सहरमा सामा चकेवा

Ekantipur

सहरमा सामा चकेवा"

Play all audios:

Loading...

ललितपुर — उपत्यकामा थारू समुदायको काहीं पनि घनाबस्ती छैन । शनिबार भने टीकाथलीको गोदावरी खोलाछेउ थारू युवायुवतीहरू मौलिक परिधानमा सजिएर नाच्दै थिए । उनीहरू भन्दै थिए, ‘सामा चकेवा सामा


चकेवा...’ । <?xml encoding="UTF-8"??> मुलुकको पूर्वी र पश्चिमी तराईमा फैलिएर बसेका थारू समुदायले राजधानीमा पनि आफ्नो संस्कृतिलाई यसरी निरन्तरता दिँदै आएका छन् । विभिन्न


पेसाको सिलसिलामा सहर आएका थारू समुदायका महिला र पुरुषहरूले आफ्नो संस्कृति र परम्परा अनुसारको पर्व मनाउन तराई जान नपाएपछि राजधानीमै मनाएका हुन् । थारू महिला समाज र थारू महिला सभाको संयोजनमा


बानेश्वरदेखि कुपण्डोल र टीकाथलीसम्म बस्दै आएका थारू समुदाय गोदावरी खोला किनार पुगेका थिए । टीकाथलीकै स्थानीयहरू पनि ‘सामा चकेवा’ मनाउन पुगेका थिए । यसले सामाजिक सद्भाव निर्माणमा सघाउने


समाजकी सचिव गीताकुमारी चौधरीले जनाइन् । उनका अनुसार यो पर्व प्रेमसित जोडिएको छ । यस पर्वको सुरुवात झन्डै २५ हजार वर्ष पहिले भारतको प्रयाग राज्य (हालको इलाहाबाद) मा भएको मानिन्छ । मिथअनुसार


किसनभूषन सेन नामका राजाको छोरा साम्ब र छोरी समा गरी दुई सन्तान थिए । सानै उमेरमा छोरी सामाको विवाह मगधका राजकुमार चक्रवाकसँग भए तापनि माइतमै बसेकी थिइन् । उनलाई भारदारसँग अनैतिक सम्बन्धको


आरोप लाग्यो । उनी वनवास खेदिइन् । ‘वनमा गएर तपस्या गरी अर्काे जन्ममा उनी चकेवाको रूपमा उनी जन्मिएको कथा छ,’ चौधरीले भनिन्, ‘कथाअनुसार उनले पारेको दुई अण्डाबाट भाले चकेवा र पोथी चकेवा जन्मिए 


। यही जोडीलाई साम्ब र समाको प्रतीकको रूपमा लिन थालियो ।’यही कथामा आधारित राजा, रानी, भाइ साम्ब र समाबीचको संवादलाई नै अहिले गीतको रूपमा गाइएको उनले बताइन् । सोमबार यो गीत गाउँदै नाच्नेहरूको


ठूलो संख्या थियो । भाइ साम्बले बहिनीप्रति देखाएको अगाध प्रेमको वर्णन गीतमा उनिएको थियो । यस परम्परालाई भाइबहिनी, श्रीमान्श्रीमती आमाबुवा र छोराछोरीको बीचको स्नेहपूर्ण तथा प्रगाढ सम्बन्धको


प्रतीकको रूपमा लिइन्छ । आमाबुवाको आदेश असल खराब जे भए पनि शिरोधार्य गरी पालन गर्ने आज्ञाकारिता र वचनबद्धताको उदाहरणसमेत यो पर्व रहेको चौधरीले बताइन् ।‘यो पर्वको अर्थ त निकै गम्भीर रहेछ,’


पहिलोपटक सामा चकेवा पर्व मनाउन आएका महालक्ष्मी नगरपालिका, टीकाथलीका संयुक्त वडा सचिव शिव बुढाथोकी भन्दै थिए, ‘प्रेमको प्रतीकका रूपमा मनाउने पर्व भन्ने पढेको थिए । कसरी मनाउने भन्ने देखेकै


थिइनँ । यो पर्व थारू समुदायको मात्र नभई सिंगो नेपालकै संस्कृति हो ।’ कार्तिक शुक्लपक्षको द्वितीया तिथिदेखि प्रारम्भ भएर पूर्णिमाको भोलिपल्टसम्म मनाउने परम्परा रहेको यो पर्वमा थारू महिलाहरूले


