आशा बोकेको अपवाद
आशा बोकेको अपवाद"
Play all audios:
काठमाडौ — नेपाली फिल्मको भीडमा आफ्नो छुट्टै उपस्थिति बोकेर आएको ठानिएको 'अपवाद' शुक्रबारदेखि देशभर लाग्दै छ । यसअघि फिल्मले राजनैतिक तरलताका कारण जेठ ५ को रिलिज मिति सारेको थियो ।
<?xml encoding="UTF-8"??> आमा-बाबुको सोच र छोराछोरीको लक्ष्यको तालमेल नहुँदाको परिस्थितिलाई फिल्मले उठाएको छ । प्रमुख भूमिकामा देखिएका राजवल्लभ कोइरालाको फिल्ममा रहेको
फिरन्ते चरित्रलाई कलात्मक ढंगले पस्किएको दाबी गरिएको छ । सुयोगको भूमिकामा देखिएका उनी बुद्धिमान् र ऊर्जाशील हुँदाहुँदै पनि सपनामा तुषारापात भएपछि विरक्तिन्छ । जसले गर्दा जटिल परिस्थितिहरूको
सामना गर्दागर्दै पनि आशाको त्यान्द्रोले उसलाई जीवन निरन्तरताका लागि सघाइरहेको हुन्छ । सुवास कोइरालाले पहिलो पटक निर्देशन गरेको 'अपवाद' मा छायांकार सुसान प्रजापतीले नै लगानी गरेका
हुन् । स्त्रिmन प्ले समेत निर्देशक कोइरालाकै हो । फिल्ममा राजवल्लभ सहित निशा अधिकारी, रवि गिरी, विजया गिरी लगायतले अभिनय गरेका छन् । उज्ज्वल मेघी गुरुङको गीत तथा संगीत रहेको फिल्मलाई राजु
ढुंगानाले सम्पादन गरेका हुन् । फिल्मलाई युवापुस्ताले बढी रुचाउने अपेक्षा गरिएको छ । यसअघि अमेरिका, अस्टे्रलिया र डेनमार्कमा देखाइसकिएको 'अपवाद' लाई हेरेपछि प्रायःले फिल्मको तारिफ
गर्दै सामाजिक सञ्जालमा भावना पोखेका छन् ।प्लान पनि सँगैडिजेहरूको भूमिकामा आधारित रहेर बनाइएको भनिएको शोभित बस्नेत निर्देशित 'प्लान' पनि शुक्रबारदेखि नै लाग्दै छ । कविता श्रेष्ठले
निर्माण गरेको फिल्ममा धीरेन शाक्य, मुकेश ढकाल, राजेन्द्र खड्गी, रागिनी खड्गी, अनीता दाहाल लगायतको अभिनय रहेको छ । निर्देशक बस्नेत समेत यसमा डिजेको भूमिकामा देखिएका छन् । कृष्ण श्रेष्ठको
छायांकन रहेको फिल्मलाई दिनेश न्यौपानेले लेखेका हुन् । संगीत राम श्रेष्ठको हो भने द्वन्द्व राजेन्द्र खड्गीकै । प्रकाशित : असार १, २०६९ ०९:१९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १५, २०६९ पुस १५,
२०६९ पुस १५, २०६९ पुस १५, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल,
विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली
काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
‘देउवाबाहेक जो उम्मेदवार भए पनि एमालेको समर्थन’काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रवीचको गठबन्धनबाट ...
दसैंमा थरिथरिका एसएमएसकाठमाडौं — मोबाइलमा अहिले रिङटोनभन्दा एसएमएस टोन खुबै बज्ने गरेको छ । दसैं आउनुभन्दा साताअघिदेखि धेरै नेपालीको मोबाइलमा ...
‘चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेका हुन् ?’काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासमा कानुन व्यवसायीहरुले चार जना न्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई...
वन, पर्यावरण र साहित्य१. वनलाई रूखहरूको जत्था मात्र भनेर बुझ्दा अर्थ निस्कँदैन । वन्यजन्तु, पन्छीहरू, सरिसृपको बासस्थान पनि हो वनक्षेत्र र यस...
राजस्व र खर्च रोकिन्नकाठमाडौं — संसद्मा बजेटको अंशका रूपमा रहेका आर्थिक, राष्ट्र ऋण र ऋण तथा जमानत विधेयक पारित नभए पनि सरकारी कामकाज नरोकिने...
Latests News
आशा बोकेको अपवादकाठमाडौ — नेपाली फिल्मको भीडमा आफ्नो छुट्टै उपस्थिति बोकेर आएको ठानिएको 'अपवाद' शुक्रबारदेखि देशभर लाग्दै छ । ...
म्यान्मारमा सैनिक 'कु'पछि ५ सय प्रदर्शनकारी मारिएयांगुन — म्यान्मारमा सेनाले फेब्रुअरी १ मा ‘कु’ मार्फत शासन हातमा लिएपछि भएको विरोध प्रदर्शनमा ५ सय जनाको मृत्यु भएको छ...
विद्यालयको पूर्वाधार अध्ययन गर्न टोलीतेह्रथुम — शिक्षाशास्त्रमा स्नातक तह सञ्चालनका लागि सम्बन्धन माग गरेका यहाँका कलेज र उच्च माविको सम्भाव्यता अध्ययन गर्न ...
झापाली समाज अष्ट्रेलियाद्वारा ६० लाख सहयोगअष्ट्रेलिया — अष्ट्रेलियामा रहेको झापाली समाजले अहिलेसम्म ६० लाख बढी सहयोग पुरयाएको एक कार्यक्रममा जानकारी दिइएको छ । &l...
गाउँमा पस्यो बाढी, तटबन्ध भत्कँदा खतराकाठमाडौँ — लगातारको वर्षाले प्रदेश २ का खोलाहरूमा जलस्तर बढेसँगै बस्तीमा कटानको जोखिम बढेको छ । खोलाले तटबन्ध कटान गरेर ...