बढी भाडा लिँदै एसी बस
बढी भाडा लिँदै एसी बस"
Play all audios:
(बुटवल) — बुटवलकी आशा गुरुङले शनिबार काठमाडौं जान पश्चिम नेपाल लु१ख ४४६९ नम्बर बसको टिकट एक हजार रुपैयाँमा किनिन् । टिकट झन्डै दोब्बर महँगो भएपछि उनले सोधपुछ गर्दा एसीसहित सेमी सिल्पर सुविधा
भएको जवाफ पाइन् । <?xml encoding="UTF-8"??> बुटवलदेखि काठमाडौं २ सय ५९ किलोमिटर छ । त्यसमा सरकारले ५ सय १९ रुपैयाँ भाडादर तोकेको छ । यातायात सञ्चालन नियमावलीमा सवारी साधनको
सेवाको गुणस्तर अनुसार न्युनतम भाडामा २० प्रतिशत मूल्य थपेर डिलक्स र डिलक्समा २० प्रतिशत थपेर एसी बस संचालन गर्न पाउने व्यवस्था छ । जसअनुसार डिलक्स बसले ५ सय १९ रुपैयाँको २० प्रतिशत धेरै
अर्थात ६ सय २२ रुपैयाँ ८० पैसा लिन पाउँछन् । एसी बसमा डिलक्सको २० प्रतिशत धेरै अर्थात् ७ सय ४७ रुपैयाँ ३६ पैसा भन्दा धेरै लिन पाइदैन । तर, यात्रुले एसी बसका नाममा झण्डै दोब्बर भाडा तिर्न
बाध्य छन् । पश्चिम नेपाल र सिद्धार्थ यातायात प्रालिले यति ट्राभल्स, मन्जुश्री यातायात, रकेट यातायात, ग्लोबल एसी, सलिना मेटो, मिरा बुलेटलगायतका नाममा मिलेमतोमा एसी बसको भाडादर कायम गरेका छन्
। सरकारले सार्वजनीक सवारी साधनमा हुने मिलेमतो हटाउन सिन्डीकेट खारेज गरेपनि व्यवसायीले अहिलेपनि मिलेमतोमै भाडा र सवारी साधन तय गर्ने गर्छन् । पछिल्लो समय यातायात व्यवसायीले एसी बसका नाममा
मनपरी भाडा असुल्न थालेका हुन् । अर्को विकल्प नहुँदा साविक भाडाको दोब्बर बढी रकम असुल्दा पनि यात्रु यात्रा गर्न वाध्य छन् । सरकार र यातायात ब्यवसायीबीच सेवाको गुणस्तर अनुसार छोटो तथा लामो
दुरीको सवारी साधनमा भाडादर निर्धारण गरिएको हुन्छ । जसमा ईन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत हुन्छ । यातायात ब्यवस्था कार्यालय सवारी रूपन्देहीका शाखा अधिकृत मुक्ति पाण्डेले
बुटवलदेखि काठमाडौको यात्रामा सरकार र सवारी ब्यवसायीबीच सम्झौता अनुसार साधारण सवारीमा ५ सय २०, डिलक्समा ६ सय २५ र स्तरीय (एसी) बसमा ७ सय ५० रुपैयाँ भाडा तोकिएको बताए । तर, भाडादर लागू भए
/नभएबारे सरकारी अनुगमन छैन । यसले व्यावसायीको मनपरी बढेको हो । ‘कसैले उजुरी गरे अनुगमन गर्छौं,’ उनले भने, ‘गत असारमा व्यावसायीसँग छलफल गरेरै तोकिएभन्दा धेरै भाडा नलिन पनि प्रतिवद्ध बनाएका
थियौं ।’ यातायात व्यवस्था सम्बन्धी ऐनमा तोकेभन्दा बढी मुल्य लिने यातायात व्यवसायीलाई एक हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । तर, सरकारी भाडा दर हेरेर उजुरी गर्ने यात्रु
छैनन् । अनुगमन गर्ने सरकारी निकाय छैन । यसले गर्दा दैनिक हजारौ यात्रु ठगिने गरेका छन् । पछिल्लो समय एसी बसमा सलिना एसी, सलिना मेट्रो, मीरा बुलेट, अर्जुनरथ सुपेरियर बस भित्राएका छन् । एसी बस
आरामदायी छन् । फ्रि वाइफाई सुबिधा छ । सुरक्षाका लागि सिसी क्यामेरासमेत जडान गरिएको हुन्छ । पश्चिम नेपाल यातायातका अध्यक्ष दधि खरेलले राज्यले तोकेभन्दा धेरै सुबिधा दिएर यात्रुको सन्तुष्टी
अनुसार भाडा लिएको दाबी गरे । तसर्थ यात्रुको गुनासो पनि नआएको उनले बताए । ‘राज्यले नै व्यावसायीलाई धराशायी बनाएको छ । हामी पीडित छौं,’ उनले भने, ‘लागत खर्च हेर्ने हो भने अहिले गाडी नचलाएपनि
हुने अवस्था छ । ८० लाख रुपैयाँ भन्दा कममा बस आउँदैनन् । भाडाको रकमले बैंकको किस्ता पनि तिर्न पुग्दैन ।’ सिद्धार्थ यातायातका संचालक सुनिलराज विष्टले यात्रुलाई बढी सुविधा दिएर थप भाडा लिनु गलत
