साउन महिना चुरा र पोते
साउन महिना चुरा र पोते"
Play all audios:
काठमाडौ — साउन महिना लागेदेखि नै नेपाली दिदीबहिनीको हातमा चुरा र गलामा पोतेले भरिभराउ देखिन थालेको छ । हात खुट्टामा मेहन्दी नलगाएका महिला प्रायः देखिँदैनन् । साउन महिनामा सबैतिर हरियाली भएका
बेला यस्तो रंगको पहिरनले प्रकृतिसँग तादात्म्य मिलेको छ । <?xml encoding="UTF-8"??> चुरा, पोते र मेहेन्दीको महत्त्वबारे अनभिज्ञ रहे पनि नेपाली महिलाले लगाउने फेसन नै बनेको छ
। साउन महिना लागेदेखि नै इमाडोलको एक निजी विद्यालयकी शिक्षिका इन्दिारा केसी हातमा हरियो पहेंलो चुरा लगाउने, गलामा हरियो पहेंलो पोते र हात खुट्टामा मेहन्दी लगाउन थालेकी छन् । उनी मात्रै होइन,
उनकै ११ कक्षामा भर्ना भएकी छोरी पनि हातमा चुरा र मेहन्दी लगाउँछिन् । यसरी अफिसमा काम गर्ने महिलादेखि स्कुल कलेज पढ्ने केटीहरू पनि चुरा र मेहेन्दीमा सिंगारिने प्रचलन छ । पोते भने विवाहित
महिलाले मात्रै लगाउँछन् । यो चलन सहर बजारदेखि गाउँघरसम्म फैंलँदो छ । देखासिकी नै भए पनि साना साना बालिकादेखि बूढी महिलाले पनि लगाएको देखिन्छ । यो महिना भगवान् शिवजीको प्यारो महिना भनेर
चिनिन्छ । महिलाहरू साउनको सोमबार व्रत बस्ने र शिवजी पूजा गर्छन् । काठमाडौका विभिन्न ठाउँमा भएका मठ मन्दिरमा गएर भगवान् शिवजीको पूजा अर्चना गरेर आफ्नो पति लगायत परिवारको सुख र सुस्वाथ्यको
कामना गर्दै व्रत पूरा गरिन्छ । साउनको सोमबारमा भगवान् शिजीको पूजा अर्चना गरेर बस्न सबै महिलालाई चाहना हुन्छ । हातमा हरियो, पहेंला, रातो चुरा लगाएर मठ मन्दिर गएर शिवजीको पूजा गर्दा धर्मका
साथै रमाइलो पनि हुन्छ । मन पनि आनन्द र शान्त हुन्छ । घर परिवारको पनि राम्रो हुन्छ । विशेषगरी आफ्नो श्रीमान्को स्वास्थ्यका लागि र माया ममता प्रगाढ होस् भनेर सोमबारको व्रत बस्ने विश्वास गरिन्छ
। यो एउटा आस्था वा विश्वास हो ।कतिपयले यसलाई अनावश्क रूपमा बढी तडकभडक किसिमले पनि मनाउने गरेका छन् । यो हाम्रो समाजको विकृति हो । यस किसिमको कार्यलाईर् परिवर्तन गर्न अति जरुरी छ । आजभोलि
यहाँ मात्र नभएर विदेशमा पनि जुनसुकै चाडपर्व नेपालको जत्तिकै रमाइलोसँग मनाउन थालेको सुनिन्छ । विदेशमा पनि आफ्नो रीतिरिवाज र परम्परालाई चलाउनु उचित हो । तर, विदेशमा गएको बेलामा धेरै कुरामा
ध्यान दिनुपर्ने हुन्छ । म किन गएको हो भन्ने कुरा बिर्सेर मनोरञ्जनमा मात्र समय व्यथित गर्नु चाहिँ उचित हुँदैन । हिन्दु महिलाका लागि साउन महिना एक चाड नै बनेको छ । यस अवसरमा सबैले सोचेको र
चाहेको चाहना पूरा होस् । - गीता बुढाथोकी प्रकाशित : श्रावण १७, २०६९ २१:३१ मंसिर २८, २०६९ मंसिर २८, २०६९ मंसिर २८, २०६९ मंसिर २८, २०६९ मंसिर २८, २०६९ मंसिर २८, २०६९ कान्तिपुरका स्तम्भहरु
हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका
समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा
अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
Taarak mehta ka ooltah chashmah : 'बबीता जी' ने शिमर ड्रेस में कराया बोल्ड फोटोशूट, राज के कमेंट पर फैन ने लिखा,' टप्पू शरारत नहीं' - prabhat khabartarak mehta ka ooltah chashmah babita ji aka munmun dutta bold photoshoot in shimmer dress photo viral on social media b...
Taarak mehta ka ooltah chashmah : रेड लिपस्टिक में 'भिड़े' की बेटी सोनू ने दिखाया दिलकश अंदाज, video वायरल - prabhat khabarTarak Mehta Ka Ooltah Chashmah, Palak Sidhwani, sonu : तारक मेहता का उल्टा चश्मा शो 12 सालों के दर्शकों को खूब हंसाता आ ...
Bengal election 2021: bjp के संकल्प पत्र का ‘सोनार बांग्ला’ - prabhat khabarबंगाल चुनाव में बीजेपी ने भी संकल्प पत्र जारी कर दिया है. केंद्रीय गृहमंंत्री अमित शाह ने बंगाल विधानसभा चुनाव में बीजेप...
श्रद्धालु भक्तों के लिए खुला मां भद्रकाली मंदिर का कपाट - maa bhadrakali temple opened for devotees - jharkhand chatra general newsसंवाद सहयोगी इटखोरी(चतरा) साढे छह माह बाद ऐतिहासिक मां भद्रकाली मंदिर का कपाट गुरुव By JagranEdited By: Updated: Thu, 08...
Balaghat news: कान्हा टाइगर रिजर्व के परिक्षेत्र किसली में मिला नर बाघ का शवBALAGHAT NEWS किसली परिक्षेत्र के कोपेडबरी बीट में मिला मृत बाघ। आपसी लड़ाई का नतीजा बताया जा रहा। By HEMANT KUMAR UPADH...
Latests News
साउन महिना चुरा र पोतेकाठमाडौ — साउन महिना लागेदेखि नै नेपाली दिदीबहिनीको हातमा चुरा र गलामा पोतेले भरिभराउ देखिन थालेको छ । हात खुट्टामा मेहन...