभर बाल विकास सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीहरूको संख्या ६४ हजारको हारहारीमा छ । उनीहरूलाई एक मुष्ठ रूपमा वार्षिक १० हजार रुपैयाँ पोसाक भत्ता


बापत दिइने मन्त्री बाँस्कोटाले बताए । यस्तै सरकारले तीन जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ । प्राविधिक महासेनानी शरदलाल श्रेष्ठ, डा.मुकुन्द सिंह श्रेष्ठ र सूर्यराज


शर्मालाई सहायक रथीमा पदोन्नति गर्ने निर्णय गरेको हो । यस्तै १३ जना सहायक रथीलाई सरुवा गर्ने निर्णय गरेको छ । मन्त्री बाँस्कोटाले नेपालबाट निर्यात हुने र भारतबाट आयात हुने तरकारी विषादीयुक्त


हुनुपर्ने बताए । उनले नागरिक स्वास्थ्यसँग सम्बन्धित विषय भएकाले तरकारी विषादीयुक्त हुनुपर्नेमा जोड दिए । उनले भारतीय पक्षबाट सिमानाकामा तरकारी चेक जाँच रोक्नका लागि कुनै पत्र नआएको बताए ।


_२०७६ असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयः _ १. बाग्मती नदी तटीय क्षेत्र सुधार आयोजना (दोस्रो चरण) (Bagmati River Basin Improvement Project Additional Financing-II) का


लागि सहुलियतपूर्ण ऋण सहयोग लिने सम्बन्धमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको नेतृत्वमा आठ सदस्यीय टोली गठन गरी एशियाली विकास


बैंकसँग वार्ता गर्न अख्तियारी दिइएको छ । २. उर्जा दक्षता प्रवर्द्धन तथा नवीकरणीय उर्जा कार्यक्रम, मातृशिशु स्वास्थ्य सेवा र दिगो आर्थिक विकास कार्यक्रम सम्बन्धी क्षेत्रमा उपयोग गर्नेगरी


जर्मन सरकारका तर्फबाट प्राप्त हुने अनुदान सहायता स्विकार गर्ने समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयका सचिव अथवा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय


महाशाखाका सहसचिवलाई अख्तियारी दिइएको छ । ३. अवकाश भएका तथा चालु आर्थिक वर्षभित्र अवकाश हुने नौं जना कर्मचारीको अवकाश दायित्व भुक्तानी र चालु आर्थिक वर्षका लागि नपुग तलब, भत्ता भुक्तानी गर्न


तीन करोड ८२ लाख रूपैयाँ ऋणस्वरूप नेपाली औषधि लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरिएको छ । ४. नेपाल सरकारले २०७५ फागुन २८ गते गरेको निर्णयबमोजिम गठित सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा


अधिग्रहण तथा जफत गरिएका जग्गाहरूको हिनामिना सम्बन्धी छानबीन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को छानबीन समितिको म्याद २०७६ जेठ २८


देखि २०७६ साउन २८ गतेसम्म गरी दुई महिना थप गर्ने निर्णय गरिएको छ । ५. नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा ३८ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको अनुसूचीको बुँदा नं ४७ पछि देहायबमोजिमका


इन्जिनियरिङ विषय थप गरी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ– ४८. पेट्रोलियम इन्जिनियरिङ ४९. मेकाट्रोनिक्स इन्जिनियरिङ ५०. हाइ टेक प्लास्मा एन्ड पावर प्लान्ट्स


इन्जिनियरिङ ५१. बि.टेक इन नवल आर्किटेक्चर एन्ड सिप बिल्डिङ ५२. ब्याचलर अफ इन्जिनियरिङ, साइन्स एन्ड टेक्नोलोजी अफ विपेनरी ६. केन्द्रीय बालकल्याण समिति र जिल्ला बालकल्याण समितिको चल–अचल


सम्पत्ति, दायित्व र कर्मचारी राष्ट्रिय बालअधिकार परिषद् र स्थानीय बालअधिकार समितिमा हस्तान्तरण गर्ने निर्णय गरिएको छ । ७. प्राविधिक महासेनानी सूर्यराज शर्मालाई प्राविधिक सहायक रथी दर्जामा


पदोन्नती गरी पदस्थापन गर्ने निर्णय गरिएको छ । ८. तीन जना महासेनानीलाई सहायक रथी दर्जामा पदोन्नती गरी पदस्थापन गर्ने तथा १६ जना सहायक रथीलाई सरुवा गर्ने निर्णय गरिएको छ । ९. प्राविधिक सहायक


रथी कमाल सिंह प्रधान, प्राविधिक महासेनानी शरदलाल श्रेष्ठ र प्राविधिक प्रमुख सेनानी किरण श्रेष्ठलाई पदोन्नती गरी पदस्थापन गर्ने निर्णय गरिएको छ । १०. प्राविधिक महासेनानी डा. मुकुन्द सिंह


श्रेष्ठ र प्राविधिक प्रमुख सेनानी डा. सुनिता पन्तलाई पदोन्नती गरी पदस्थापन गर्ने तथा प्राविधिक सहायक रथी डा. अरुण कुमार न्यौपानेलाई सरुवा गर्ने निर्णय गरिएको छ । ११. माथिल्लो चिरख्वा खोला


