खुसीले उर्लियो आँसु
खुसीले उर्लियो आँसु"
Play all audios:
काठमाडौ — सीएनएन हिरो उपाधि जितेको १३ दिनपछि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा अनुराधा कोइरालाका आँसु थामिएनन् । <?xml encoding="UTF-8"??> पञ्चेबाजाका साथ
फूलमाला, खादा, ब्यानर, प्लेकार्डसहित राष्ट्रिय झन्डा फहराउँदै विमानस्थल बाहिर उभिएका शुभेच्छुकको भीडले जयजयकार गर्दा टर्मिनलबाट बाहिरिँदै गरेकी अनुराधाले अभिवादन र आँसु पुच्छ्ने काम सँगसँगै
थालिन् । अमेरिकामा पुरस्कृत गर्ने सीएनएन टेलिभिजनमा उनको नाम उद्घोष गरेको क्षणदेखि सुरु भएको उनको हर्षको रुवाइले बिहीबार माइती नेपालको गेट पुग्दासम्म निरन्तरता पायो । गमला, अछेता र दहीले
शृंगारिएको गेटमै जब अभिभावकविहीन चार वषर्ीया थर पहिचान नभएकी बालिका सुमीले सयपत्रीको माला पहिर्याउन खोज्दै थिइन् । अनुराधा फेरि थामिन सकिनन् । माला पहिर्याउन खोज्ने नानीको हात चुम्दै
थुचुक्क भुइँमा बसिन् । माइती नेपालभित्रकै टेरेसा एकेडेमीमा पढ्दै गरेकी बालिकाको गाला सुमसुम्याउँदै अँगालोमा बेरिन् । अनि भक्कानिँदै रुन थालिन् । विमानस्थल ओर्लिएको करिब तीन घन्टा ढिलो माइती
नेपाल पुग्दा देखिएको यो दृश्यले परिसरमा बधाई बाँड्न भेला भएका शुभेच्छुकलाई पनि भावुक बनायो । उनलाई स्वागत गर्न सुमीजस्तै ४ सय ५० बालबालिका बिहान ९ बजेदेखि स्कुले पोसाकमा माइती नेपालको आँगनमा
फूलमाला र खादाका साथ प्रतीक्षा गरिरहेका थिए । माइती नेपालमा उनी रुँदै स्वागत र बधाई ग्रहण गरिरहँदा उनको संस्थाले बेचिनबाट उद्धार गरेका ७० युवती, २५ बालबालिकासहित ७० जना एचआईभी संक्रमित
महिला खुसीले गद्गद् थिए । जीवन लम्ब्याउन हसपेसमा औषधि सेवन गरिरहेकाहरू खुसी बाँड्दै नाचगानमा रमाइरहँदा झन्डै करोड रुपैयाँ बराबर राशिको पुरस्कार विजेता अनुराधा भावुक मुद्रामै देखिन्थन् ।
उनलाई स्वागत गर्न बुधबार गौशालाको पिंगलास्थानवासीले सडक शंृगार गरी चारवटा स्वागतद्वार बनाएका थिए । माइती नेपालका अधिकांश विद्यार्थीले उनको चित्र बनाई बधाई लेखेका प्लेकार्ड समातेका थिए ।
स्वागतमा विद्यार्थीले गरेको सांस्कृति कार्यक्रममा उनी पनि नाचेकी थिइन् । चक्रपथदेखि उनको कार्यालयसम्मको सडकमा स्थानीयले रातो कारपेट बिच्छ्याएका थिए । अमेरिकाबाट सोमबार सिंगापुर ओर्लिएकी उनी
दुई दिने बसाइ सकी बुहारी सन्जुकला र नाति अद्भे कोइरालाकासाथ बिहीबार बिहान थाई एयरबाट काठमाडौं ओर्लिएकी थिइन् । राजधानीमा गैरसकारी संस्थामा संलग्न उनका छोरा मनीषकी पत्नी सन्जु छोराको उपचारका
लागि साताअघि सिंगापुर गएकी थिइन् ।विमानस्थलमा उनलाई स्वागत गर्न महिला तथा बालबालिका मन्त्रालयका सचिव महेन्द्रलाल श्रेष्ठ पुगेका थिए । उक्त पंक्तिमा हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश
आचार्य, गायिका आनी छोइङ डोल्पालगायत निजी कलेजका विद्यार्थीको भीड थियो । भीडका कारण बिहान ९ देखि ३ बजेसम्म त्यस क्षेत्रको सडक सामान्य प्रभावित बनेको थियो । जामले अधिकांश यात्रु हिँड्दै
विमानस्थल पुगेका थिए । शुभेच्छुकको भीडबाट माइती नेपालतर्फ जान कठिन भएपछि प्रहरीले उनलाई पार्किङबाट फर्काई विमानस्थलभित्रको भीआईपी बस्ने कोठामा राखेको थियो । आयोजक र प्रहरीले भीड व्यवस्थापन
गर्न नसकेपछि उनी करिब २ घन्टा विमानस्थलभित्रै बस्नुपरेको थियो । त्यस अवधिमा विमानस्थलका विभिन्न शाखाका कर्मचारी र प्रहरी बधाई दिन भित्रै पुगेका थिए । यात्रुका लगेजबाट सामान चोरी भइरहने कारण
