प्रधानमन्त्री संविधानका भक्षक : महतो
प्रधानमन्त्री संविधानका भक्षक : महतो"
Play all audios:
सर्लाही — जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीकै कारण लोकतन्त्र र संघीयता गुम्ने खतरा बढेको बताएका छन् । संविधानको रक्षा र यसको कार्यान्वयनको
मुख्य जिम्मा पाएका प्रधानमन्त्री नै भक्षक भएको उनले आरोप लगाए । <?xml encoding="UTF-8"??> सर्लाही सदरमुकाम मलंगवामा शनिबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता महतोले संसद्
विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको बताए । संविधानमै नभएको व्यवस्था लागू गरेर प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमनतर्फ धकेलेको उनले आरोप लगाए । प्रधानमन्त्री ओलीलाई तानाशाहको संज्ञा दिँदै
उनले आफ्नो स्वार्थ पूरा नभएपछि तानाशाही प्रवृत्तिमा संसद् विघटन गरेको दाबी गरे । ‘जनताले पाँच वर्षसम्म देश हाँक्न जिम्मा दिएको नेकपालाई प्रधानमन्त्री ओलीले ३ वर्षमै संसद् विघटन गरेर अपमानित
गरेका छन्,’ उनले भने, ‘मुलुक समृद्ध हुने बेला संसद् विघटन भएपछि देश ठूलो दुर्घटनातर्फ उन्मुख भएको छ ।’ संविधान निर्माणका क्रममा अधिकार र पहिचानका लागि आफूहरु लडिरहे पनि एकतर्फी रुपमा संविधान
लादिएको उनको भनाइ छ । ‘नश्लवादी चिन्तन भएका ओलीले आफ्नो स्वार्थ पूरा नभएपछि संसद् विघटन गरेका हुन्,’ उनले भने । कार्यकर्तालाई सम्बोधन गर्दै नेता महतोले लोकतन्त्र रक्षाका लागि मधेसका जनता
फेरि पनि लड्नुपर्ने अवस्था आएको बताए । ‘हामी पहिलादेखि नै संविधानविरुद्ध थियौं, अहिले प्राप्त लोकतन्त्र र संघीयता खतरामा परेकाले असंवैधानिक कदमको विरोध गरेका हौं,’ उनले भने, ‘यसमा तपाईंहरुको
साथ चाहिन्छ, नत्र फेरि निरंकुशता हाबी हुन सक्छ ।’ संसद् पुन:स्थापनाका लागि नेकपाको दाहाल–नेपाल समूह, नेपाली कांग्रेस र जसपा एकजुट भएर अगाडि बढ्नुपर्ने बेला आएको उनको भनाइ थियो । अहिले
मुलुकमा निर्वाचनको सम्भावना नै नरहेको नेता महतोले दाबी गरे । प्रकाशित : माघ ३, २०७७ १९:५० कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो
। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना
कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
टोकियोमा नेपाली घरटोकियो — जापानीका लागि नेपाली खानाको मेनु नौलो हैन । जापानका विभिन्न सहरमा फैलिएका नेपाली रेस्टुरेन्टहरूका खास पारखी जाप...
पाण्डे आमरण अनशनमाकाठमाडौ — सामाजिक सद्भाव कायम राख्ने संविधान जारी होस् भन्दै कांग्रेसका पूर्वसांसद शंकर पाण्डे मीनभवनमा आमरण अनशन बसेका ...
घरमा आगो लाग्दा दुई लाख नगद खरानीराजविराज — सप्तरीको १ नम्बर योगिनियाँ गाविसमा आज(बुधवार) दिउँसो अचानक भएको आगलागीमा एक दलित परिवारको सर्वस्वःसम्पत्ती खर...
प्रदेश संसद्मा समस्यैसमस्याकाठमाडौँ — संघीयताको पूर्ण अभ्यास गरेको ६ महिना बितिसक्दा पनि प्रदेशलाई कानुनी रूपमा सक्षम बनाउन भूमिका खेल्ने प्रदेश सं...
सन्नी देओलका कान्छा छोरा पनि बलिउडमा डेब्यु गर्दैकोभिडबीच फिल्म निर्माणको संख्या घटे पनि बलिउडमा स्टार किडको डेब्यु भने रोकिएको छैन । अभिनेता सन्नी देओलका कान्छा छोरा रा...
Latests News
प्रधानमन्त्री संविधानका भक्षक : महतोसर्लाही — जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीकै कारण लोकतन्त्र र संघीयता गु...
चीनले ट्रम्प सरकारका विदेश मन्त्री माइक पोम्पियोमाथि लगायो प्रतिबन्धडोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपति पदको कार्यकालको अन्तिम दिन उनका विदेशमन्त्री माइक पोम्पियोले चीनका विगर मुसलमानमाथि ...
Rajasthan Board Praveshika Result: परिणाम घोषित, यहां देखें अपना रिजल्टBoard of Secondary Education Rajasthan आज 10वीं के रिजल्ट के साथ साथ 10th Praveshika का रिजल्ट भी जारी कर दिया है। इस बा...
कालीमाटी बजारमा कोरोना परीक्षण (तस्बिरहरू)काठमाडौँ — कालीमाटी तरकारी बजारमा बिहीबार कोरोना परीक्षण गरिएको छ । कोरोना परीक्षण गर्न ६ सय जनाको नमुना संकलन गरिएको हो...
‘थ्री नेसन्स कप’को उपाधि नेपाललाईन्युज अफ नेपाल, काठमाडौं । नेपालले बंगलादेशलाई पराजित गर्दै थ्रि नेसन्स कप फुटबलको उपाधि जितेको छ। शनिबार दशरथ रंगशालामा...