कथा कालीबाबाको
कथा कालीबाबाको"
Play all audios:
काठमाडौ — 'म खाँटी अर्थमा कम्युनिस्ट हुं', कुराकानीको सुरुवातमै रुद्राक्षधारी साधुले यस्तो कुरा गर्दा अचम्म लाग्नु स्वाभाविक थियो। उनले दोस्रो वाक्य केही हदसम्म सामन्यीकृत गर्दै
भने- 'नेपालका कम्युनिस्टले कम्युनिस्टको गलत व्याख्या गरेका छन्।’ <?xml encoding="UTF-8"??> 'उनीहरू कम्युनिस्ट शब्दको खोल ओढेर झूटको खेती गरिरहेका छन्,’ उनले थपे-
'म कमन पिपल भएकाले कम्युनिस्ट हुँ, कम्युनमा बस्ने कमन पिपल वास्तविक कम्युनिस्ट हुन्।’ कम्युनिस्ट सिद्धान्तका मसिहा भन्नेहरू आफूलाई सर्वहारा वर्गको प्रतिनिधि मान्छन्, बाबा कालिदास
दाहालका अनुसार यहाँका कतिपय कम्युनिस्टहरू जतिसक्दो धेरै यो शब्दको प्रयोग गरेर सामन्तको जस्तै जीवनयापन गरिरहेका छन्।'म त संन्यासी साधु हुँ' उनले भने- 'यी रुद्राक्षका माला र
पहिरिएको एउटा पहिरनबाहेक मसँग केही छैन, जति छ, त्यो पनि सबै ट्रस्टमार्फत सञ्चालित छन्, जसमा मेरो स्वामित्व कतै छैन ।'केही समयअघि मात्र ओखलढुंगा जिल्लाको रुम्जाटारस्थित आफूले पढ्ने
विद्यालयमा १ करोड रुपैयाँ अनुदान सहयोग गरेर फर्किएका कालीबाबा पछिल्ला वर्षहरूमा नेपालका चर्चित व्यक्तित्वका रूपमा चिनिन थालेका छन् । आफ्ना बारेमा धेरै बोल्न नरुचाउने कालीबाबासँगको संवाद
चलिरहँदा उनले आफूलाई चिनाउन कम्युनिस्ट शब्द सापट लिएका थिए ।देविका साधक कालीबाबा बेलाबखत नेपाल आइरहन्छन्, उनको आगमनलाई अर्थपूर्ण ढंगले पनि हेरिन्छ । झट्ट नाम सुन्दा थुप्रै भारतीय साधुहरूझैं
उनी पनि भारतीय नै हुन् कि जस्तो लाग्छ, तर उनी विशुद्ध नेपाली साधु हुन् । ओखलढुंगामा ५६ वर्षअघि जन्मिएका कालिदास दाहाल नै अहिले कालीबाबाका रूपमा परिचित छन् ।कालिदास दाहालको अहिलेको परिचय श्री
श्री १००८ श्री बाबा कालिदास जी महाराज श्री कृष्णानन्द परमहन्स हो । उनको संन्यासी नाम श्री कृष्णानन्द परमहंस हो । भारतमा विख्यात बाबा कालिदास, त्यहाँ ठुला १० साधुसन्तमा गनिन्छन् । भक्त केशव
रायमाझीका अनुसार उनी भारतवर्षमा छैटौं ठूला सन्तका रूपमा परिचित छन् ।देवीको अखण्ड साधना गरेर सिद्धि पाएका बाबा कालिदास तन्त्रका ज्ञाताका रूपमा पनि परिचित छन् । वर्षौंको साधनापछि सिद्धि पाएका
बाबा कालिदास बौद्धिक व्यक्तित्व पनि हुन् । भौतिक विज्ञानमा स्नातकोत्तर गरेका बाबा कालिदास भौतिकताबाट विरक्तिएपछि आध्यात्मिक बाटोतर्फ लागेका हुन् । उनले कठोर तपस्या र साधनापछि अहिलेको सिद्धि
प्राप्त गरेर महात्माको स्वरूपमा आफूलाई विकास गरेका हुन् ।बाबा कालिदासले सेन्टजोसेफ स्कुल, दार्जीलिङ हँुदै आईएस्सी तथा बीएस्सीसम्मको अध्ययन पूरा गरेका थिए । ज्योतिष पिता मनोहर दाहालका जेठा
छोरा कालीबाबाले सानैमा ज्योतिष विद्या पनि हासिल गरेका थिए । पढेलेखेको उनको परिवार ग्रामीण क्षेत्रमा सम्पन्न परिवारका रूपमा चिनिन्थ्यो । बनारस हिन्दू विश्वविद्यालयबाट भौतिक शास्त्रमा