पछिल्ला दिनमा बदनाम भइरहेको उक्त कक्षभित्र आउनेहरू भन्थे, 'दिदी बधाई छ, हरेक ठाउँबाट देशको बदनाम भइरहेका बेला तपाईंका कारण हाम्रो शिर पनि उँचो भएको छ ।' उनलाई त्यहीं राखिएका बेला
नागरिक उड्डयन प्राधिकरण र प्रहरीले पत्रकार सम्मेलन गराएको थियो । शुभेच्छुकको भीड बाक्लिने क्रम नरोकिएपछि उनलाई गाडीमा राखेर प्रहरीले स्कटिङ गरी माइती नेपाल पुर्यायो । सशस्त्र प्रहरीका साथै
स्कटिङमा उनका छोराले २ सय बढी स्वयं सेवक पनि परिचालन गराएका थिए । अनुराधाले नेपाली मिडियाको सहयोगका कारण जित भएको बताइन् । 'सीएनएन अवार्ड जिताउने मिडियाको साथ रह्यो उनले पत्रकार
सम्मेलनमा भनिन्, 'यत्रो साथ कसैले पनि सायदै पाएको थिएन ।' आफ्नो जितलाई उनले मानव बेचबिखनविरुद्ध नेपालीहरूले ऐक्यबद्धता जनाएको बताएकी छन् । 'माइती नेपाल माध्यममात्र हो यो जित
चेलीबेटी बेचबिखनविरुद्ध आवाज उठाउने नेपालीको हो,' ५९ वर्षीया कोइरालाले भनिन् । १२ हजार बढी चेलीबेटीलाई बेचबिखनबाट उद्धार गर्ने माइती नेपालकी उनी संस्थापक अध्यक्ष हुन् । १९ दिनअघि उपाधि
थाप्न अमेरिका उडेकी अनुराधाको संस्था १७ वर्षदेखि क्रियाशील छ । प्रकाशित : मंसिर १७, २०६७ ०८:५४ पुस १६, २०६७ पुस १६, २०६७ पुस १४, २०६७ पुस १३, २०६७ पुस ११, २०६७ पुस १०, २०६७ कान्तिपुरका
स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका
विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000
+977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
कोरोना संक्रमणको जोखिमबाट ज्येष्ठ नागरिक कसरी जोगिने?काठमाडौँ — चीनको वुहानबाट सुरु भएर तीन महिनामै विश्वका डेढ सयभन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरस रोग–२०१९ (कोभिड–१९...
१३औं साग खेलकुद१३ औँ दक्षिण एसियाली खेलकुदको मंगलबार साँझ समापन भएको छ । समापन कार्यक्रममा आतिशबाजी र ड्रोन प्रयोग गरेर बनाइएका आकृतिकह...
यस वर्ष गोसाइँकुण्ड मेला नहुनेरसुवा — गोसाइँकुण्डमा यस वर्ष मेला सञ्चालन नहुने भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले शुक्रबार पत्रकार सम्मे...
एमयूमा ‘हेल्मेट शिक्षक’ माथि कडाइसुर्खेत — स्थायी जागिर विश्वविद्यालयमा तर विभिन्न कलेज चहार्दै पढाउने प्रवृत्तिले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ल...
काठमाडौंमा दुई जना मृत भेटिएकाठमाडौं — गोकर्णेश्वर नगरपालिका दक्षिण ढोकामा शुक्रबार बेहोस भेटिएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।महांकाल ब...
Latests News
खुसीले उर्लियो आँसुकाठमाडौ — सीएनएन हिरो उपाधि जितेको १३ दिनपछि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा अनुराधा कोइरालाका आँस...
बाबुराम–उपेन्द्र : एकताको नमुना!प्रचण्ड प्रधानमन्त्री भएर जसरी देउवासँग काँधमा काँध मिलाउँदै संविधान संशोधन गरेर भए पनि केही गर्छु भन्ने देखाउन खोज्दैछन...
एक लाख जनाले छाडे उपत्यकाकाठमाडौँ — कोभिड–१९ को संक्रमण भित्रिने हो कि भन्ने डरले पछिल्लो समय काठमाडौं उपत्यकाबाट घरतर्फ जानेहरू बढेका छन् । काठम...
Vande bharat sleeper: राजस्थान में ‘तूफान’ की तरह दौड़ी वंदे भारत स्लीपर, 26 बार गीले और सूखे ट्रैक पर हुआ ट्रायल | vande bharat sleeper high speed 26कोटा रेल मंडल में अनुसंधान अभिकल्प मानक संगठन, (आरडीएसओ) लखनऊ टीम परिचालन विभाग के सहयोग से 31 दिसबर से वन्दे भारत स्लीप...
पूरा भएको सपनासिरहा, लहान-१ का भीमबहादुर गौतमले घर नजिकैको नेपाल विद्यूत् प्राधिकरणमा जागिर खाएको ३० वर्ष भयो । तर, यी ७० वर्षेको मन श...