यातायात बन्दको मार

Ekantipur

यातायात बन्दको मार"

Play all audios:

Loading...

सर्लाही — दैनिक करिब ३० टन तरकारी उत्पादन गर्ने लालबन्दीका किसानले यातायात व्यवसायीको बन्दका कारण बिक्री नभएपछि शनिबार पूर्व-पश्चिम राजमार्गमा फालेर विरोध प्रदर्शन गरेका छन् । <?xml


encoding="UTF-8"??> यहाँ उत्पादन भएका तरकारी देशका विभिन्न सहरमा पुग्ने गर्छ । तरकारीको व्यावसायिक खेती गर्ने किसानले उत्पादनको उचित मूल्य नपाएको विरोधमा तरकारी फ्याँकेको बताएका


छन् । अघिल्ल्ाो दिनसम्म प्रतिकिलो सरदर १८ रुपैयाँमा बिक्री भएको बोडी, करेला, लौकाजस्ता तरकारी बन्दकै कारण ५ रुपैयाँमा पनि नबिकेको लालबन्दी-७ का किसान मेघबहादुर लामाले बताए । 'बन्दकै


कारण कौडीको भाउमा बेच्नुपरेपछि सडकमा फालेका हौं,' उनले भने, 'किसानलाई मार पार्ने बन्द कसैले नगरोस् ।' उनले एक किलो तरकारी उत्पादन गर्न कम्तीमा ५ रुपैयाँ खर्च लाग्ने बताए ।


प्रत्येक दिन लालबन्दी बजारमा मात्रै लाखौंको तरकारी खरिद-बिक्री हुने गर्छ । व्यापारीले किसानसँग खरिद गरेको तरकारी काठमाडौं, पोखरा, वीरगन्ज लगायतका देशका प्रमुख सहरमा लैजाने गर्छन् । यातायात


बन्दका कारण तरकारी ढुवानी गर्न सक्ने अबस्था नभएकाले भाउ घटेको व्यापारी रामदरेश चौधरीले बताए ।किसानले सडकमा खन्याएपछि व्यापारीले किनेर गोदाम गरेको तरकारीसमेत फालेका थिए । बन्दमा चलेका निजी


सवारीलाई उनीहरूले तरकारीले झटारो हानेर बन्द गराए । सडकमा फर्सी, करेला, बोडी, लौका, घिरौंलाजस्ता तरकारी फालिएको थियो । प्रहरीले रोक्दारोक्दै केही व्यापारीले खरिद गरिराखेको तरकारी किसानले


फालिदिए । केही किसानले साप्ताहिक हाटमा पुर्‍याएर तरकारी बेचेका थिए । पत्थरकोटका किसान गुन्जमान गोलेले १० किलोमिटर टाढा हरिवन बजार लगेर ३० किलो बोडी बेचेको बताए । 'बन्दले भाउ नपाएपछि


हरिवनको हाटमा लगेर बेचें,' उनले भने, 'त्यहाँ राम्रै भाउ आयो ।'किसानको प्रदर्शनपछि त्यहाँका व्यापारीले केही बढी मूल्यमा तरकारी किन्न सहमति जनाएका छन् । बोडी, करेला १० रुपैयाँ


किलो, लौका ८ रुपैयाँ किलो खरिद गर्ने सहमति भएको चौधरीले बताए । लालबन्दी चौकीका प्रहरी नायब निरीक्ष्ाक सन्तोष श्रेष्ठले किसानले केही घटी र व्यापारीले केही बढी दिने गरी किनबेच गर्ने सहमति भएको


जानकारी दिए । लालबन्दी कृषिउपज बजार समितिका अध्यक्ष गोविन्द महतले बन्दका कारण किसानलाई ठूलो क्ष्ाति भएको बताए । प्रकाशित : श्रावण २८, २०६९ ०९:०२ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस


१६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन,


खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क,


थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

सामाजिक न्यायका लागि राज्य पुनर्संरचना

काठमाडौ — संविधानसभाको राज्यको पुनःसंरचना र राज्यशक्तिको बााडफााड समितिले संघीय एकाइ निर्माणका लागि तय गरेका पहिचानका ५ ...

पारमाणविक कानुनको औचित्य

विकिरण तथा रेडियोधर्मी पदार्थको प्रयोगले एकातिर मानवीय जीवनका यावत् क्रियाकलापलाई सरल तथा विश्वसनीय बनाएको छ भने अर्काति...

म्यानमार नरसंहारको विरोधमा यूएनको कार्यालय अगाडि प्रदर्शन

न्युज अफ नेपाल, काठमाडौं । ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (यूएन)को कार्यालय अगाडि म्यानमारमा भएको नरसंहारको व...

पर्यटक र लगानी भित्र्याउन कतारमा नेपाली मेला

दोहा -कतार — नेपालमा पर्यटक र लगानी भित्र्याउन कतारस्थित नेपाली दूतावासले दोहामा बुधबार प्रवर्द्धनात्मक मेला आयोजना गरेक...

कस्तो होस् जीवनशैली?

काठमाडौं — मानिसका रोगहरूलाई योगले समेत ठीक पार्नुपर्ने सन्देशसहित डा. राजु अधिकारीले चौथो पुस्तक ल्याएका छन् । ‘यस्तो ह...

Latests News

यातायात बन्दको मार

सर्लाही — दैनिक करिब ३० टन तरकारी उत्पादन गर्ने लालबन्दीका किसानले यातायात व्यवसायीको बन्दका कारण बिक्री नभएपछि शनिबार प...

बनेन पूर्वाधार

कपिलवस्तु — कपिलवस्तु नगरपालिका १ भिक्षु चोकका उमेश बास्कोटा बजारिया बनेको तीन दशक पुग्यो । तर, सधैं वर्षामा घर छेउको रा...

चितवनमा ७२ घण्टामै ५० शय्याको अस्पताल

चितवन — भरतपुर महानगरपालिकाले कोभिड–१९ का शंकास्पद वा संक्रमितको उपचार गर्न ७२ घण्टामै अस्थायी अस्पताल बनाएको छ । भरतपुर...

संरक्षणको पर्खाइमा पालुकास्थान मन्दिर

प्यूठान — पूर्वी प्यूठानीको धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको ऐतिहासिक पालुकास्थान मन्दिर संरक्षणको अभावले जीर्ण बन्...

गण्डकी

कास्कीको माछापुच्छ्रे गाउँपालिका भिडाबारी डाँडागाउँ जोड्ने इदिखोलामा मोटरेबल पुल बन्ने भएपछि स्थानीय खुशी भएका छन्  । पु...

Top