स्नातकोत्तर पूरा गरेपछि उनले काठमाडौंस्थित अमृत साइन्स कलेजमा करिब एक वर्ष प्राध्यापन गरेका थिए । अहिलेका चर्चित राजनीतिज्ञ हृदयेश त्रिपाठी उनले अध्यापन गराएका विद्यार्थी हुन् । यस्तै
मनकामना केवल कारका सञ्चालक एवं चितवन कोइका प्रमुख राजेशबाबु श्रेष्ठ पनि बाबा कालिदासका विद्यार्थी हुन् । उनले अध्यापन गराएका अन्य थुप्रै विद्यार्थी अहिले सफल जीवन बाँचिरहेका छन् ।अमृत साइन्स
क्याम्पसपछि उनले केही वर्ष बनारस हिन्दू विश्वविद्यालयमा पनि प्राध्यापन गरे । 'प्राध्यापन पेसामा संलग्न भए पनि मलाई साधु बन्ने हुटहुटी थियो,' कुराकानीका क्रममा बाबा कालिदासले
साप्ताहिकसँग भने- 'अन्ततः मैले भौतिकताबादी जीवन त्यागेर आध्यात्मिक यात्रामा आफूलाई समाहित गरें ।' कुराकानीकै क्रममा कालीबाबाले पटक-पटक शैक्षिक योग्यता नसोध्न आग्रह गरेका थिए, यति
उति पढेको भन्दा दम्भ बढ्ने तथा अहिलेको संन्यासी जीवनमा त्यो शैक्षिक यात्राले महत्व नराख्ने भएकाले पनि गुरुदेवले शैक्षिक कुरा नगर्न भन्नुभएको कालीबाबाकी भक्त गीता मैनालीले बताइन् । बाबाले
भन्न नरुचाए पनि उनले इन्डियन फिलोसोफी, संस्कृत, वेद, व्याकरण, नीति र रत्न साहित्यमा स्नातकोत्तर गरेको निकट स्रोतले बतायो ।नेपालको संकटकालीन राजनीतिको समयमा पहिलो पटक कालीबाबाको चर्चा चुलिएको
थियो । धेरैले उनलाई पूर्व राजा ज्ञानेन्द्रका गुरु भनेर जानेका थिए । राजा ज्ञानेन्द्रले आयोजना गरेका यज्ञमा मुख्य रूपमा कालीबाबा संलग्न हुने गरेको बताइन्छ । त्यसयता निरन्तर नेपाल आइरहेका
कालीबाबाले आफ्नो मातृभूमि भएकाले अगाध स्नेहका कारण मात्र नेपाल आउने गरेको बताए । 'मेरो नेपाल आगमनलाई लिएर थुप्रै उडुवा कुरा भएको पाएको छु,' नेपाल र नेपालीप्रति आफ्नो दायित्व भएको
बताउँदै उनले भने- 'तर म विशुद्ध रूपमा धार्मिक प्रयोजनका निम्ति मात्र नेपाल आउँछु ।'भारतमै विशिष्ट पहिचान बनाइसकेका कालीबाबाले नेपाल आउनुमा एउटा स्वार्थ रहेको बताए । 'पछिल्ला
वर्षहरूमा हिन्दू सनातन धर्मलाई नेपालको राष्ट्रिय धर्मका रूपमा फर्काउनुपर्छ भनेर वकालत गर्दै आएको छु,' उनले भने- 'हठात केही व्यक्तिले धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्दा सम्पूर्ण
नेपाली जनता मर्माहत भएकाले हिन्दू राष्ट्र फर्काउनुपर्छ भन्नुमा मेरो स्वार्थ छ ।' हिन्दू धर्म विकासका लागि कहिल्यै बाधक नबनेको तर्क पेस गर्दै कालीबाबाले भने- 'थाई एयर र नेपालको
तत्कालीन शाही नेपाल वायुसेवा निगम एकसाथ स्थापना भए पनि अहिले थाई एयरले आफूलाई तीव्र गतिमा विकास गर्दै ८६ राष्ट्रमा हवाई उडान भर्दै आएको छ, हाम्रो एयरलाइन्स ५ दिनमा एक दिन उडान भर्छ, के यो
स्थिति आउनुमा हिन्दू धर्मलाई दोष दिने ?'कालीबाबाको नेपाल आगमनको समयमा नेपालका थुप्रै विशिष्ट व्यक्ति उनको स्वागतका निम्ति तयार भएर बस्नुले पनि उनको आगमनलाई अर्थपूर्ण ढंगले हेरिएको हो ।
