लागू औषधका व्यापारीलाई सर्वोच्चले निस्सा दिएन
लागू औषधका व्यापारीलाई सर्वोच्चले निस्सा दिएन"
Play all audios:
काठमाडौ — लागू औषधको मुद्दामा थुनिएका एक विदेशीलाई सर्वोच्च अदालतले पुनरावेदनको निस्सा दिई थप सुनुवाइ गर्न अस्वीकार गरेको छ । <?xml encoding="UTF-8"??> सर्वोच्चका न्यायाधीश
ताहिरअली अन्सारी र ज्ञानेन्द्रबहादुर कार्कीको इजलासले एक वर्षदेखि थुनामा परेका पोल्यान्डका नागरिक जर्जी मोस्टलाई उनलाई तल्ला अदालतहरूले दिएको सजायविरुद्ध पुनरावेदनको अधिकार नभएको निर्णय
बिहीबार सुनाएको हो । मोस्ट २०६७ असार १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे ६ किलो चरेससहित पक्राउ परेका थिए । लागू पदार्थको अवैध व्यापारमा संलग्न भएको आरोप लगाउँदै उनीविरुद्ध
सरकारले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश बालेन्द्र रूपाखेतीले २०६७ पुस १२ गते २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएका थिए । त्यसविरुद्ध जर्जीले
पुनरावेदनको निवेदन दिएका थिए । पुनरावेदन अदालत पाटनले गत असार ७ गते जिल्ला अदालतकै फैसला सदर गरिदिएको थियो । सुरु र पुनरावदेन दुवै अदालतले लगातार एउटै फैसला गरिदिए सर्वोच्चमा पुनरावेदन गर्ने
अधिकार हार्ने पक्षलाई हुँदैन । यस्तोमा पुनरावेदन गरिपाऊँ भनेर निवेदन दिन भने पाइन्छ । तल्ला अदालतको फैसलामा गम्भीर कानुनी त्रुटि देखिए सर्वोच्चले निवेदकको मागबमोजिम पुनरावेदन गर्ने अनुमति
दिन्छ । यस्तोलाई निस्सा प्रदान भनिन्छ । तर फैसला कानुनबमोजिम नै भएको देखिए सर्वोच्चले निस्सा दिन अस्वीकार गर्दछ । यस्तोमा सुरु अदालतले जे फैसला गर्यो त्यो नै अन्तिम हुन जान्छ । प्रकाशित :
पुस २९, २०६८ ००:०० पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज
पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु
सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
लागू औषधका व्यापारीलाई सर्वोच्चले निस्सा दिएनकाठमाडौ — लागू औषधको मुद्दामा थुनिएका एक विदेशीलाई सर्वोच्च अदालतले पुनरावेदनको निस्सा दिई थप सुनुवाइ गर्न अस्वीकार गरेक...
'संविधान कार्यान्वयनमा सत्ता र प्रतिपक्षजस्तो हुनु भएन'संविधान कार्यान्वयनसँंग जोडिएका र एक वर्षभित्र नगरी नहुने कामहरू पुरा भइसकेका छन्। कतिपय विषय २ वर्षभित्र, मौलिक हकमा व्...
समान मानिऊन् बुहारी-ज्वाइँनागरिकतासम्बन्धी बहस केही दिनयता सर्वत्र छाइरहेको छ, जसमा राष्ट्रवाद र लैंगिक गरी दुई पक्षधर छन् । राष्ट्रवादसँग जोडिएका...
मोर्चा आबद्ध दलमा पार्टी प्रवेशको होडबाजीमोरङ — साढे पाँच महिनादेखि आन्दोलनरत संयुक्त मधेसी मोर्चा आबद्ध दलहरूबीच पछिल्लो समय तराई मधेसका जिल्लामा पार्टी प्रवेश ...
विघटन सदर भए प्रतिनिधिसभाको कार्यकाल २ वर्षको हुनेछ : वरिष्ठ अधिवक्ता संग्रौलाकाठमाडौँ — असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभालाई पुनःस्थापना नगरिए त्यसको कार्यकाल संविधानमा ५ वर्षको लेखिए पनि ...
Latests News
धमिलो आकाश !- कोसेली - कान्तिपुर समाचारकाठमाडौं — युरोपसँग काठमाडौंलाई सिधै जोड्ने टर्कीको ध्वजावहाक विमान टर्किस एयरलाइन्स अघिल्लो फागुन २० गते अवतरणका क्रममा...
स्वास्थ्यलाभको कामनाकाठमाडौं — आइतबार कान्तिपुरको पहिलो पृष्ठमा प्रकाशित ‘अस्पतालमा अम्बर’ शीर्षक समाचार पढेपछि उनको स्वास्थ्यबारे जान्न मौक...
गण्डकीकास्कीको माछापुच्छ्रे गाउँपालिका भिडाबारी डाँडागाउँ जोड्ने इदिखोलामा मोटरेबल पुल बन्ने भएपछि स्थानीय खुशी भएका छन् । पु...
समान मानिऊन् बुहारी-ज्वाइँनागरिकतासम्बन्धी बहस केही दिनयता सर्वत्र छाइरहेको छ, जसमा राष्ट्रवाद र लैंगिक गरी दुई पक्षधर छन् । राष्ट्रवादसँग जोडिएका...
खोप ल्याउन किन अलमल ?विश्वका कैयौं मुलुकले कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिसकेका छन् । छिमेकी भारतले पनि यसै साताको अन्त्यबाट खोप अभियान...