जब महानगर जलमग्न बन्यो...
जब महानगर जलमग्न बन्यो..."
Play all audios:
विराटनगर — हरेक वर्षायाममा विराटनगर डुबानमा पर्छ । यसपालि भने पहिलेभन्दा भयावह अवस्था रह्यो । एक/दुई दिन लगातार पानी पर्ने मध्यवर्षाका बेला यसअघि पिँडुलासम्म आइपुग्ने गरी पानी जम्ने स्थानमा
यसपटक कम्मरभन्दा माथि आएर जलमग्न भयो । <?xml encoding="UTF-8"??> अधिकांश घरका भुइँतलामा बस्नै नसक्ने गरी भल पसेको थियो । एक घरबाट अर्कोमा जान सक्ने अवस्था थिएन । वर्षामा
स्वाभाविक रूपमा भलबाढी आउँछ । तर यसपटक बढी नै डुबान भएकाले कारण खोज्न थालिएको छ । महानगरपालिकाले यसबारे अध्ययन सुरु गरेको छ । अध्ययनपछि डुबानको समस्या हुन नदिने उपाय अपनाइने महानगर स्रोतले
बतायो । खासगरी खोला क्षेत्र अतिक्रमण हुनु, होचो स्थानमा बनाइएका घरहरू पछि सडक बन्दा तल पर्नु, घर बनाउने क्रममा पछिको अवस्था अनुमान नगरी संरचना तयार पार्नुजस्ता मानवीय पक्ष पनि यो अवस्थाको
कारक रहेको जानकारले बताए ।महानगरपालिका इन्जिनियर घनश्याम काफ्लेका अनुसार खोलाको सतह घटदै गएपछि बाढीको पानी ‘ओभरफ्लो’ भएर नगरमा भलबाढी पसेको हो । त्यसैले सधैंभन्दा यसपालि बढी क्षति भएको उनले
बताए । पूर्वको सिंगिया र पश्चिमको केसलिया खोलाबाट ‘ओभरफ्लो’ भएको पानी १२ देखि १५ फिट माथिसम्म पाइएको उनको भनाइ छ । ती खोलामा सुनसरी र मोरङको सीमा भएर बग्ने बूढीखोलामा थुनिएर पछि एक्कासि आएको
पानी पनि मिसिएकाले सहज निकास हुन नपाएको उनले बताए । ‘मानवीय अनि अरू कारणले खोलाको क्षेत्रफल साँघुरिँदै गरेको छ,’ काफ्लेले भने ।महानगरपालिकाले यसपालि किन बढी डुबानको अवस्था आइपरेको हो
भन्नेबारे अध्ययन गर्न सुुरु गरेको उनले बताए । इन्जिनियरिङ दृष्टिले अध्ययन गरी जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयसँग समन्वय गरी के गर्न सकिन्छ भन्ने प्रयास गरिने काफ्लेले बताए ।दुई खोलाको
बाढीखासगरी पूर्वमा सिंगिया खोला अनि पश्चिममा केसलिया खोलामा बढी बाढी आएकाले यसपालि विराटनगरमा विगतभन्दा धेरै डुबान व्यहोर्नुपर्यो । महानगरका १ देखि १९ वडासम्म ८० प्रतिशत घर डुबानमा परेका
थिए । महानगरभित्र कतिपय ठाउँमा सडक, ढल, नाला बन्दै गरेकाले व्यवस्थित ढल निकासको अभावमा वर्षा र बाढीको पानीले निकास नपाउँदा घरघरभित्र पसेको थियो । भित्री सडकमा कम्मरकम्मरसम्म पानी जमेको थियो
। एक टोलबाट अर्को टोल जान सक्ने अवस्था थिएन ।खानेपानीको अधिकांश धारा र चापाकल पानीमा डुबेका थिए । महानगरका करिब ५० हजार परिवारमध्ये ६० प्रतिशतले ट्युबवेलको पानी प्रयोग गर्दै आएका छन् ।
पानीमा डुबेकाले ट्युबवेलको पानी अस्वस्थकर हुन सक्ने भएकाले बिरामी पर्ने र महामारी फैलन जोखिम अझै कायम छ । कतिपय परिवारले आकासको पानी भाँडामा थापी उमालेर प्रयोग गर्दै आएका छन् । ‘मिनरल वाटर’
किन्न जान सक्ने अवस्था पनि थिएन । भए पनि बजारमा पाइन छाडेको थियो ।‘प्रलय होलाजस्तो’‘यतिसाह्रो डुबानमा परेको यसअघि कहिल्यै थाहा थिएन,’ महानगर ३ कन्यामार्गका ओम दाहालले भने, ‘यसपालि त प्रलय नै
आएजस्तो भयो ।’ घरको भुइँतला आधाभन्दा बढी डुबेर पीडित बनेका उनले राति नै घरसँगै बगिएला भन्ने त्रासले परिवार र छिमेकी सुत्नै नसकेको बताए । हाल स्तरोन्नति भइरहेको कोसी राजमार्गको उचाइ अझै
बढेको तर राजमार्ग वारिपारिका क्षेत्रमा जम्ने पानी निकास नभएकाले बढी क्षति भएको उनले बताए । ‘आफैं सुकेर घट्नुपर्ने अवस्था छ,’ उनले भने, ‘व्यवस्थित नाला बनाएर पानी बग्ने उपाय नगरे अब सधैं
बर्खामा यस्तै हुन्छ ।’डुबानकै कारण यसपटक लामो समयसम्म शैक्षिक संस्था पनि बन्द भए । पानी सुक्दै गएपछि केही विद्यालय भने सञ्चालन हुन थालेको प्याब्सन मोरङका अध्यक्ष वासुदेव न्यौपानेले बताए ।
बाहिरी जिल्लाबाट अध्ययनका क्रममा बसिरहेका धेरै विद्यार्थी घर फर्केका थिए । जताततै पानी भएकाले ४/५ दिनसम्म सरकारी कार्यालयमा सेवाग्राही शून्य थियो । कर्मचारी पनि आधाभन्दा कममात्र उपस्थित थिए