पूर्वप्रधानमन्त्रीहरू सूर्यबहादुर थापा, कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, लोकन्द्रबहादुर चन्द आदिले कालीबाबालाई नियमित भेट्ने गरेका छन् । वर्तमान प्रधानमन्त्री माधवकुमार नेपालले पनि कुनै
बेला कालीबाबालाई भेटेको निकटस्थ स्रोत बताउँछ । पूर्वमन्त्रीहरू कृष्ण सिटौला, खुमबहादुर खड्का, हृदयेश त्रिपाठी, केपी शर्मा ओली आदि उनलाई भेट्न पुग्छन् । वर्तमान मन्त्रिमण्डलका विजयकुमार
गच्छदार, मीनेन्द्र रिजाल पनि कालीबाबालाई भेट्छन् । यस्तै नेपाली रजतपटका चर्चित नायक निखिल उप्रेती पनि कालीबाबाका भक्त हुन् । त्यसो त भारतीय राजनीतिका उच्चपदस्थ व्यक्तित्वहरू पनि बाबालाई
भेट्न उनको आश्रममा पुग्छन् । कांग्रेस आईका महासचिव राहुल गान्धी, दिग्विजय सिंहदेखि सबै पार्टीका ठूला नेता आश्रममा सामान्य भक्तका रूपमा देखिन्छन् । यस्तै उद्योगपतिमा मित्तल समूह, टाटा तथा
कलाकारमा अभिनेता अमिताभ बच्चनसम्म बाबा कालिदासका भक्त हुन् ।'नेपाल मेरो आफ्नो हो,' उनले भने— 'त्यसैले म यहाँ आइरहन्छु, यसलाई कसैले रहस्यमय मान्छ भने इतिहासले त्यसलाई आफैं
पुष्टि गर्नेछ ।' कालीबाबाले भने- 'जहाँसम्म नेतागणले भेट्ने कुरा छ, उहाँहरू कसरी शान्ति बहाल गर्न सकिन्छ भनेर सोध्न आउनुहुन्छ, मैले शान्तिका लागि भगवानसँग प्रार्थना गरिदिन्छु भन्छु,
यतिमात्र हो । नेता मात्र होइन, प्रशासनिक ओहोदा उच्च व्यक्तित्वहरू, सेना प्रहरीका उच्चपदस्थ व्यक्तित्वहरू पनि कालीबाबासँग भेट्न आउने भएकाले उनको सञ्जाल चर्चामा छ ।नयाँ नेपाल बनाउने भनेर गफ
दिए पनि देश अधोगतिमा गैरहेकाले देशलाई समृद्धिको बाटोमा लान आफूले राजनैतिक टिप्पणी गर्ने गरेको कालीबाबाले बताए । 'पूर्व-पश्चिम रेलमार्ग निर्माण गर्ने भनेर काम थालेको भए ए, गर्न लागेछन्
भन्नु हुन्थ्यो,' कालीबाबाले भने- 'यहाँ त अग्रगमनको निर्णय भनेर बहुसंख्यक हिन्दू धर्मावलम्बीको मनमा ठेस पुग्ने गरी धर्मनिरपेक्ष राष्ट्र घोषणा गरे, नयाँ नेपालमै पशुपतिको नियमित पूजा
पनि रोकियो ।'भारतमा तीनवटा ट्रस्ट मार्फत समाजसेवा गरिरहेका बाबा कालिदासले नेपालको विकास-प्रक्रियामा पनि योगदान दिने बताएका छन् । 'पितालाई श्रद्धाञ्जली दिने क्रममा रुम्जाटार पुगेर
आफू पढेको विद्यालयको विकासका निम्ति १ करोड अनुदान सहयोग गरे', उनले भने- 'यो प्रारम्भ हो, अब यहाँ पनि ट्रस्ट स्थापना गरेर व्यापक रूपमा काम गर्ने योजना छ ।' कालोपुलस्थित कालिका
साधनाश्रममा कालीबाबाले नेपालमा पनि भारतमा जस्तै शिक्षा, चिकित्सा र अनाथ-असहायको सहयोगका निम्ति कार्य गर्ने उल्लेख गरे । चाँडै नै एउटा गौशाला निर्माण गरेर गौमाताको रक्षा अभियान पनि चलाउँदैछु,