सामा, चकेवा, चुगला, सतभैँया, कुकुर, भमरा, वृन्दावन, नटुवा जस्ता कलात्मक स्वरूपहरूको निर्माण गर्छन् । चौधरीका अनुसार यी स्वरूपहरू र बलेको बत्ती डालोमा राखी सधंै राति राति गाउँटोलका मान्यजनका


घरमा गई ‘सामा चकेवा सामा चकेवा...’ गीत गाउँदै भारद्वारको प्रतीकलाई जलाइन्छ । अघिल्ला वर्षहरूमा कुपण्डोलको वाग्मती, रानीपोखरी, मनोहरा लगायतका नदीहरूमा सामा चकेवा मनाएका थिए । यसपटक अन्य


समुदायको पनि उपस्थितिले आफूहरूको उत्साह बढेको चौधरीले बताइन् । टीकाथलीका सानुभाइ सुवेदी पनि पहिलोपटक ‘यस्तो रमाइलो पर्वमा सहभागी हुन पाएको’ भन्दै मक्ख थिए । प्रकाशित : कार्तिक ३०, २०७३ ०८:३३


कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो


तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल


+977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

कतारमा तोकिएको तलव कार्यान्वयन गराउन माग

काठमाडौं — प्रवासी नेपाली मञ्चले कतारमा कार्यरत नेपालीको न्युनतम तोकिएको तलवलाई कार्यान्वयन गराउन नेपाली दूतावाससमक्ष मा...

यस कारण टिक्यो ओलीको सरकार

काठमाडौं — एमाले र एमाओवादीबीच द्वन्द्वकालीन मुद्दाहरू बेपत्ता छानबिन एवं सत्य निरूपण तथा मेलमिलाप आयोगको दायरामा ल्याउन...

श्रद्धालु भक्तों के लिए खुला मां भद्रकाली मंदिर का कपाट - maa bhadrakali temple opened for devotees - jharkhand chatra general news

संवाद सहयोगी इटखोरी(चतरा) साढे छह माह बाद ऐतिहासिक मां भद्रकाली मंदिर का कपाट गुरुव By JagranEdited By: Updated: Thu, 08...

हुलाकको पार्सल गायब- प्रिन्ट संस्करण - कान्तिपुर समाचार

प्रिन्ट संस्करणहुलाकको पार्सल गायबसंखुवासभा खाँदबारी १० की सुनिता गुरुङले हुलाकमार्फत आएको वैदेशिक पुलिन्दा -पार्सल) पाउ...

संविधान निर्माणको विधि छोटो बनाउन सहमति

काठमाडौ — संविधान निर्माणको निर्धारित जेठ १४ को मिति छोट्टएिकोले राजनीतिक दलहरु संविधान निर्माणको विधि छोट्याउन सहमत भएक...

Latests News

सहरमा सामा चकेवा

ललितपुर — उपत्यकामा थारू समुदायको काहीं पनि घनाबस्ती छैन । शनिबार भने टीकाथलीको गोदावरी खोलाछेउ थारू युवायुवतीहरू मौलिक ...

मौद्रिक नीति आज आउँदै

काठमाडौँ — कोभिड–१९ का कारण ऋण तिर्न नसकेका ऋणीलाई विशेष सुविधासहित आज चालू आवको मौद्रिक नीति सार्वजनिक हुने भएको छ । बि...

काठ अभावले पुनर्निर्माण प्रभावित

रामेछाप — सरकारले तराईका विभिन्न जिल्लामा भूकम्प पीडितका लागि छुट्याइएको काठ टिम्बर कर्पोरेसन अफ नेपाल (टीसीएन)लाई बिक्र...

कर्णाली

जिल्लाको कपुरकोट गाउँपालिका ३ चोरखोलादेखि राम्री सडक खण्ड स्तरवृद्धि तथा कालोपत्रे गर्नका लागि आइतबारदेखि राप्ती राजमार्...

विदेशमा प्रतिबन्ध, नेपालमा प्रवद्र्धन

काठमाडौं — अमेरिका, अस्ट्रेलियालगायत विकसित मुलुकहरूमा मिचाहा प्रजातिका रूपमा पहिचान गरिएको ‘पाउलोनिया’लाई नेपालमा भने प...

Top