।८० प्रतिशत घर डुबेदशक अघिसम्म बनेका घर प्राय: होचो स्थानमा छन् । त्यसमाथि पछि बनेका सडकको उचाइ बढेपछि झन् समस्या भएको हो । महानगरका ८० प्रतिशतभन्दा बढी घर डुबानमा परेका थिए । भुइँतलामा
बस्नै नसक्ने अवस्था भएपछि कतिपय माथिल्लो तलामा सरेका थिए भने एकतले घर हुनेहरू छिमेकी र आफन्तको शरणमा पुगे । पछि बनेका घर भने भुइँतला नै निकै अग्लो बनाउने चलन भएकाले त्यस्तामा बाढी पानी पस्न
पाएन ।विराटनगर भएर बग्ने सिंगिया खोलामा आएको बाढी पुलमा थुनिएपछि ‘ओभरफ्लो’ भएर नगर क्षेत्रमा पसेको हो । यसले नगरको पूर्वी क्षेत्र पूरै डुबानमा पारेको थियो । केसलिया खोलाको बाढीले पश्चिमी
क्षेत्र जलमग्न बनेको थियो । यसैबीच, केसलिया खोलामा बाँसको ‘प्रकोपाइन’ बनाएर नियन्त्रणको काम थालिएको छ । बाढीले मोरङको बूढीगंगा २ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर भत्काएको थियो । नहर
भत्केपछि आसपासका गाउँ हुँदै भलबाढीले नगर क्षेत्रलाई प्रभावित पारेको थियो ।भत्किए नहरबाढीले बढीगंगा २ स्थित नहर ४ ठाउँमा गरी २ सय मिटर भत्काएको छ । जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन
विराटनगरका प्रमुख डा. देवनारायण साहले ९ सय क्युमेक्स पानी बहाव क्षमता रहेको केसलिया खोलामा १३ सय क्युमेक्ससम्म पानीको बहाव थियो । यही कारण बढी भएको पानी छताछुल्ल हुन गई आसपास क्षेत्र डुबानमा
परेको उनको भनाइ छ । केसलिया र बस्ता नहरको बाढी पसेर विराटनगर विमानस्थल प्रभावित भएको हो । यहाँ सातायता उडान हुन सकेको छैन । प्रकाशित : भाद्र ३, २०७४ ०८:३६ पुस ६, २०७४ पुस ६, २०७४ पुस ६,
२०७४ पुस ६, २०७४ पुस ६, २०७४ पुस ६, २०७४ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार,
मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस
पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
‘देउवाबाहेक जो उम्मेदवार भए पनि एमालेको समर्थन’काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रवीचको गठबन्धनबाट ...
'सुपारीमा सरकारी लगानी न्यून’बिर्तामोड — यहाँका किसानले आम्दानीको राम्रो सम्भावना भए पनि सरकारी बेवास्ताका कारण सुपारी खेतीलाई अझै पूर्ण व्यावसायिक ब...
कृत्रिम रसायन रोज्ने कि जैविक मल ?कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीको संयोजनमा रासायनिक मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्न कार्यदल बनेको छ । ह...
खनजोत नगरी गहुँछिटाहा (सुनसरी) — खेत खनजोत नगरी गहुँ छर्ने प्रविधि दक्षिणी गाउँका किसानले भित्र्याएका छन् । <?xml encoding="UTF...
विकल्पको बहसविश्वराजनीतिलाई चकित पार्ने बैसट्ठी–त्रिसट्ठीको जनक्रान्तिलाई संस्थागत गर्दै गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशिता, धर...
Latests News
जब महानगर जलमग्न बन्यो...विराटनगर — हरेक वर्षायाममा विराटनगर डुबानमा पर्छ । यसपालि भने पहिलेभन्दा भयावह अवस्था रह्यो । एक/दुई दिन लगातार पानी पर्...
विकल्पको बहसविश्वराजनीतिलाई चकित पार्ने बैसट्ठी–त्रिसट्ठीको जनक्रान्तिलाई संस्थागत गर्दै गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशिता, धर...
दुई मधेसी मोर्चा फेरि जुट्दैकाठमाडौं — १६ बुँदे सहमतिको पर्सिपल्ट फुटेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आठ महिनापछि फेरि एक हुने भएको छ ।बिहीबार ...
साहित्य अकादमीमा संयोग र वियोगकाठमाडौँ — भारतीय साहित्य अकादमी, नयाँ दिल्लीले नेपाली भाषा औ साहित्यलाई स्वीकृति प्रदान गरेको पनि साढे चार दशकको समय ब...
'सुपारीमा सरकारी लगानी न्यून’बिर्तामोड — यहाँका किसानले आम्दानीको राम्रो सम्भावना भए पनि सरकारी बेवास्ताका कारण सुपारी खेतीलाई अझै पूर्ण व्यावसायिक ब...