जलविद्युत आयोजना (४.७० मेगावाट) को हेडवक्र्स र पाइपलाइन लगायत संरचना निर्माण गर्न भोजपुर जिल्लाको षडानन्द नगरपालिका १ र २ मा रहेको चौतारेस्थित राष्ट्रिय वन क्षेत्रको कूल ०.२२ हेक्टर जग्गा ३०


वर्षसम्म प्रयोग गर्न र त्यहाँ रहेका ३५ वटा रुखविरुवा हटाउन स्वीकृति दिइएको छ । १२. तल्लो खारे १३२ के.भी. विद्युत प्रशारणलाइन आयोजना (सुरी–सिगंटीसम्म ४.३० किलोमिटर) को ‘राइट अफ वे’सहित केही


टावर संरचना निर्माण गर्न गौरीशंकर संरक्षण क्षेत्रभित्रको (दोलखाको गौरीशंकर बिगु र कालिन्चोक गाउँपालिकामा रहेको) कूल ५.४१० हेक्टर (स्थायी तवरले ०.३० हेक्टर र अस्थायी तवरले ५.११ हेक्टर)


राष्ट्रिय वन/सरकारी वन क्षेत्रको जग्गा २५ वर्षसम्म प्रयोग गर्न र त्यहाँ रहेका ५१३ वटा रुखविरुवा हटाउन स्वीकृति दिइएको छ । १३. चालु आर्थिक वर्षदेखि सार्वजनिक विद्यालयका प्रारम्भिक बालविकास


केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरूलाई नेपाल सरकारका अन्य कर्मचारी र शिक्षकसरह पोशाक भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ । १४. सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका


व्यक्तिहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन (प्रथम संशोधन) कार्यविधि, २०७६ तथा माओवादी सेनाका घाइते अपाङ्ग लडाकुहरू, सशस्त्र द्वन्द्व, ऐतिहासिक जनआन्दोलन र मधेस आन्दोलनका घाइते


अपाङ्गहरूका लागि पुनस्र्थापना र हेरचाह (प्रथम संशोधन) निर्देशिका, २०७६ स्वीकृत गरिएको छ । १५. क्यासिनो (चौथो संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ । प्रकाशित : असार १९, २०७६ १७:४७


कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा


जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000


+977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

Taarak mehta ka ooltah chashmah : 'बबीता जी' ने शिमर ड्रेस में कराया बोल्‍ड फोटोशूट, राज के कमेंट पर फैन ने लिखा,' टप्‍पू शरारत नहीं' - prabhat khabar

tarak mehta ka ooltah chashmah babita ji aka munmun dutta bold photoshoot in shimmer dress photo viral on social media b...

गति बुझ्न गन रडार

महोत्तरी — तीब्र गतिले सवारी दुर्घटना बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले गति कम गर्न गन रडारको प्रयोग थाले...

आपै+mलाई प्रश्न गर्दा

काठमाडौ — फिल्ममा अलि बढी नै यौनका दृश्यले प्रवेश पाइरहेका बेला 'कथाले मागे'का सबै दृश्य दिन अस्विकार गरौं भन्...

बौद्धिकी-निर्माणको हर्जा

नेपाली भाषाका पाठक, चिन्तक र अध्येताका लागि गतिलो खुराकी हो– ‘सत्ता र सत्य’ । संग्रौलाको झर्रो स्वादसहितको झरिलो भाषाका ...

दाइजो हैन, शिक्षा

के स्थानीय, के राष्ट्रिय, गत असोज महिना उपर्युक्त शीर्षकका समाचारले विराटनगरबासीको ध्यानाकर्षण गरायो । विराटनगर–११ निवास...

Latests News

सार्वजनिक विद्यालयका कर्मचारीलाई पोसाक भत्ता दिइने

काठमाडौँ — सरकारले चालू आर्थिक वर्षदेखि विद्यालयका कर्मचारीहरूलाई पोसाक भत्ता उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद् बैठकल...

गति बुझ्न गन रडार

महोत्तरी — तीब्र गतिले सवारी दुर्घटना बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले गति कम गर्न गन रडारको प्रयोग थाले...

दाइजो हैन, शिक्षा

के स्थानीय, के राष्ट्रिय, गत असोज महिना उपर्युक्त शीर्षकका समाचारले विराटनगरबासीको ध्यानाकर्षण गरायो । विराटनगर–११ निवास...

‘फरार’ सुरक्षामा प्रहरी

काठमाडौं — प्रहरीको रेकर्डमा पूर्वशान्तिमन्त्री विश्वनाथप्रसाद साह अपहरण घटनाका फरार आरोपित हुन् । जिल्ला प्रहरी कार्याल...

ज्योतिष | एस्ट्रोलॉजी आर्टिकल्स | श्राद्ध पितृ पक्ष | jyotish lekh | astrology articles in hindi | astrology articles

ज्योतिष | एस्ट्रोलॉजी आर्टिकल्स | श्राद्ध पितृ पक्ष | Jyotish Lekh | Astrology Articles in Hindi | Astrology Articles गु...

Top