उनले भने ।'यो गुरु गोरखनाथको देश हो, यो मनकामनाको देश हो, गोरखकालीको देश हो, गोरखकालीका ८४ सन्त र नवनाथहरू एकपटक फेरि जाग्नुपरेको छ । कालिशक्ती साधना पनि त्यही हो', कालीबाबाको
अबको धार्मिक यात्रालाई विश्लेषण गर्दै आचार्य वासुदेवकृष्ण शास्त्रीले भने- 'अब यो देशमा पुनर्जागरण आवश्यक छ, यसका लागि कालीबाबाले त्रिशूल गाड्नुभएको छ, यो त्रिशूलको वरिपरि अब सबै नै
घुम्नेछन्, यो सूर्यको धपक्क बलेको तेज हो, यो बाबाको तेज हो, जसरी सौर्यमडलमा सूर्यको तेजवरिपरि तारापुञ्ज घुम्छन््, त्यसरी नै अब बाबाको तेजवरिपरि सबै रहन्छन्, राष्ट्रिय घटनाक्रम पनि बाबाबाटै
निर्देशित हुनेछन् ।'पं. वासुदेवकृष्ण शास्त्रीका अनुसार साधना सही ढंगले सम्पन्न भए राष्ट्र जाग्ने र चाँडै नै हिन्दू राष्ट्र फर्किनेछ । बाल्यकालमा पनि साधना भक्तिभाव लिन हुने गरेको बताउने
कालीबाबा सन्त महात्मा एवं गाईप्रति स्नेह गर्छन् । उनका भारतका सबै २९ आश्रममा बहुसंख्यक नेपाली ब्राह्मण कार्यरत छन् । ७ हजार ५ सय नेपाली ब्राह्मणले बाबाका विभिन्न आश्रममा पूजापाठ गर्ने गरेका
छन् । कालीबाबाले १३ वटा गौशालामा १८ हजार ६३ गाई पालेका छन् ।अर्बौं रुपैयाँको ट्रस्टअन्तर्गत ७२ हजारले कर्मचारीका रूपमा काम गरिरहेको कालिका साधनाश्रम नेपालकी सदस्य एवं भक्त मैनालीले बताइन् ।
'बाबाको ट्रस्टले सञ्चालन गरेका अस्पतालमा १ रुपैयाँको टिकटमा बिरामीले उपचार पाउने गरेका छन्,' मैनालीले भनिन्- 'यस्तै गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षालयमा पनि न्यून शुल्कमा
अध्यापन गराइन्छ ।'आध्यात्मिक रूपमा हजारौं शिष्यका गुरु कालीबाबाको अहिले ७८ राष्ट्रमा सञ्जाल छ । जसमध्ये अमेरिका, बेलायत, जर्मनी, क्यानाडा, अर्जेन्टिना, नेदरल्यान्डमा आश्रम नै छ ।
भारतमा तिनसुकिया, आसाम, साम्पला, दिल्ली रोड, हरियाणा तथा केरलामा कालीबाबाका ठूला आश्रम छन् । यसबाहेक गया, बनारस, हरिद्वार, ऋषिकेश, सिलिगुडी, मध्यप्रदेश आदि २९ स्थानमा बाबाका आश्रम छन् ।
संन्यासी जीवनको मोह किन नि ? बाबा कालिदासले भने- 'यो भेषमा गैसकेपछि आत्मा नै परमात्मा रहेछ, परमात्मा नै आत्मा रहेछ भन्ने थाहा हुन्छ, मात्र त्यसलाई जगाउन सक्नुपर्छ । भगवान् बाहिरी
संसारमा खोजेर पाइँदो रहेनछ । ध्यानयोग, भावनाभक्ति र आध्यात्मिक शक्तिले आज्ञाचक्र र कुण्डलिनी शक्तिको खोजमा गए हामी के हौं, मानव के हो र यो संसार के हो ? भन्ने जानिन्छ । आफूलाई बुझेपछि मात्र
संसार बुझिन्छ ।'कालिदास कृष्णानन्द परमहंस बाबाका दुई भाइ तथा दुई दिदी छन् । उनीहरू हाल काठमाडौं तथा रुम्जाटारमा बस्छन् । पिता पण्डित मनोहर दाहाल केही समयअघि मात्र स्वर्गवास भएका थिए ।
परिवारसँग भेट छैन ? उनले भने- 'दर्शनभेटका लागि आउनुहुन्छ ।' बाबा कालिदासले हरिद्वारस्थित गुरु शान्तनन्द परमहंसबाट संन्यास लिएपछि परिवारसँग सम्बन्ध नभएको बताए । प्राध्यापन पेसामा