नहुने बताए । ‘सार्वजनिक यातायात सुविधा सम्पन्न भएनन् भनेर सुविधा सम्पन्न बस ल्याएका हौं,’ उनले भने, ‘हामी पनि मुनाफामा चल्ने हो । सुबिधा धेरै तर, भाडा कम हुँदैन ।’ एसी बसले बीचबाट चढेपनि
मुल गन्तव्यदेखिकै भाडा लिन्छन् । जस्तै भैरहवाबाट छुट्ने एसीबसले बुटवल वा कपिलवस्तुबाट छुट्ने बसले नवलपरासीबाट यात्रु चढाएपनि भाडा त्यतिनै तिर्नुपर्छ । पश्चिम नेपाल बस व्यावसायीले अनलाइनबाट
टिकट काटिने भएकाले सुरुदेखिकै भाडा लाग्ने जनाएको छ । रूपन्देहीका यातायातले पछिल्लो समय सिल्पर बस भित्राएका छन् । जसका अनलाइन टिकट छैन । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख मधु
लुइँटेलले व्यवसायीले डिलक्सका पनि विभिन्न रुप र एसीका विभिन्न रुप भनेर धेरै भाडा लिएको भएपनि कारबाही प्रक्रिया नथालेको बताए । ‘यात्रुबाट गुनासो आए यातायात व्यवस्था कार्यालयको रोहबरमा
व्यवसायीलाई कारबाही र यात्रुलाई क्षतिपूर्ती दिने हो,’ उनले भने, ‘तर सिधै गुनासो आएको छैन ।’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष नोर्बु लामाले यातायातमा सुधार आवश्यक रहेको बताए । ‘सरकारले
वैज्ञानीक भाडादर कायम गरोस्,’ उनले भने, ‘तर तोकिएभन्दा बढी भाडा लिएर यात्रु ठग्ने काम बन्द होस् ।’ प्रकाशित : मंसिर २२, २०७६ १०:२३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर
राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा
पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright
ekantipur.com
Trending News
तालमा ताल मिलाई...काठमाडौं — कुनै बेला गाउँघरका हरेक चाडपर्वमा बज्थ्यो, मादल । गाउँघरमा संगीत र मनोरञ्जनको साधन नै मादल थियो । विहेमा रत्य...
कल्याणकारी राज्यमा महिलालाई दिइने अवसरकाठमाडौँ — बिस्तारवादी राजनीतिक उतारचढावका कारण विश्वमै १८ औं शताब्दीसम्म कल्याणकारी राज्यको अवधारणाले खासै महत्व पाएन त...
अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधनब्युनस आयर्स । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ । स्थान...
गाउँका सयपत्रीकाठमाडौ — हुनलाई उनी भण्डारी हुन् । पारिजातबाट प्रभावित भएर उनी साहित्यतिर लहसिन थाले र थरको ठाउँमा 'सयपत्री' ...
भर्सटायल एक्टरगुरुकुलको अन्तिम ब्याचका अन्तिम विद्यार्थी हुन्, विपिन कार्की । जतिबेला विपिन उदाउँदै थिए, ठ्याक्कै त्यही बेला गुरुकुल अ...
Latests News
बढी भाडा लिँदै एसी बस(बुटवल) — बुटवलकी आशा गुरुङले शनिबार काठमाडौं जान पश्चिम नेपाल लु१ख ४४६९ नम्बर बसको टिकट एक हजार रुपैयाँमा किनिन् । टिकट...
कांग्रेसको प्रारम्भिक अधिवेशन सकियोकाठमाडौ — कांग्रेसको गाउँ/नगर अधिवेशन आइतबार केही ठाउँबाहेक मुलुकभर विवादरहित रूपमा सम्पन्न भएको छ । <?xml encoding=&...
शौचालय हाम्रा शिक्षालयकाठमाडौँ — देश कति सभ्य छ जान्न शिक्षालय हेर्नु, घर कति सफा हो बुझ्न शौचालय छिर्नु । त्यस्तो भन्ने गरिन्छ तर हाम्रा प्रा...
चीनले दिएको कोरोनाविरुद्धको खोप बुधबारदेखि लगाइनेकाठमाडौँ — चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप बुधबारदेखि लगाउन सुरु गरिने भएको छ । <?xml encoding=...
कथा- कान्तिपुर कतार - कान्तिपुर समाचारचारैतिर प्रकृतिले घेरिएको त्यो सुन्दर बस्ती बिहानीको उषाकिरणसँगै मोतीझैं टल्किने त्यो हिमसिखरहरू, घना जंगलको बीचमा गुराँ...