म्यान्मारमा सैनिक 'कु'पछि ५ सय प्रदर्शनकारी मारिए
म्यान्मारमा सैनिक 'कु'पछि ५ सय प्रदर्शनकारी मारिए"
Play all audios:
यांगुन — म्यान्मारमा सेनाले फेब्रुअरी १ मा ‘कु’ मार्फत शासन हातमा लिएपछि भएको विरोध प्रदर्शनमा ५ सय जनाको मृत्यु भएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार सैनिक ‘कु’ पनि सुरक्षाकर्मीले विरोध प्रदर्शनमा बर्बर दमन गर्दै आएको छ । चैत १४ गते एकै दिन सेनाको गोली लागेर म्यानमारमा कम्तीमा ११४ जना प्रदर्शनकारीको मृत्यु
भएको थियो ।
सोमबार पनि १४ जना सर्वसाधारण सेनाको गोली लागेर मारिएका छन् । शनिबार जुन्ता शासकले राजधानी नेइपिडअमा ७६ औं सशस्त्र फौज दिवस मनाइरहँदा लोकतन्त्र पक्षधरहरूले ‘सैनिक तानाशाहीविरुद्धको दिवस’
भन्दै प्रदर्शन चर्काएका थिए । त्यसक्रममा राजधानी नेइपिडअ, यांगुन र म्यान्डले सहरमा सुरक्षाकर्मीले दमन गरेको हो ।
यसैबीच म्यानमारका नागरिकले सैनिक सरकारविरुद्ध भद्र अवज्ञा आन्दोलनको सुरुवात गरेका छन् । मंगलबारदेखि सैनिक सरकारको विरोधमा सडकमा फोहोर फाल्न सुरु गरिएको छ । प्रदर्शनकारीले सडकमा राखेको
बालुवाको बोरा हटाउन सुरक्षाकर्मीले अत्याधुनिक हतियार प्रयोग गरेको बताइएको छ । कुन हतियार प्रयोग गरेको भन्ने नखुले पनि प्रत्यक्षदर्शीले ग्रिनेड लन्चर हुन सक्ने बताएका छन् ।
दक्षिण ड्यागोन सहरमा पूरै जलेको एउटा शव भेटिएको पनि स्थानीयले बताएका छन् । यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले म्यानमारका सैन्य प्रमुखलाई दमन रोक्न र सर्वसाधारणमाथि गोली
नचलाउन आग्रह गरेका छन् ।
यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र
विश्लेषणलाई समेट्छ।
तपाईंको रायको पक्षमा '+ res_poll.eq(option).find('.total-votes').html() +'.
Trending News
‘देउवाबाहेक जो उम्मेदवार भए पनि एमालेको समर्थन’काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रवीचको गठबन्धनबाट ...
दसैंमा थरिथरिका एसएमएसकाठमाडौं — मोबाइलमा अहिले रिङटोनभन्दा एसएमएस टोन खुबै बज्ने गरेको छ । दसैं आउनुभन्दा साताअघिदेखि धेरै नेपालीको मोबाइलमा ...
‘चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेका हुन् ?’काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासमा कानुन व्यवसायीहरुले चार जना न्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई...
वन, पर्यावरण र साहित्य१. वनलाई रूखहरूको जत्था मात्र भनेर बुझ्दा अर्थ निस्कँदैन । वन्यजन्तु, पन्छीहरू, सरिसृपको बासस्थान पनि हो वनक्षेत्र र यस...
गाउँमा पस्यो बाढी, तटबन्ध भत्कँदा खतराकाठमाडौँ — लगातारको वर्षाले प्रदेश २ का खोलाहरूमा जलस्तर बढेसँगै बस्तीमा कटानको जोखिम बढेको छ । खोलाले तटबन्ध कटान गरेर ...
Latests News
म्यान्मारमा सैनिक 'कु'पछि ५ सय प्रदर्शनकारी मारिएयांगुन — म्यान्मारमा सेनाले फेब्रुअरी १ मा ‘कु’ मार्फत शासन हातमा लिएपछि भएको विरोध प्रदर्शनमा ५ सय जनाको मृत्यु भएको छ...
विद्यालयको पूर्वाधार अध्ययन गर्न टोलीतेह्रथुम — शिक्षाशास्त्रमा स्नातक तह सञ्चालनका लागि सम्बन्धन माग गरेका यहाँका कलेज र उच्च माविको सम्भाव्यता अध्ययन गर्न ...
झापाली समाज अष्ट्रेलियाद्वारा ६० लाख सहयोगअष्ट्रेलिया — अष्ट्रेलियामा रहेको झापाली समाजले अहिलेसम्म ६० लाख बढी सहयोग पुरयाएको एक कार्यक्रममा जानकारी दिइएको छ । &l...
गाउँमा पस्यो बाढी, तटबन्ध भत्कँदा खतराकाठमाडौँ — लगातारको वर्षाले प्रदेश २ का खोलाहरूमा जलस्तर बढेसँगै बस्तीमा कटानको जोखिम बढेको छ । खोलाले तटबन्ध कटान गरेर ...
कानेखुसी यन्त्रअमेरिकाबाट फर्कंदा देबुका खुट्टा भुइँमा थिएनन् । कारण थियो— काकाले दिएको कानेखुसी यन्त्र । झ्वाट्ट हेर्दा मोबाइलबाट गीत ...