संलग्न बाबा एकाएक गायब भएपछि ३ वर्ष ८ महिना भारतभर पैदलयात्रामा निस्किएका थिए ।हाल कालीबाबाले हरियाणास्थित आश्रममा तीन वर्षदेखि निरन्तर १२ वर्षे अखण्ड महायज्ञ गरिरहेका छन् । यस्तै एकवर्षे
महायज्ञ पनि सञ्चालन भैरहेको उनले बताए । वर्षौं अघिदेखि अन्न ग्रहण गर्न छोडेका बाबा कालिदास अहिले नरिवल पानी र गाईको दूध मात्र सेवन गर्छन् । सादा पानी पनि नखाने उनले सयौं दिन केही नखाई साधना
गरेको घटनाले पनि उनको चमत्कारिक व्यक्तित्वलाई प्रस्ट्याउँछ ।–साप्ताहीकबाट प्रकाशित : फाल्गुन ८, २०६६ १५:०६ पुस १३, २०६७ पुस ११, २०६७ पुस १०, २०६७ पुस १०, २०६७ पुस ९, २०६७ पुस ९, २०६७
कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा
जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000
+977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
सबै दलको चुनाव चिह्न 'चर्पी’दैलेख — पछिल्लो समय संविधानसभा निर्वाचन केन्द्रीय राजनीतिमा चर्चा परिचर्चा विषय बनेको छ । <?xml encoding="UTF-8&...
क्षति विवरणका आधारमा पुनःस्थापना र पुनर्निर्माण थालिनेकाठमाडौँ — सरकारले बाढी, पहिरो र डुबानको क्षति विवरण तयार गरी त्यसको आधारमा पुनःस्थापना र पुनर्निर्माणको कार्यक्रम सञ्चा...
आन्तरिक उडान ६ घन्टा अवरुद्धकाठमाडौ — व्यवस्थापनले सूचना नदिई मंगलबार आन्तरिक विमान कम्पनीका उडान झन्डै ६ घन्टा रोकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विम...
रातारात हनुमन्ते खोला फर्काउन खोजियो, विवादमा झडपभक्तपुर — हनुमन्ते खोलाको प्राकृतिक बहाब फर्काउन रातभर ५ वटा स्काभेटरले खाडल खनेपछि विवाद उत्पन्न भएको छ । अदालत र नगरपा...
खेल खेलौं- कोपिला - कान्तिपुर समाचारप्राय: छोरीहरूले खेल्ने यो खेललाई स्थानीय भाषामा लंगरखुट्टी पनि भनिन्छ । स्थानविशेषअनुसार यो खेल खेल्ने नियम पनि फरक–फरक...
Latests News
कथा कालीबाबाकोकाठमाडौ — 'म खाँटी अर्थमा कम्युनिस्ट हुं', कुराकानीको सुरुवातमै रुद्राक्षधारी साधुले यस्तो कुरा गर्दा अचम्म ला...
रातारात हनुमन्ते खोला फर्काउन खोजियो, विवादमा झडपभक्तपुर — हनुमन्ते खोलाको प्राकृतिक बहाब फर्काउन रातभर ५ वटा स्काभेटरले खाडल खनेपछि विवाद उत्पन्न भएको छ । अदालत र नगरपा...
खेल खेलौं- कोपिला - कान्तिपुर समाचारप्राय: छोरीहरूले खेल्ने यो खेललाई स्थानीय भाषामा लंगरखुट्टी पनि भनिन्छ । स्थानविशेषअनुसार यो खेल खेल्ने नियम पनि फरक–फरक...
कैदी थपिएपछि महिला बन्दी कार्यालयमारामेछाप — पछिल्लोपटक कैदीबन्दी थपिएपछि रामेछाप कारागारको प्रशासन कोठा खाली गराएर महिलाहरू राखिएका छन् । बन्दीगृहमा कैदीब...
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकारको बचाउमा तत्कालीन सचिव र महानिर्देशककाठमाडौँ — ओम्नी समूहसँग स्वास्थ्य सामग्री खरिदमा संलग्न सरकारी पदाधिकारीहरूले संसदीय समितिको बैठकमा एकअर्काको बचाउ गरेक...